क्रोध तथा क्रोधको व्यवस्थापन | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

क्रोध तथा क्रोधको व्यवस्थापन





सबै मानिसमा समय समयमा रिस या क्रोधको भावना उत्पन्न हुने गर्दछ त्यो सामान्य हुनसक्छ तर यसले गर्दा तपाईंको जीवनमा नकारात्मक प्रभावहरू परिरहेको छ भने तपाईँले केही कदमहरू लिन सक्नुहुन्छ। क्रोधको कारणले उत्पन्न हुने आक्रोशको भावनालाई नियन्त्रणमा लिन सक्नुहुन्न तर क्रोध शान्त भएपछि गलत गरेँ भनेर ग्लानी र हीनताको भावना उत्पन्न हुन्छ भने यसको लागि यहाँले कदमहरू लिनुपर्ने हुनसक्छ।

यदि अधिक क्रोध या क्रोध जन्य विकारहरू तनाव, एङ्जाइटी या डिप्रेसन भएमा सहायताहरू उपलब्ध छन् । यस्ता मानसिक अवस्थाहरूमा उपचार उपलब्ध हुन्छ र यसलाई ठिक गर्न सकिन्छ। बैलैमा उपचार गर्दा फाइदा हुन्छ।

क्रोधको लक्षणहरू
क्रोधले धेरै किसिमका लक्षणहरू उत्पन्न गर्छ। यसले गर्दा तपाईँले शारीरिक या मानसिक रूपमा कसरी व्यवहार गर्नु हुन्छ त्यसमा प्रभाव पार्छ।

कोही मानसिहरू आफू रिसाउँदा अरू प्रति आक्रोशित हुन्छन् र आफ्नो आक्रोशलाई नियन्त्रण गर्न सक्दैनन् । कोही मानिसहरू क्रोध लुकाउँछन् तर पछि उनीहरूलाई स्वयंलाई नै क्रोधको भागी बनाउँछन् ।

कहिलेकाहिँ क्रोधको कारणले तपाईँको व्यवहार परिवर्तन भएको छ भन्ने थाह पाउन सधैँ सहज भने हुँदैन।

शारीरिक लक्षणहरू
- हृदयगति बढ्ने
- मांशपेशीहरू खुम्चने
- मुठी कस्सिने
- छातीमा कसिलो महसुस हुने
- तापक्रम बढ्ने

मानसिक लक्षणहरू
- तनाव या ग्लानी महसुस हुने
- आनन्दसँग रहन नसक्ने
- सानो कुराले पनि प्रभावित र प्रताडित महसुस हुने
- अपमानित महसुस हुने
- अन्यव्यक्तिसँग तिक्तता बढ्ने

व्यवहारगत परिवर्तनहरू
- चिच्याउने
- अन्य व्यक्तिको वेवास्ता गर्ने या अन्य व्यक्तिसँग मुर्मुरिने
- हातहाल्न या लडाईँ सुरु गर्ने
- सामग्रीहरू फुटाउने या फाल्ने
- स्वयंघात गर्ने, आफैलाई पिट्ने चिथोर्ने

तपाईँले आफ्नो क्रोधको लागि गर्न हुने र गर्न नहुने कार्यहरू:
गर्न हुने
- जब क्रोधले छोपेको महसुस हुन्छ जतिसक्दो छिटो त्यसलाई शान्त पार्न सुरु गर्नुहोस्
- केही कदम लिँदै हुनुहुन्छ भने सोचेर मात्र लिनुहोस् । १ देखि १० सम्म गन्ने कसरत या सहज बनाउने  स्वासप्रश्वासका तरिका अपनाउनुहोस्
- तपाईँलाई के कुराले क्रोध या रिस उठेको हो, त्यससँग सम्बन्ध नराख्ने व्यक्तिहरूसँग कुरा गर्नुहोस् जस्तै- तपाईँको साथी, डाक्टर या सहायता समूह
- कसरत गर्नुहोस्
- दौडने, हिँड्ने, पौडीखेल्ने या योगाले तपाईँलाई तनाब कम गर्न र शान्त रहन सहायता गर्न सक्छ।
- तपाईँको आत्मबल कसरी बढाउने र कसरी प्रभावशाली हुने बारेमा विचार गर्नुहोस्
- साथीहरूको सहायता लिने बारेमा सोच्नुहोस्, तपाईँ जस्तै अरुहरूको समस्या र समाधानहरूले तपाईँलाई लाभ पुग्न सक्छ।

गर्न नहुने
- सबै कुरा एकै पटक हासिल गर्न नखोज्नुहोस्, साना साना लक्ष्य बनाएर सहज रूपमा हासिल गर्दै जानुहोस्
- तपाईँले बदल्न या योगदान दिन नसक्ने चिजमा ध्यान दिएर क्रोधित नहुनुहोस् आफूलाई सहज हुने कुरामा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्
- तपाईँलाई मात्र यस्तो भएको छ भन्ने नसोच्नुहोस्
- सबैलाई क्रोध महसुस हुन्छ र तपाईँको लागि सहायता र उपचार उपलब्ध छ
- क्रोधलाई कम गर्न रक्सी, चुरोट, जुवातास या लागूऔषधिको प्रयोग नगर्नुहोस् ‍यसले तपाईँको रोगलाई घटाउन भन्दा तपाईँको मानसिक स्थितीलाई झन बिगार्न सक्छ

सहायताको लागि कहाँ जाने
मानसिक स्वास्थ्य विशेषज्ञ या नजिकको चिकित्सकको जानुहोस् 

हाम्रो पात्रो हेल्थमा विभिन्न डाक्टरहरू उपलब्ध हुनुहुन्छ।
खाता खोल्न र सहायतासँग कुरा गर्न निशुल्क छन् र स्वास्थ्य सम्बन्धी थुप्रै जानकारीहरू र भिडियोहरू निःशुल्क रूपमा उपलब्ध छन्।
डाक्टरहरूसँग टिकट लिएर तुरन्त, अपोइन्टमेन्ट लिएर या विशेषज्ञ समूहसँग स्वास्थ्य परामर्श लिन सकिन्छ। सबै परामर्शहरू गोप्य र सुरक्षित छन्।

क्रोधको कारणहरू
व्यक्तिअनुसार क्रोधका फरक फरक कारणहरू हुनसक्छन्।
मानिसहरूलाई सामान्यतया क्रोधित बनाउने कारणहरू निम्न छन्:
- पक्षपातपूर्ण व्यवहारहरू र त्यसलाई सच्याउन आफूले केही गर्न नसक्नु
- कसैले धम्की या आक्रमण गर्नु
- तपाईँको अधिकार, भावना र सम्पत्तिको अन्य व्यक्तिले सम्मान नगर्नु
- केही हासिल गर्न लाग्दा अन्य मानिसले अवरोध गर्नु

तपाईँले क्रोधको बेला कसरी प्रतिक्रिया दिनुहुन्छ भन्ने निम्न कुरामा भर पर्छ:
- तपाईँ कुन अवस्थामा हुनुहुन्छ
- यदि तपाईँ विभिन्न तनावका समस्याहरूसँग जुधिरहनुभएको छ भने तपाईँको क्रोधलाई नियन्त्रण गर्न गाह्रो हुन्छ
- तपाईँको परिवारिक स्थिती : तपाईँले सानुहुँदा घरका ठूला मानिसहरूले आफ्नो क्रोधलाई असामान्जस्य तरिकाले प्रदर्शन गरेको देख्नुभएको छ भने तपाईँले पनि क्रोधलाई नियन्त्रण गर्न गाह्रो हुन सक्छ
- तपाईँको विगतका घटनाहरू - मानिसहरू जसले मानसिक आघात भोगेका छन्, डरलाग्दा या तनाबग्रस्त घटनाहरूले कहिले काहिँ पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD) जसले गर्दा कहिलेकाहिँ क्रोधको ज्वाला फुट्नसक्छ
- लागूऔषधि या मादकपदार्थ जस्ता वस्तुहरू - जसले मानिसहरूलाई सामान्य भन्दा बढी क्रोधित बनाउन सक्छ

केही कुराहरू जसले तपाईँलाई क्रोधित बनाउँछ तर अन्य मानिसलाई कुनै पनि प्रभाव पार्दैन ? तपाईँलाई यस्तो किन भइरहेको छ भन्ने थाह नहुन सक्छ तर विशेषज्ञसँगको परामर्शले यहाँलाई सहायता गर्नसक्छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.