Salmonellosis Sankraman | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

साल्मोनेला सङ्क्रमण





साल्मोनेला सङ्क्रमण (Salmonellosis) पेटको आन्द्रामा हुने व्याक्टेरियाको कारणले हुने सङ्क्रमण हो । साल्मोनेला व्याक्टेरिया सामान्यरूपमा जनावर तथा मानसिहरूको आन्द्रामा बस्छ र दिसा (विष्टा) बाट बाहिर निस्कन्छ । मानिसहरू प्रायः दुषित खाना र पानीबाट सङ्क्रमित हुनपुग्छन् ।

साल्मोनेला लागेका केही व्यक्तिमा यस सङ्क्रमणले कुनै पनि लक्षणहरू देखाउँदैन । प्राय मानिसहरूले यसको सम्पर्कमा आएको ८ देखि ७२ घन्टापछि पखाला, ज्वरो र पेटको दुखाइ अनुभव गर्छन् । प्रायः स्वस्थ व्यक्तिहरू केही दिन देखि हप्ता दिनभित्र कुनै उपचार बिना नै निको हुन्छन् ।

केही व्यक्तिहरूमा पानीको कमि देखा पर्छ र उपचारको आवश्यकता पर्न सक्छ । यदि सङ्क्रमण आन्द्राभन्दा बाहिर फैलिएको खण्डमा ज्यान जोखिममा पनि पर्न सक्छ । सफा खानेपानी तथा राम्रो ढल व्यवस्थापन नभएको देशहरूमा यात्रा गर्दा साल्मोनेला सङ्क्रमण हुने जोखिम बढी हुन्छ ।

लक्षणहरू
साल्मोनेला सङ्क्रमण प्राय नपाकेको या आधा पाकेको मासु तथा, कुखुराको मासु या अन्डा या पास्चराइज नगरेको दुध पिउँदा लाग्न सक्छ । यस रोगको सङ्क्रमणकाल ६ घन्टा देखि ६ दिनसम्म हुनसक्छ । प्रायः साल्मोनेला लागेका मानिसहरू पेटमा फ्लु लागेको ठान्दछन् ।

साल्मोनेला सङ्क्रमणका सम्भावित लक्षणहरू र चिन्हहरू निम्न हुनसक्छन्:
- पखाला लाग्ने
- पेट दुख्ने
- ज्वरो
- पेट निमोठ्ने
- बान्ता हुने
- काँप्ने र जाडो हुने
- टाउको दुख्ने
- दिसामा रगत देखिने

साल्मोनेला सङ्क्रमण केही दिनदेखि एकहप्तासम्म रहन सक्छ । पखाला १० दिनसम्म चल्न सक्छ र पेटको स्थिती सामान्य हुन र सामान्यरूपमा दिसा हुन केही महिनासम्म पनि लाग्न सक्छ ।
साल्मोनेलाका केही प्रकारले त टाइफाइड (म्यादी ज्वरो) गराउन सक्छ जुन विकासशील देशहरूमा बढी पाइन्छ ।

डाक्टरलाई कतिखेर भेट्ने
प्राय मानिसहरूले डाक्टरलाई भेट्नु पर्दैन किन भने यो केही दिनमा आफैँ कम भएर जान्छ।
तर यदि प्रभावित व्यक्ति शिशु, सानो बालबालिका, वृद्धवृद्धा या कमजोर प्रतिरक्षा भएका व्यक्तिहरूमा निम्न अवस्थामा स्वास्थ्य सेवा प्रदायकलाई कल गर्नुहोस्:
- केही दिनभन्दा बढी समयसम्म रोगले च्यापेमा
- उच्च ज्चरो या दिसामा रगत देखिएमा
- शरीरमा पानीको मात्रा कम भएको जस्तो देखिएमा जस्तै सामान्य भन्दा कम पिसाब भएमा, गाढा रङको पिसाब भएमा या मुख र जिब्रो सुख्का भएमा

कारणहरू
साल्मोनेला व्याक्टेरिया मानिस, जनावर र चराहरूको आन्द्रामा बस्छ। प्रायः साल्मोनेला दिसाले प्रदुषित खाना या पानी खाँदा मानिसहरू सङ्क्रमित हुन्छन्।

सङ्क्रमित खाना तथा पानी
सामान्यरूपमा सङ्क्रमित खानाहरूमा निम्न पर्छन:
काच्चा मासु, कुखुराको मासु या माछा मासु तयार पार्दा जनावरको विष्टा मासु वा कुखुराको मासुमा पर्नसक्छ यदि प्रदुषित पानीबाट निकालिएको हो भने माछाहरू पनि प्रदुषित हुनसक्छन्।
नपाकेको या आधा पाकेको अन्डा अन्डाको खोलले प्रदुषित हुनबाट जोगाउला जस्तो देखिए पनि सङ्क्रमित कुखुराहरूको अन्डाको खोल बन्नुपहिले नै सङ्क्रमित भइसकेको हुन्छ। घरमा बनाइने मेयोनिज या हल्यान्डाइज सस जस्ता खानाहरू जसमा नपाकेको अन्डाको प्रयोग गरिन्छ।
पास्चराइज नगरिएका डेरी उत्पादनहरू पास्चराइज नगरिएका दुध तथा दुधका उत्पादनहरू या नपाकेको दुधमा पनि साल्मोनेला हुनसक्छ। पास्चराइज गर्दा दुधमा रहेका साल्मोनेला सहितका हानिकारक व्याक्टेरिया मर्छन्।
फलफूल तथा तरकारीहरू केही उत्पादनहरू विशेषरूपमा आयात गरिएकाहरू प्रदुषित पानीमा प्रशोधन गरिएको या सिँचाइ गरिएको हुनसक्छ। भान्सामा नै पनि नपाकेको मासुको रस र कुखुराको मासुको रस अन्य नपकाइएको खना तता सलादमा पर्न सक्छ।

राम्ररी व्यवस्थापन नगरिएका खाद्यपदार्थ
धेरै खाद्यपदार्थहरू हात नधोइकन खाना बनाउँदा या पस्कदा या शौचालय गएर हात नधोई खाना समाउँदा प्रदुषित हुनपुग्छन्।

सङ्क्रमित सतहहरू
मानसिहरूले सङ्क्रमित सतहहरूमा छोएर मुखमा औँलाहरू हाल्दा पनि सङ्क्रमण हुनसक्छ।

सङ्क्रमित घरपालुवा पशुहरू र अन्य जनावरहरू
जवारहरू तथा अरपालुवा पशुहरू विशेष रूपमा चराहरू र घस्रने जन्तुहरूले उनीहरूको प्वाँख, भुत्ला छाला तथा उनीहरूको विष्टामा साल्मोनेला बोकेर हिँडेका हुनसक्छन्। केही घरपालुवा जनावरका खाना पनि साल्मोनेलाद्वारा सङ्क्रमित हुनसक्छ र अन्य जनावरहरूलाई सङ्क्रमण गर्नसक्छ।

जोखिमहरू

तपाईँलाई साल्मोनेलाको सङ्क्रमण गराउन जोखिम बढाउने कारणहरू निम्न समावेश छन्:
तपाईँलाई साल्मोनेलासँग नजिक पुर्‍याउने क्रियाकलापहरू
सामान्यरूपमा तपाईँको रोगसँग लड्ने क्षमतालाई कम गर्ने स्वास्थ्य समस्याहरू

बढेको सम्पर्क
अन्तराष्ट्रिय यात्रा
साल्मोनेला तथा टाइफाइड गराउने प्रजातिहरू सरसफाइको कमिरहेका विकासशील राष्ट्रहरूमा प्रसस्त पाइन्छ।
घरपालुवा जनावर राख्ने, बटुल्ने र स्वामित्त्व लिने केही जनावरहरू विशेष रूपमा चराहरू र घस्रने जन्तुहरूले साल्मोनेलाका प्रजातिहरू बोकीरहेका हुनसक्छन् साल्मोनेला जनावरहरूको गोठ, पिँजडा, ट्याङ्की तथा फोहरको थुप्रोहरूमा हुन्छ।

पेटको समस्या तथा दिसाको समस्याहरू
शरीरमा साल्मोनेलासँग लड्ने थुप्रै प्राकृतिक प्रतिरक्षाहरू छन्। जस्तै पेटको एसिडले थुप्रो पेटमा रहेका साल्मोनेला व्याक्टेरिया मार्नसक्छ। तर केही चिकित्सकीय अवस्थाहरूमा यो प्राकृतिक प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ।

उदाहरणहरूमा निम्न पर्छन्:
एन्टासिडहरू पेटको एसिडीटी कम गर्नाले धेरै व्याक्टेरियाहरू बाँच्छन्।
इन्फ्लेमेटरी बावेल डिजिज (IBD) एक प्रकारको अवस्था जसमा तपाईँको आन्द्राको भित्रको तह नाश हुन्छ र यस्तो अवस्थामा साल्मोनेलाले सहजै कब्जा जमाउन सक्छ।
हालसालैको एन्टिबायोटिकको प्रयोग यसले गर्दा तपाईँको पेटमा असल व्याक्टेरियाको सङ्ख्या घट्छ र तपाईँले साल्मोनेलासँग लड्ने क्षमता कम गर्न सक्छ।

प्रतिरक्षा प्रणालीको समस्याहरू
केही मेडिकल समस्याहरू र औषधिले तपाईँको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाएर साल्मोनेलाको लागि सहजै आक्रमण गर्नसक्ने स्थिती सिर्जना गर्न सक्छ। यसले तपाईँको शरीरको रोगसँग लड्ने क्षमतालाई असर गर्छ। उदाहरणहरूमा निम्न पर्छन्:
एचआइभी / एड्स
सिकल सेल डिजिज
मलेरिया
अङ्ग प्रत्यारोप पछिको एन्टिरिजेक्सन ड्रकहरू
कर्टिकोस्टेरोइडहरू

जटिलता
साल्मोनेला सङ्क्रमण प्रायः ज्यान नै खतरामा पार्ने खालको हुँदैन। तर केही व्यक्तिमा विशेषरूपमा शिशु तथा साना बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र केही कारणवश प्रतिरक्षाप्रणाली कमजोर रहेका व्यक्तिहरूले यसउपचारको क्रममा जटिलताहरू उत्पन्न हुनसक्छ।

शरीरमा पानीको मात्रा घट्ने
यदि तपाईँले पखालाको रूपमा शरीरबाट बाहिरी रहेको पानीको पूर्ति गर्न सक्नुभएन भने शरीरमा पानीको मात्राको कमि हुनसक्छ। यसको चेतावनी चिन्हहरू निम्न हुन्छन्:
सधैँकोभन्दा कम पिसाब लाग्ने र गाढा रङको पिसाब हुने
सुख्का मुख र जिब्रो
आँखा गाडिने
रूँदा आँशु नआउने
सामान्यभन्दा बढी थकाइ लाग्ने
चिडचिडाउने या हडबडाउने
रगतमा व्याक्टेरियाको उपस्थिती
यदि साल्मोनेला तपाईँको रक्तप्रवाहमा प्रवेश गरेको खण्डमा यसले शरीरभरीका तन्तुहरूमा सङ्क्रमण गराउन सक्छ जस्तै
पिसाबको सङक्रमण
शुषुम्ना तथा मस्तिस्कको बाहिरी तहको सङ्क्रमण म्यानेन्जाइटिस
मुटु तथा भल्भहरूको तहको सङ्क्रमण इन्डोकार्डाइटिस
हड्डी तथा हड्डीको मासीको सङ्क्रमण अस्टियोमाइलाइटिस
रक्तनलीको भित्री तहमा विशेषरूपमा यदि तपाईँले रक्तनलीको प्रत्यारोप या मुटुको बाइपास शल्यक्रिया गर्नुभएको छ भने

रियाक्टिभ आर्थराइटिस
व्यक्तिहरू जसले पहिले साल्मोनेलाको सङ्क्रमण भएको थियो भने उनीहरूलाई रियाक्टिभ आर्थराइटिस हुने सम्भावना बढी हुन्छ। यसलाई रेइटर्स सिन्ड्रमको नामले पनि चिनिन्छ यसले निम्न लक्षणहरू गराउँछ:
आँखा पोल्ने
पिसाब पोल्ने
जोर्नीहरू दुख्ने

रोकथाम
अमेरिकी कृषि विभाग (USDA) अमेरिकामा मासुको र अन्डाको परीक्षण र व्यवस्थापन गर्दछ र विश्वभरी हरेक देशमा यस्तै संस्थाहरूद्वारा यसको व्यवस्थापन हुन्छ। यस प्रकारका संस्थाहरूको उदेश्य भनेको साल्मोनेला सङ्क्रमणहरूको सङ्ख्यालाई कम गर्नु हो।
तपाईँले साल्मोनेलाको सङ्क्रमणलाई रोक्ने तरिका भनेको हातधुने, सुरक्षित तरिकाले खाना तयार गर्ने, खानालाई दुषित हुन नदिने, नपाकेको मासु वा अन्डा नखाने।
शिशुहरू, वृद्धवृद्धा र कमजोर प्रतिरक्षाप्रणाली भएका व्यक्तिहरूको लागि खाना बनाउँदा विशेष ध्यान दिनुपर्छ।

तपाईँको हातहरू धुनुहोस्
निम्न कार्य गर्नुभएपछि कम्तिमा २० सेकेन्डको लागि साबुन पानीले हात धुनुहोस्
शौचालय प्रयोग गरी सक्नुभएपछि
डायपर परिवर्तन गर्नुभएपछि
नपाकेको अन्डा या मासुचलाउनु भएपछि
घरपालुवा जनावरका विष्टा सफा गर्नुभएपछि
घरपालुवा जनावर तथा चराहरू तथा उनीहरूको बासस्थान चलाउनु भएपछि विशेष रूपमा चराहरू र घस्रने जन्तुहरू

सामग्रीहरू फरक फरक स्थानमा राख्नुहोस्
एकअर्काको दुषित हुनबाट रोक्ने तरिका
फ्रिजभित्र मासु, अन्डा र माछा राख्ने स्थान र अन्य खाद्यपदार्थहरू राख्ने स्थान फरक फरक गर्नुहोस्
यदि सम्भव भएसम्म मासु काट्न र फलफूल तथा सागसब्जी काट्न दुईवटा काट्ने बोर्डहरूको व्यवस्थापन गर्नुहोस्
पकाइएको खाना कहिले पनि पहिले नपकाइएको मासु राखेको प्लेटमा नराख्नुहोस्
खाना बनाउने सतहहरू साबुन पानीले धुनुहोस्

नपाकेको अन्डा नखानुहोस्

घरमा बनाएको कुकी डो, आइसक्रिम, मेयोनिज, होल्यान्डाइज सस र एगनग सबैमा नपकाएको अन्डा हुन्छ नपकाएको अन्डा खानै पर्ने भए पनि पास्चराइज गरेर मात्र खानुहोस्
खानाहरू पकाउनुहोस् र सुरक्षित रूपमा भण्डारण गर्नुहोस्

खानालाई राम्ररी पकाउनुहोस् र पकाउनुभएको खाना तुरन्त फ्रिज गर्नुहोस्



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.