मुख क्यान्सरः अवस्था, जोखिम र सावधानी | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

मुख क्यान्सरः अवस्था, जोखिम र सावधानी





मुख क्यान्सरको अवस्था:
मानिसको मुख तथा मुखभित्रका सबै अङ्गप्रत्यङ्गहरूमा क्यान्सर हुने गर्दछ। मुख र घाँटीको क्यान्सरलाई एकै साथ भन्नु पर्दा हेडनेक क्यान्सर भनिन्छ । विश्वमा बर्षेनी ६ लाख ४० हजार मानिसमा मुखको अर्बुद (क्यान्सर) हुने गरेको पाइएको छ । संयुक्त राज्य अमेरिकामा सन् २०२० मा ५३ हजारभन्दा बढी मुख क्यान्सरका रोगी (दुई तिहाइ पुरूष) भएकोमा दैनिक १३२ जना संक्रमित र एक जनाको मृत्यु हुने गर्दछ ।

नेपालमा क्यान्सर सम्बन्धी उपचार हुने सबै अस्पतालमा क्यान्सरका रोगीहरू दिनानुदिन बढ्दै गरेको पाइएको छ । नेपालमा सर्वाधिक देखा पर्ने क्यान्सरहरूमा हेडनेकको क्यान्सर नै धेरै हुने गरेको पाइएको छ । नेपालमा बर्षेनी करिब ४० हजारका दरले क्यान्सरका रोगीहरू थपिदै गरेको र क्यान्सर अस्पतालहरूमा दैनिक एक जना अर्बुद रोगीको मृत्यु हुने गरेको अवस्थाले अर्बुद रोग भयावह रूपमा बढ्दै गरेको पाइएको छ । नेपालमा मुखको क्यान्सर पहाडको तुलनामा तराईका मानिसहरूमा बढी र घाँटीको क्यान्सर पहाडी भेगका मानिसहरूमा बढी देखिने गरेको छ । नेपालमा मुख तथा घाँटीका सम्पूर्ण क्यान्सर रोगीहरूमा केबल एक चौथाइ मात्र उपचारको लागि अस्पतालमा धाउने गरेको पाइएको छ ।

उमेर र लिङ्गः
मुखको क्यान्सर जुनसुकै उमेर, अवस्था र लिङ्गका मानिसमा हुन सक्ने भएतापनि ५, ६ बर्ष धुम्रपान तथा मध्यपान गरेको मानिसमा देखिने अधिक सम्भावना रहन्छ । विकसित देशहरूमा ५० बर्ष वितेपछि देखिने मुखको क्यान्सर नेपालमा ३० बर्ष देखि नै देखिने गरेको छ । नेपालमा मुख क्यान्सरका सबै रोगीहरूमध्ये ५० बर्ष मुनिका करिब ५० प्रतिशत भएको पाइएकोछ । अमेरिकामा महिलाको तुलनामा दुई तिहाइ पुरूषमा मुख क्यान्सर हुने गरेको छ ।

मुख क्यान्सरको कारण:
धुम्रपान, मध्यपान, सूर्ती तथा सूर्तीजन्य वस्तु र लागु पदार्थका दूर्व्यसनी, समलिङ्गी तथा प्रतिरक्क्षा शक्ति न्यून भएका र असुरक्षित यौनकर्मीहरूमा मुख क्यान्सरको प्रकोप धेरै हुने गरेको छ ।

१. सुर्ती र मदिराः मुख क्यान्सरका करिब ९० प्रतिशत रोगीहरूमा सुर्ती तथा सुर्तीजन्य पदार्थ (सिगरेट, बिँडी, सिगार, तमाखु, सुल्फा, खैनी, चुना आदि) को सेवन र मध्यपानको अग्रणी भूमिका रहेको छ । धुम्रपान र मध्यपान सँगसँगै गर्ने मानिसमा मुखको क्यान्सर हुने जोखिम दुई गुणा बढी हुने गरेको पाइएको छ । १० प्रतिशत मुख क्यान्सर (Squamous Cell Carcinoma, Adenoid Cystic Carcinoma र Mucoepidermoid Carcinoma) का कारण अझैसम्म पनि राम्रोसँग थाहा हुन सकेको छैन ।

२. पान, सुपारी : त्यसैगरी, पान, सुपारी, गुट्खा, पान पराग, जर्दा अदि सेवन गर्ने अधिकांश मानिसमा मुखको क्यान्सर हुने गरेको पाइएको छ ।

३. सरसफाइः
नियमित दाँत नमाझ्ने, मुख सफा नगने, गिँजा पाक्ने, हर्षा पर्ने, दाँतमा ढुङ्गा जम्ने, दाँत हल्लिने, झर्ने लगायतका समस्या हुने मानिसमा मुखको क्यान्सर हुने जोखिम हुन्छ।

४. पेपिलोमा भाइरसः अचेल र्विशेषगरि पश्चिम मुलुकहरूमा मुख मैथुन गर्ने युवा युवतिको मुख, किलकिले र भोजन नलिमा मानव पेपिलोमा (HP-16) भाइरसको संक्रमण भएर व्यापक रूपमा मुख क्यान्सर फैलिदै गरेको पाइएको छ ।

क्यान्सर उत्पन्न हुने तरिका:
क्यान्सर भनेकै आफै निको नभएर फैलिैदै जाने विशेष प्रकारको घाउ हो। मुखको क्यान्सर एक्कासि हुने नभएर ओँठ वा मुखभित्रका कुनै अङ्गमा लामो समयसम्म घाउ भएर निको नभएमा बारम्बार कोषिकामा हुने दुखाइ वा असहजताको कारण कोषिकाको डी एन ए मा विशेष परिवर्तन भएर कोषिका र तन्तुको अनियन्त्रित वृध्दि तथा अङ्गप्रत्यङ्गको बनोट एवं कार्यमा हेरफेर भएर क्यान्सरजन्य अवस्था सिर्जना हुने गर्दछ ।

मुख क्यान्सरका लक्षण:
मुख क्यान्सर कुन ठाउँमा उत्पन्न भएको छ सो अधारमा लक्षणहरु फरक फरक हुन सक्दछन् । बिमारीको घाँटिमा केही अडकिएको जस्तो लाग्ने, खानेकुरा चपाउन र निल्न गाह्रो हुने, मुख र ओँठ लाटो हुँदै लगायतका लक्षणहरू मुख क्यान्सरका रेगीहरुमा देखा पर्न सक्दछन्। माथि उल्लेखित सुर्ती, मदिरा वा सुपारीका अम्मली, लागु पदार्थका दूर्व्यसनी र असुरक्षित यौनलगायतका जोखिम पूर्ण कार्यमा संलग्न व्यक्तिले मुख वाउन, चपाउन, निल्न, हांस्न वा बोल्न अप्ठेरो गरेमा मुखको क्यान्सर हुन सक्ने जोखिम अनुमान गर्न सकिन्छ। अधिकांश मुखको क्यान्सर भएका मानिसले मुखमा तीन देखी चार वटा औँला सहजै घुसाउन कठीन पर्छ। मुखको क्यान्सर बढ्दै जाँदा रोगीलाई खाना खान, चबाउन, निल्न कठिन हुने, खानको रूची घट्ने, कुपोषण हुने, थुक वा खाना सकेर फोक्सोमा जाने र निमोनिया हुन सक्दछ । मुखको क्यान्सर फैलिएर फोक्सो, पेट, कलेजो, दिमाग तथा अन्य भागमा स्थापित भएर मानिसको मृत्यो हुन सक्दछ ।

सामान्यतया, मुख क्यान्सर भएका रोगीमा मुख भित्रको कमलो भागमा रातो, सेतो वा कालो रङ्गको दाग वा घाउ देखिने, त्यस्ता दागमा छुँदा असामान्य रूपले रक्तस्राव हुने, जिब्रोको फेँदतिर मासुको डल्ला वा गिर्खा बन्ने र फैलने, यस्ता मासुको डल्लाले धेरै ठाउँ ओगट्ने गरी छिटो बढ्ने, कम्तीमा २ हप्ता अवधिमा घाँटीको बाहिरतिर र दाँतको जरामा नदुख्ने तथा उपचार गरेर पनि निको नहुने साह्रा मसिना डल्ला वा गिर्खा देखिन सक्दछन ।

समय मै निदानः
मुख क्यान्सरलाई रोगिको क्लिनिकल परीक्षण, घाउको वायोप्सि, हिस्टोप्याथोलोजी, इम्यूनोहिष्टोकेमिष्ट्री, डि एन ए परीक्षण लगायतका प्रविधिको प्रयोग गरी प्रयोगशालामा नमूना परीक्षण गरेर निदान गर्न सकिन्छ |

उपचारः
विगतमा दुसाध्य मानिएको क्यान्सर रोगको प्रारम्भिक अवस्थामै पत्ता लगाएर उपचार गरियो भने निको हुन सकदछ अन्यथा मानिसको ज्यानै जान सक्दछ । दोश्रो र तेश्रो चरण सम्मको मुख क्यान्सरको रोगीलाई शल्य चिकित्सा, रेडियोथेरापि, केमोथेरापि लगायतका प्रविधिबाट उपचार गरेर निको पार्न सकिन्छ । युनिभर्सिटी अफ टेक्सस अमेरिकाका प्रा. जेम्स पी एलिसन र क्योटो युनिभर्सिटि जापानका प्राध्यापक तासुकु होन्‍जोले शरीरको रोग प्रतिरोधी क्षमताकों विकास गरेर क्यान्सर कोषलाई नष्ट गर्ने नयाँ कोषको उत्पन्न गराउने प्रभावकारी प्रविधिको विकास गरी सन्‌ २०१८ मा चिकित्सा शास्त्रतर्फको नोवेल पुरस्कार पाएबाट क्यान्सर उपचारको क्षेत्रमा नयाँ आसाको किरण देखिएको छ |

नेपालमा मुख क्‍यान्सरका रोगीहरू तेस्रो चरणमा रोग पुगेपछि मात्र उपचार गराउन चिकित्सकको सम्पर्कमा अउँछन् । मुख क्यान्सर तेश्रो चरणमा पुगेपछि शल्यक्रिया, केमोथैरापि र रेडियोथैरापि जस्ता जटिल प्रविधिको अवश्यक पर्ने, उपचार असहज, खर्चिलों तथा जोखिमपूर्ण हुने गर्दछ | यस अवस्थामा मुखको क्यान्सर शरीरका अन्य अंगप्रत्यंगहरूमा फैलने र निको हुन कठिन पर्ने जोखिम हुन सक्दछ ।

मुख क्यान्सरको रोकथाम र सावधानीः
१. सचेतनाः
मुख क्यान्सरको बारेमा सचेत भएर पर्याप्त सावधानी अपनाएमा रोग नै नलाग्ने र लागिहाले पनि समय मै रोग निदान र उपचार भएर सहजै निको हुन सक्दछ । हरेक बर्षको अप्रिल ४ तारिखको दिनलाई विश्व क्यान्सर दिवस र अप्रिल महिनालाई मुख क्यान्सर सचेतना महिनाको रूपमा मनाउँदै मुख स्वस्थ राख्रे प्रयास गरिन्छ।

२. कुलत र नैतिक शिक्षाः मानिसमा मुख क्यान्सर उत्पन्न हुनमा धुम्रपान, मध्यपान, अप्राकृतिक तथा असुरक्षित यौन कृडा लगायतका अस्वस्थकर बानी व्यहोराको प्रमुख भूमिका हुन्छ । असल चरण, अनुशासन, नैतिकता र स्वस्थ जीवन सम्बन्धमा घर र विद्यालयदेखि नै बालबालिकालाड नैतिक शिक्षा दिन अवश्यक देखिन्छ । बालबालिकालाई धुम्रपान, मध्यपान, असुरक्षित यौन, असामाजिक कृयाकलाप, जथाभावी खानपान र बानी व्यहोरा लगायतका जोखिमपूर्ण व्यवहारको बारेमा समय मै नैतिक शिक्षाबाट प्रशिक्षित गरेर मुख क्यान्सरको जोखिम न्यूनीकरणा गर्न सकिन्छ । क्यान्सरको जोखिम घटाउनको लागि स्कुल कलेजदेखि नै सुर्तीजन्य पदार्थ, मदिरा र अमर्यादित असामाजिक कृया कलाप र जोखिमपूर्ण व्यवहार नगर्ने नैतिक शिक्षामा जोड दिनु पर्छ। सुर्तीजन्य वस्तुको सेवन नगर्नु नै मुखको क्यान्सरबाट बच्ने सजिलो उपाय हो । मुखको क्यान्सर हुनबाट बच्न चुरोट खैनी सुरू नै नगरौं, नैतिकवान र जिम्मेवार नागरिक बनों।

३. सुधार गृहः खराब बानी व्यहोरा भएका मानिसलाई सम्झाड़ बुझाड़ गर्नु सबै नागरिकको कर्तव्य हो । दूर्व्यसनीलाई सुधार गृहमा निस्चित समय राखेर बानी व्यहोरामा सुधार गर्न सकिन्छ ।

४. राजनैतिक प्रतिबध्दताः मुख क्यान्सर एक सामाजिक, आर्थिक, नैतिक र सिंगो समाजकै समस्या भरएकाले यसलाई उपेक्षा गर्न वा कम महत्व दिएमा अफु, समाज र देश नै बर्बाद हुन्छ । तसर्थ, सबै राजनैतीक दलहरूले मुख क्यान्सरलाई शून्य पार्दै स्वस्थ समाज निर्माण गर्ने लक्ष सहित आवश्यक नीतिगत, संरचना तथा साधन स्रोतयुक्त व्यवस्था गर्न राजनैतिक प्रतिबध्दता हुन आवश्यक देखिन्छ ।

५. कानूनः मुख क्यान्सरको रोकथामका लागि राज्य र व्यक्ति दुवैको उत्तिकै भूमिका रहन्छ । सरकारले कर उठाउने प्रलोभनमा परी सूर्ती तथा सूर्तीजन्य वस्तु र मदिराको उत्पादन, खुला व्यापार र जथाभावी उपभोगमा छुट दिने गर्नु हुँदैन । यसको लागि उपयुक्त कानून तर्जुमा र प्रभावकारी कार्यान्वयन गरी समाजमा फैलिएको विकृति र विसंगति नियन्त्रण गर्नु पर्दछ ।

६. अधारभूत स्वास्थ्य र मुख स्वास्थ्यः मुख स्वास्थ्यलाई अधारभूत स्वास्थ्यमा समावेस गर्ने, सबै॑ तहका अस्पताल र स्वास्थ्य केन्द्रमा दन्‍त चिकित्सा सेवा र दन्त चिकित्सकको व्यवस्था गरी मुख क्यान्सरको शंका लागेमा सर्वसाधारणले सहजै जँचाएर गुणस्तरीय चिकित्सा सेवामा सर्वसाधारणको पहुंच सुनिस्चित गर्न उपयुक्त नीतिगत, गठनात्मक संरचना र कार्यक्रममा समय सापेक्ष परिवर्तन ल्याउनु पर्ने देखिन्छ ।
मुखमा देखिने जुनसुकै समस्या पनि क्यान्सरमा परिणत भएर मृत्यु नै कुर्न वाद्य हुनु पर्नें अवस्थाको सहजै अन्त्य गर्न सकिन्छ |

७. सेवा सुविधा र नैतिक शिक्षाः सरकारले क्यान्सरका रोगीलाई एक लाख रुपियाँ दिदैमा क्यान्सर न्युनीकरण नहुने भएकोले क्यान्सर गर्नें अनैतिक तथा असामाजिक जोखिम पक्ष नियन्त्रण, नैतिक शिक्षा प्रबर्धन गर्न अवश्यक देखिन्छ ।

८. नियमित जाँचः सके ६, ६ महिनामा र नभए कम्तिमा एक बषर्मा नियमित रूपमा दन्तचिकित्सकलाई मुख जाँच गराउनाले मुख क्यान्सरको समय मै निदान र उपचार भै मृत्युको मुखमा पुग्न पर्दैन ।

डा. सिमा घिमिरे, डा. प्रतिक्षा घिमिरे र डा. आदर्श खनाल
सुमेन डेण्टल होम प्रा.लि., बसुन्धरा, काठमाण्डु



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.