'दशैंमा रक्सी र सितन' रमाईलो हैन स्वास्थलाई खतरा !! | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

'दशैंमा रक्सी र सितन' रमाईलो हैन स्वास्थलाई खतरा !!




स्मरण रहोस्, जीवनकालमा केवल एउटा शरीर छ र आफ्नो स्वास्थको सुरक्षा हाम्रो दायित्व हो । दशैं लाई अस्वस्थ रमाइलो संग जोडेर आफ्नो स्वास्थ संग संझौता नगरौं, हुन्न र ?



अहिले दशैंको यो माहौलमा घरघरमा अनि चोक चोकमा नेपाली शहर र गाँउहरु रमाईलो को सिलसिलेवार परिवृतीमा रक्सी अनि मासुको बडो अदभूत संगममा रहेको संभावना के हामी नकार्न सक्छौं ? बढि चिल्लो कुरा अनि मासुको अत्थाधिक सेवनले स्वास्थमा हानी पूर्याएर दशैंको चिरञ्जीवी बन्नु भन्ने आशिष नै उल्टो त पर्न जाने हैन ?

लु आउनुहोस्, केही अावश्यक जानकारीतर्फ लागाैंः
बेलायती पत्रिका टेलिग्राफले रातो मासु र रक्सीलाई क्यान्सर संभावनाको कारक मानेको छ, यस तथ्य सिद्ध गर्न बिभिन्न अध्ययन र अनुसन्धान गरिएको छ ।

पक्कु राख्ने, पोल्ने अनि चपचिल्लै तेलमा डुबेको मासु खाने लगभग दशैंको हस्ताक्षर जस्तो भइसकेको छ । अनि यही सितनसंग तानिने रक्सीका ग्लासहरु वास्तवमै हानीकारक छन् । सकेसम्म रक्सी नखाएकै राम्रो तर अझ मासु र रक्सी स्वास्थका दृष्टिले झन हानीकारक छ । एक त रक्सी आँफैंमा अत्याधिक क्यालोरी हुने र मासुसंग सेवन गर्दा झनै खराब हुने गर्दछ । धेरैलार्इ एउटा भ्रम छ, 'रक्सि जस्तो कुरो खाएपछि डाइटका रूपमा माछा, मासु चाहिने ।' तर यो सोंचार्इ ठिक उल्टो हो, गलत हो । 

पाचन प्रणालीदेखि ग्रन्थी प्रणालीसम्म यस सितन र रक्सीको असर नकारात्मक हुने गर्दछ । बिकसीत देशमा सामान्यतया रक्सी सितन बिनानै सेवन गर्ने या फरक स्वादकालागि थोरै मात्र सितनसंग सेवन गर्ने चलन हुन्छ, यसले रक्सीको हानी न्यून पार्न सहयोग गर्दछ ।

यता हाम्रो तिर भनें मासुका विभिन्न परिकारलार्इ सितनको रूपमा रक्सी खाने चलनले गर्दा ज्यानमा इन्डोटक्सीनको श्रृजना गर्दछ । यसले गर्दा सबैभन्दा असर हाम्रो कलेजोलाई गर्दछ । त्यसै कारणले गर्दा पनि नेपालीहरुमा सामान्यतया फ्याटी लिभरको समस्या धेरै देखिन थालेको हो । अत्याधिक सितन र रक्सीको संयूक्त सेवन अनि शारीरीक क्रियाकलापको कमीले गर्दा यो समस्या झनै बिकराल छ । मासुमा अत्याधिक आइरन हुने हुँदा रक्सी र मासुको यो खुराकमा आइरनको अत्याधिक मात्राले कलेजोलाई झनै असर गर्दछ, यो वास्तवमा स्वास्थका हिसाबले एउटा बेमेलको साैखिया भोजन हो ।

यदि रक्सी नै खान मन छ भनें बरु फलफुल अनि हरिया तरकारीसंग खानुमा हानी कम छ । यो दशैंमा प्रयास गर्न शुरु गरौं । दुध या दही अनि अन्य दुग्धजन्य पदार्थसंग पनि रक्सी नखान सल्लाह दिइन्छ । दुग्धजन्य पदार्थको पनि अत्याधिक सेवनले शरीरमा ट्रयाग्लिसाइडस लगायत कोलेस्टेरोल बढाँउदछ ।

ब्रान्डी, ह्वीस्की, रातो वाइनहरु धेरै सेवन नगरौं, प्रशस्त पानी सेवन गर्न नभुलौं । बियर लगायतका सफ्ट ड्रिन्कहरुले कम असर गर्छ भन्नु गलत हो, बियरमा पनि प्रशस्त क्यालोरी हुन्छ । मासु र बियरको केमिस्ट्री ज्यादै नराम्रो हो । हरेक पेग रक्सीसंगै पानी सेवन गरौं, मदिरा सेवन गर्नुहुन्छ भनें पानी धेरै सेवन गर्नुहोला । खाली पेटमा भनें रक्सी सेवन नगरौं, केही सुपाच्य खाना खाएर पेट केही मात्रामा भरेर मात्र रक्सी सेवन गर्दा कम हानी हुन्छ ।

यसपालाको दशैं चाँडै छ, गर्मीको असर घटेको छैन् तसर्थ सावधानी जरुरी छ । चिसा पेय पदार्थहरु बोतलमा किनेर खानुभन्दा कागती पानी या घरमै बनाएको सर्वतको सेवन गर्ने बानी बनाऔं ।

स्मरण रहोस्, जीवनकालमा केवल एउटा शरीर छ र आफ्नो स्वास्थ जीवनसंग जोडिएको बिषय भएको हुँदा यसको सुरक्षाको हाम्रो दायित्व पनि हाम्रै हो । दशैंलाई अस्वस्थ रमाइलोसंग जोडेर आफ्नो स्वास्थसंग संझौता नगरौं, यति गर्न सकिन्न र ?

सकेसम्म धेरै तरकारी, फलफुल खाने गरौं । फेरि रक्सी र मासुको यो केमिस्ट्रीमा एसिडिटिको संभावना भएकोले धेरै भएकाले दशैं पछि लगत्तै पेट दुखाई र ग्याष्ट्रिकको शिकार नबनौं ।

मासु नै खान परेमा पनि सकेसम्म सेतो मासु जस्तै कुखुरा या अन्य पक्षीका मासु अनि माछा सेवन धेरै गरौं अनि पकाउँदा सकेसम्म थोरै तेल र मसला हालेर पकाउने गरौं ।

मासु मनपर्छ त्यो ठिक छ तर मासु स्वस्थ तरिकाले खाएमा रोग अनि स्वस्थ समस्याबाब जोगीन सकिन्छ, बिचार गरौं है !

----
हाम्रो पात्रोकालागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.