बिचमै व्यायाम छोड्दा शरीरलाई गर्ने असर ? | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

बिचमै व्यायाम छोड्दा शरीरलाई गर्ने असर ?




सन् २००९ मा गरिएको एक अध्ययनमा व्यायामबाट ५ साता ब्रेक लिने मानिसको दिमागमा ११ दशमलब ३ प्रतिशतले अक्सिज र रगत प्रवाह घट्छ । विज्ञहरुका अनुसार व्यायाम रोकेको चार सातापछि शरीरको शक्ति पनि क्षीण हुन्छ । शरीरका कोषहरु विस्तारै कमजोर हुदै जान्छन् ।



एजेन्सी – नियमित व्यायामले शरीरलाई धेरै फाइदा गर्छ । तर व्यायाम नियमित र एकै दिन बढी गर्दा भने शरीरलाई हानी हुनसक्छ । व्यायाम छाडेको दुई सातापछि शरीर पनि पहिलेकै अवस्थामा आउछ । व्यायाम गरेको १० दिनमा मानिसको दिमाग परिवर्तन हुन सक्छ । व्यायायमले दिमागका लागि निकै राम्रो हुने अनुसन्धानकर्ताहरुले बताउदै आएका छन् ।

सन् २०१३ मा गरिएको एउटा समिक्षामा पनि व्यायायमले स्मरणशक्ति लगायत बुढ्यौलीसँग सम्बन्धित विभिन्न रोगबाट मुक्त गर्ने देखाएको थियो । तर हालै गरिएका अध्ययनले व्यायाम बिचमै छाड्दा दिमागमा प्रतिकुल असर गर्ने देआएको छ । त्यसैले व्यायाम नियमित गर्नुपर्छ ।

लामो समयदेखि दौडिन सुरु गरेका व्यक्तिहरुको एउटा समूहलाई १० दिन ब्रेक गर्न लगाइएको थियो । १० दिनपछि उनीहरुको एमआरआई गर्दा दिमागको हिपोक्याम्पसमा रगतको पवबाहमा कटौती भएको देखिएको थियो । हिपोक्याप्स स्मरण र आवेगसँग सम्बन्धित छ ।

व्यायाम छाडेको दुई सातापछि सहनशिलता घट्छ । दुई साताको अन्तरालपछि तपाईलाई भ¥याङ उक्लदा वा ओर्लदा स्फूर्ती हराउछ । शरीरलाई आवश्यक पर्ने अक्सिजन (भोलुम अफ अक्सिजन) को मात्रा घट्छ । दुई सातापछि अक्सिजनको मात्रा १० प्रतिशतले घट्ने अध्ययनले देखाएको छ ।

अमेरिकाकामा खेलसँग सम्बन्धित चिकित्सक फारह हमिदका अनुसार व्यायाम छाडेको चार सातापछि दिमागमा अक्सिजको मात्रा १५ प्रतिशतले घट्छ । तीन महिनासम्म व्यायाम नगर्दा २० प्रतिशतले अक्सिजनको मात्रा घट्छ ।

सन् २००९ मा गरिएको एक अध्ययनमा व्यायामबाट ५ साता ब्रेक लिने मानिसको दिमागमा ११ दशमलब ३ प्रतिशतले अक्सिज र रगत प्रवाह घट्छ । विज्ञहरुका अनुसार व्यायाम रोकेको चार सातापछि शरीरको शक्ति पनि क्षीण हुन्छ । शरीरका कोषहरु विस्तारै कमजोर हुदै जान्छन् ।

सन् २०११ मा गरिएको एक अध्ययन अनुसार एउटा समूहले चार साता व्यायम गर्न रोक्दा गुमेको शक्ति (स्टामिना) प्राप्त गर्न २४ साता लागेको थियो ।

विज्ञहरुका अनुसार ८ साताको व्यायाममा ब्रेकपछि मानिसको शरीरमा पनि परिवर्तन हुन्छ । मानिस मोाटो हुन थाल्छ । यस्तो परिवर्तन ऐनामा हेर्ने वित्तिकै थाहा हुन्छ । सन् २०१२ मा गरिएको एक अध्ययनमा पाँच साता व्यायाम रोक्ने मानिसको शरीरमा १२ प्रतिशत फ्याट बढेको पाईएको थियो ।

सन् २०१६ मा गरिएको अर्को एक अध्ययनमा आठ साता व्यायायम ब्रेक लिने तेक्वान्दो खेलाडीको शरीरमा मांशपेशी ह्वात्तै घटेको थियो । यसैगरी व्यायाम रोक्दा रक्तचाप र ग्लुकोजको मात्रा बृद्धि हुन्छ भने शारीरिक र मानसिक स्फूर्ति पनि घट्छ ।

----
स्रोतः स्वास्थ्य खबर



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.