खुट्टा मर्कँदा के गर्ने ? | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

खुट्टा मर्कँदा के गर्ने ?




   डा. प्रबल प्रधान - May 22 2023

खुट्टा मर्कनु (एङ्कल स्प्रेन) भनेको गोलिगाँठोमा हुने लिगामेन्ट (ligament) तन्किनु वा च्यातिनु हो। लिगामेन्टको काम भनेको दुई वा दुई भन्दा बढी हड्डीहरू जोडेर राख्ने हो। गोलिगाँठो मर्कदा यी लिगामेन्टहरू तन्किन्छन् या च्यातिन्छन् जसले गर्दा गोलिगाँठोको नियमित स्थितीमा परिवर्तन पर्दछ र टेक्दा खुट्टामा भर नभएको जस्तो हुने र दुख्ने हुन्छ। गोलिगाँठोको बाहिरपट्टि र भित्रपट्टि दुबैतिर लिगामेन्टहरू हुन्छन् र तिनीहरू मध्ये बाहिर पट्टिको लिगामेन्ट धेरै जसो च्यातिने गर्दछ।

यसको उपचार चोटको गम्भीरतामा निर्भर गर्दछ। कुनै कुनै उपचार बिना नै आराम गर्दैमा कम भएर जान्छन् भने कुनै बेला प्लास्टर लाएर राख्न पर्ने पनि हुन सक्छ। कुनै अवस्थामा शल्यक्रिया गर्नुपर्ने पनि हुन सक्छ। समय मै उचीत उपचार हुँदा भविष्यमा यसले खासै समस्या दिँदैन र ठिक हुन्छ भने समयमा उचीत उपचार नहुँदा यसले लामो समयसम्म समस्या दिन पनि सक्छ।

खुट्टा मर्कदा लिगामेन्ट मा ३ किसिमले क्षति पुगेको हुनसक्छ:
लिगामेन्ट तन्किएर,
लिगामेन्ट आंशिक रूपमा च्यातिएर
लिगामेन्ट पूरै च्यातिएर
कहिले काहीँ मर्कदा हड्डीमा पनि चोट पर्न सक्दछ। लिगमेन्ट जोडिएको ठाउँबाट सानो हड्डीको टुक्रा पनि चोइटिने स्थितीलाई चिकित्सकीय भाषामा एभल्जन फ्र्याक्चर भन्छौँ ।

लक्षणहरू
चोटको गम्भीरताको आधारमा यसको लक्षणहरू फरक हुन सक्छ।
दुखाइ, विशेष गरी चोट लागेको खुट्टा टेक्दा वा चलाउँदा
सुन्निने
कहिलेकाहिँ बाहिर घाउ पनि हुन सक्छ
टेक्ने बेला कहिलेकाहिँ खुट्टामा भर नभएको जस्तो पनि हुन सक्छ

खुट्टा मर्किदा एक्सरे सधैँ चाहिन्छ?
खुट्टा मर्किएपछि यदि हड्डीमा छुँदा दुख्ने छ, टेक्ने बेला र हिड्ने बेला गोलिगाँठो, पैतालामा कतै दुख्ने छ भने एक्सरे गर्नु पर्छ। मासु , लिगामेन्ट च्यातिएको त एक्सरेमा देखिन्न, तर साथमा हड्डी भाचिएको रहेछ या चोट रहेछ भने देखिन्छ।

खुट्टा मर्किनासाथ के गर्ने, के नगर्ने?
खुट्टा मर्किनासाथ सबै भन्दा पहिला खुट्टालाई पर्याप्त आराम दिने। खुट्टा सक्दो धेरै नाचलाईकन छातीको समतल उचाईमा राखेर बस्ने र चिसोले सेक्ने। टेक्ने बेला खुट्टामा या पैतालामा कतै दुख्ने छ भने तुरुन्त डाक्टरको परामर्श लिने। धेरै बिरामी ३-४ दिन कुरौँ न भनेर ढिलो आइपुग्छन् र भाचिएको हड्डीमा हिडेर चलाएर धेरै सरेपछि आइपुग्छन् जसको विकल्प कतिपय अवस्थामा शल्यक्रिया मात्रै हुनजान्छ, समयमा नै उपचारमा आइपुग्दा उपचारका विकल्पहरू रहन्छन्।

भुलेर पनि खुट्टा मर्किदा तातोले सेक्नु हुँदैन। तातो नुनपानीमा सेके दुखाई कम हुन्छ भन्ने कतिको सोचाई हुन्छ तर तातोले सेक्दा यस्तो अवस्थामा झन् दुखाई बल्झिने र सुन्निने समस्या बढ्छ। भुलेर पनि मालिस गर्ने काम गर्नुहुन्न। कति बिरामीहरू मनतातो तेलले मालिस गरेर खुट्टा सुन्नाएर आउने गर्नुहुन्छ र एक्सरे गर्ने बेला गोलिगाँठोको खुट्टाको हड्डीहरू भाँचेर सरेर आइपुग्छन् जसको विकल्प शल्यक्रिया मात्रै रहन्छ।

कतिखेर डाक्टरसँग परामर्श लिने?
डाक्टरसँग परामर्श गर्दा कुन स्थितीको चोट रहेछ र अबको उपचार के कस्तो तरिकाले गर्नुपर्छ भन्ने खुल्छ। डाक्टरले दुखाइ या अन्य स्थितीको व्यवस्थापनको लागि औषधि लेखिदिन सक्छन्।

“हाम्रो पात्रो हेल्थमा नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित २४ विशेषज्ञतामा रहेका २३ https://health.hamropatro.com/० जना भन्दा बढि डाक्टरहरू उपलब्ध हुनुहुन्छ। हाम्रो पात्रो हेल्थबाट यहाँले आफ्नो सहजतामा संसारको जुनसुकै स्थानबाट पनि प्रत्येक्ष भिडियो कलमा डाक्टरसँग परामर्श लिनसक्नुहुन्छ। थप जानकारीको लागि https://health.hamropatro.com/ मा हेर्नुहोस्”

उपचार
खुट्टा मर्किएको उपचार यसको गम्भीरतामा निर्भर गर्दछ। यदि लिगामेन्ट तन्किएको मात्रै छ भने ग्रेड १ चोट भनेर भनिन्छ र यसको उपचार भनेको ब्यान्डेज वा ankle binder लाएर केही समय आराम गर्ने, चिसोले सेक्ने, खुट्टा अलि माथि पारेर राख्ने। केही दिनमै धेरैलाई सन्चो हुन्छ।

ग्रेड २ को चोटमा लिगामेन्ट आधा च्यातिएको हुन्छ र यो अवस्थामा प्लास्टरमा खुट्टालाई आराम दिएर राखे राम्रो हुन्छ जसलाई हामी walking cast भन्छौँ किनभने यो प्लास्टरमा टेकेर बैसाखी बिना हिड्न मिल्छ।

ग्रेड ३ को चोटमामा भने लिगामेन्ट पुरै च्यातिएको अवस्था हुन्छ र केही अवस्थामा ग्रेड २ लाई जस्तै प्लास्टरले ठिक हुन्छ भने कसै कसैलाई शल्यक्रिय नै गर्नुपर्ने हुनसक्छ। ग्रेड २-३ को चोट ठिक हुनलाई ३ -६ हप्ता लग्न सक्छ।भाचिएर धेरै सरेको अवस्थामा धेरै जस्तो शल्यक्रिया नै गर्नु पर्ने हुनसक्छ।

रोकथाम
प्राय मर्कने लडेर, चिप्लेर या व्यायाम या कसरत गर्दा खेरी हुन्छ । त्यसैले हिँड्दा ध्यान दिने र आरामदायी जु्त्ता लगाएर हिँड्ने, श्रम गर्ने मानिसहरूले पेशागत सुरक्षा निर्देशनहरू पालना गर्ने र व्यायम गर्दा या खेलहरू खेल्दा पहिला जिउतताउने कसरत गरेर मात्र खेल खेल्ने या व्यायम गर्ने काम गर्नुहुँदा मर्कने घटनाहरूलाई कम गर्न सकिन्छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.