चाइनाको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस बिस्तारै बिस्तारै विश्वव्यापी हुदै गइरहेको छ र यसबाट बच्ने उपायका जानकारीहरु पनि क्रमिक रुपमा आइरहेका छन्। अहिले सम्म नेपालमा यो भाइरसको प्रभाव नपरेको हुँदा हामी कोरोनाको बारेमा सचेत रहनु नै यो भाइरसबाट सुरक्षित रहने पहिलो कदम हुनेछ । बजारमा सुनिने भ्रमहरुलाई विश्वास गरेर त्रसित भने नहुनुहोला। तर, “नेपालमा अहिलेसम्म त प्रभाव परेन अब के पर्ला र” भनि सावधानी नपनाउनु पनि मुर्खता हो । कोरोना भाइरसको नियन्त्रणको लागि सरकारले पछिल्लो क्रममा उठाएको कदमहरु सरहानिय छ, अब यो भाइरसको रोकथामका लागि हरेक नेपालीले अपनाउने सतर्कताले मुख्य भूमिका खेल्नेछ ।
कोरोना भाइरसका लक्षण के-के हुन सक्छन् ?
क. सिंगान बगिरहनु
ख. घाँटि सुक्नु या दुख्नु
ग. पखाला लाग्नु
घ. वान्ता हुनु
ङ. लगातार टाउको दुख्नु
च. लगातार ज्वरो आउनु
छ. क्रमिक रुपमा सास फेर्न गाह्रो हुँदै जानु
कसरी सर्छ कोरोना भाइरस ?
क. संक्रमितको खोकी तथा हाँछ्युबाट आउने छिट्टाहरुको सिधा सम्पर्कमा आएमा
ख. भाइरस दूषित ठाउँहरुलाई हातले छोएमा
ग. राम्रोसँग नपाकेको माछा, मासु र तरकारीबाट
रोकथामका उपायहरु
-कोरोना भाइरस सर्न सक्ने माध्यम, यसका लक्षणहरु र प्रारम्भिक उपचारका उपायहरु बारे नियमित जानकारी राखौं।
-खोक्दा होस् या हाँछ्यु गर्दा, आफ्नो मुखलाई हातको कुइना अगाडीको भागले छोप्नुहोस्, या टिस्यु प्रयोग गर्नु भएको छ भने त्यसलाई चाडै डिस्पोज गर्नुहोस्
-रुघाखोकी लागेका विरामीहरुबाट कमसेकम ३ मिटरको दूरी कायम राख्ने
-नियमित मन तातो पानी पिउने, रुघाखोकीबाट बच्नको लागि भिटामिन सी पाउने फलफुलहरु जस्तै कागती, अमलाको नियमित सेवन गर्ने
-सफा लुगा लगाउने र हात साबुन पानीले समय समयमा धुने या स्यानीटाइजर प्रयोग गर्ने
-एकअर्कालाई अभिवादन गर्दा नमस्कार गर्ने।
-सभा सम्मेलनमा कम भन्दा कम सहभागी हुने र अति आवश्यक सहभागितामा होशियारी अपनाउने
-कोरोना लागेको शंखा लागेमा नआत्तिकन धैर्यताको साथ नजिकको अस्पताल वा स्वास्थ चौकीमा सम्पर्क राख्ने
विदेशमा रहेका नेपालीहरुले कोरोनासँग सम्बन्धित सहयोग चाहिएको खण्डमा सम्पर्क गर्नसक्ने नम्बरहरु:
कतार
कतार स्वास्थ्य मन्त्रालय हटलाइन नम्बर : १६०००
यूएई
यूएईको Ministry of Health and Prevention( मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) : ८००११११
दुबई हेल्थ अथोरिटी: ८००३४२
साउदी अरब
हेल्थ सर्भिस सेन्टर : ९३७
नेपाली दूतावास : ९६६१४६१११०८
बहराइन
टोल फ्री नम्बर : ४४४
कुवेत
टोल फ्री नम्बर : २४९७०९६७
नेपाली दूतावास : ००९६५२५३२१६०३
ओमान
कोरोना विशेष हटलाइन नम्बर : ७१५३०८४०, ९६८२४६९६१७७
मलेसिया
नेपाली दूतावास : ६०३२०२०१८९९, ६०२०२०१८९८
सरकारले रुघाखोकी र सामान्य ज्वरो आएका तथा विदेशबाट फर्किएकालाई १४ दिनसम्म घरमा छुट्टै बस्न अनुरोध गरेको छ । सबै रुघाखोकी कोरोना नहुने भएकाले रुघाखोकी लागेका विरामीहरुले पनि घरमै सेल्फ क्वारेन्टाइनमा बसेर आफ्नो स्वास्थ अवस्थालाई विशेष ध्यान दिने र माथि उल्लेखित कोरोनाका लक्षणहरु देखिन थालेमा नजिकैको अस्पताल या स्वास्थ्य चौकीमा गई चिकित्शकको परामर्श लिन नेपाल सरकारले अनुरोध गरेको छ ।
कसरी बस्ने घरमै क्वारेन्टाइन ?
-छुट्टै कोठामा बस्ने
-परिवारजनसँग कम्तीमा तीन मिटरको दूरी कायम गर्ने
-मास्क लगाउने
-सकेसम्म छुट्टै शौचालय प्रयोग गर्ने या सम्भव नभए शौचालयको नियमित रुपमा सफा गर्ने
-भान्सा या बैठक कोठामा सम्भव भएसम्म नजाने
-घरबाट बाहिर ननिस्कने
-समय समयमा साबुनपानीले २० सेकेण्डसम्म राम्ररी हात धुने र स्यानिटाइजर प्रयोग गर्ने
-आफूले प्रयोग गरेका कुनै कपडा पनि अरुलाई प्रयोग गर्न नदिने
टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पछी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पताल, धुलिखेल अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित थप तीन अस्पतालको प्रयोगशाला मार्फत कोभिड–१९ जाँच्न निर्देशन दिने निर्णय गरेको छ।
आपतकालिन अवस्थाका लागि नेपालका केहि अस्पतालहरुको सम्पर्क नम्बर यहाँहरुमाझ राखेका छौं :
B.P.Eye Foundation, Children's Hospital for Eye Ear and Rehabilitation Services (CHEERS),
Manohara, Bhaktapur, Nepal
Phone:01-6631705, 6639736
B & B Hospital Pvt. Ltd, Gwarko, Kathmandu, Nepal
Phone:01-5531933, 5531930
Bhaktapur Cancer Hospital, Bhaktapur, Nepal
Phone:01-6614430, 6611532, 6620941
Bir Hospital, Tundikhel, Kathmandu, Nepal
Phone:01-4221119
Shree Birendra Hospital, Chhauni, Kathmandu, Nepal
Phone:01-4271940, 4271941, 4278607
Nepal Police Hospital, Maharajgunj, Kathmandu, Nepal
Phone:01-4412430, 4412530, 4412630
B.P. Koirala Institute of Health Sciences, Dharan, Nepal
Phone:025-525555
B.P. Koirala Memorial Cancer Hospital, Bharatpur, Nepal
Phone:056-524501
Civil Service Hospital, Minbhawan, Kathmandu, Nepal
Phone:01-4107000, 4107002
Chitwan Medical College Teaching Hospital, Bharatpur 10, Chitwan, Nepal
Phone:056-532933
Dhulikhel Hospital Kathmandu University Hospital, Kavre, Nepal
Phone:011-490497
Kantipur Dental College, Basundhara, Kathmandu, Nepal
Phone:01-4385910, 4385911
Kanti Children's Hospital, Maharajgunj, Kathmandu, Nepal
Phone:01-4411140
Kathmandu Hospital Pvt. Ltd, Tripureshwor, Kathmandu, Nepal
Phone:01-4229656, 4262194, 4261018
Kathmandu Medical College Teaching Hospital (KMC), Sinamangal, Kathmandu, Nepal
Phone:01-4476152, 4469064
Kathmandu Model Hospital, Bagbazar, Kathmandu, Nepal
Phone:01-4240806
KIST Medical College, Imadol, Lalitpur, Nepal
Phone:01-5201682
Mental Hospital, Lagankhel, Lalitpur, Nepal
Phone:01-552133, 5521612
Miteri Hospital, Bagbazar, Kathmandu, Nepal
Phone:01-4269555
National Cancer Hospital, Jawalakhel, Lalitpur, Nepal
Phone:01-5553376, 5536133, 5551376
National Dental Hospital, Lazimpat, Kathmandu, Nepal
Phone:01-4410438, 4436311, 4433697
Nepal Medical College Pvt.Ltd (NMC), Jorpati, Kathmandu, Nepal
Phone:01-4911008
National Tuberculosis Center, Thimi, Bhaktapur, Nepal
Phone:01-6630706
Norvic International Hospital, Thapathali, Kathmandu, Nepal
Phone:01-4258554
Nepal Orthopaedic Hospital, Jorpati, Kathmandu, Nepal
Phone:01-4911725, 4911274, 4910505
Om Hospital & Research Centre (P.) Ltd, Chabahil, Kathmandu, Nepal
Phone:01-4482484
Palpa Mission Hospital, Palpa, Nepal
Phone:075-520111, 520958
Patan Hospital, Lagankhel, Lalitpur, Nepal
Phone:01-5522295
SAARC Tuberculosis and HIV/AIDS Centre, Thimi, Bhaktapur, Nepal
Phone:01-6632601, 6631048, 6632477
Shubhatara Hospital & Research Center Pvt. Ltd, Mahalaxmisthan, Lalitpur, Nepal
Phone:01-5523420
T. U. Teaching Hospital, Maharajgunj, Kathmandu, Nepal
Phone:01-412505, 412303, 412605
सचेत रहनुहोस्, सतर्क रहनुहोस् अनि स्वस्थ रहनुहोस् । शुभकामना ।
Liked by: