फलफूल कुन समयमा कसरी खाने ? | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

फलफूल कुन समयमा कसरी खाने ?





फलफूल खानु स्वास्थ्यको लागि लाभदायक छ। फलफूलमा प्रसस्त मात्रामा ग्लुकोज, भिटामिन, खनिज पदार्थ र प्रोटिन, फाइबर लगायतका पौष्टिक तत्त्वहरू पाइन्छन्। फलफूल कुन बेला र कसरी खाने भन्ने विषयमा एकमत पाइदैँन। कसैले बिहान, कसैले बेलुका त कसैले फलफूल मात्र त कसैले फलफूल र अन्य खाद्य मिसाएर खानुहुन्छ। यस सन्दर्भमा आयुर्वेदको मत अनुसार फलफूल बिहान खानु उपयुक्त हुन्छ। सूर्यास्त पछि पाचन प्रक्रिया सुस्त हुने हुँदा फलफूल खानु उपयुक्त मानिदैन।



त्यसैगरी फलफूललाई छुट्टै खाँदा बेस हुन्छ। फलफूल र खाद्यान्न मिसाएर खाँदा फलफूललाई पाचन प्रकृया पूरा गर्न लाग्ने समय र खाद्यान्नलाई पाचन प्रकृया पूरा गर्न लाग्ने समय फरक हुने हुँदा पेटमा अपच र वायु लगायका समस्याहरू उत्पन्न हुनसक्छन् । फलफूललाई पाचन प्रकृया पूरा गर्न आधा घन्टा जति समय लाग्ने हुँदा फलफूललाई अन्य खाद्यान्न खानु भन्दा करिब आधा घन्टा पहिले खाँदा राम्रो हुन्छ। सामान्य तया अन्य खानाले पाचन प्रकृया पूरा गर्न ३-४ घन्टा लगाने भएकोले अन्य खाना खाएको २-३ घन्टा पछि फलफूल खाँदा राम्रो हुन्छ।

त्यसैले फलफूललाई बिहान मात्र खाने, खाली पेटमा खाने या अन्य खाना खाएको २-३ घन्टा पछि मात्र खाने र फलफूल खाएर आधा घन्टा पछि मात्र अन्य खाना खानु भएर। फलफूलबाट अधिकतम लाभ लिन सक्नुहुन्छ।

पोषणविद् : सुकृति घिमिरे



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.