टेलिफिजियोथेरापी | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

टेलिफिजियोथेरापी





सम्भव छ टेलिफिजियोथेरापी 
टेलि हेल्थ वा टेलि मेडिसिन जस्तै फिजियोथेरापीको सेवा प्रवाह पनि अधुनिक संचारको माध्यम जस्तै टेलिफोन, भिडियो कन्सल्टेन्ट, सुचनात्मक सामाग्रीहरू को प्रसारण बाट गर्न सकिन्छ। यस्ताे बिधिबाट सेवाहरू प्रसारण गर्दा उपचारात्मक विधि, अध्यापन, प्रगतिको अनुगमन, स्वास्थ्य प्रवर्द्धन लागायत विभिन्न कार्य गर्न सकिन्छ। कोभिड-१९ को संक्रमण दरलाई न्यूनिकरण गर्न देशै पिच्छे लकडाउन विषेश गरि यात्रा मा प्रतिबन्ध पछि स्वास्थ्य सेवा उपभोग गर्न टेलि मेडिसिन को प्रयोग ह्वात्तै बढेको भएतापनि यसको इतिहास लामो छ।बिसौं शताब्दीको पूर्वार्ध देखिनै दुई तर्फी रेडियो मार्फत सुचना प्रवाह गरिएको देखिन्छ। सन् १९६० को दशकमा स्वास्थकर्मीले टेलिफोनको सहायताले बिरामीलाई सल्लाह र निर्देशन दिएको पाइन्छ।

कोभिड-१९ को माहामारी पछि नेपाल मा पनि केही अस्पतालमा टेलि मेडिसिन सेवा को सुरुवात भएको छ। उदाहरण को लागि कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल), स्पाइनल इन्जुरी सेन्टर, धुलिखेल अस्पताल मा पनि टेलि मेडिसिन सेवा को सुरुवात भइ सुचारु रहेको छ। यधपी टेलि फिजियोथेरापी भने नेपाल को सन्दर्भमा नयाँ प्रयोग हो। टेलि फिजियोथेरापी भन्नाले फिजियोथेरापी सेवाको उपलब्धता र पहुच बढाउन विभिन्न सुचनात्मक सामाग्रीहरु र संचारको माध्यमको प्रयोग गरि यसको दायरा प्रभावकारी ढंगले बढाउने तरिका भन्ने बुझिन्छ।केहि निजी पुनर्स्थापना केन्द्र र अनलाईन पोर्टलले स्वास्थ्य कर्मी को सेवालाई अनलाईनको माध्यमले उपलब्ध बनाएपनि प्रभावकारी ढंगले उपभोक्ता समक्ष पुग्न सकेको छैन। यसको उपभोग गर्दा सेवा ग्राहीको लागि मात्र नभई चिकित्सक को लागि समेत र सम्पुर्ण सेवा प्रवाह व्यवस्था लाई नै फाइदा पुग्दछ।

१.उपभोक्ता लाई कसरी फाइदाजनक हुन्छ ?
कुनै पनि स्वास्थ्य समस्या सम्बन्धि शिक्षा: स्वस्थ प्रवर्द्धन, रोगको निदान र त्यसले निम्त्याउने अपाङ्गता पछि पुनर्स्थापना को महत्वपूर्ण पाटो हो। स्वास्थ्य शिक्षा को प्रयोग टेलि- माध्यम बाट सरल तथा उपभोग्य किसिमले प्रवाह गर्न सकिन्छ।समयको बचत, कम आर्थिक व्ययभार, बिरामी लाई यात्रा गर्नुपर्ने झन्झट बाट मुक्ति केही प्रत्यक्ष फाइदा हरु टेलि फिजियोथेरापी बाट लिन सकिन्छ। सामान्यतया घरेलु उपाय र कसरत बाट धेरै जसो हाडजोर्नी र मांसपेशी सम्बन्धि दुखाई कम गर्न सकिन्छ।ढाड दुखाई को मात्र कुरा गर्ने हो भने ७०% भन्दा बढी बिरामीहरू लाई स्वास्थ्य संस्था नगईकन सामान्य सल्लाह जस्तै: निर्धक्क भएर सकृय रहने, खानपान मा ध्यान दिने, दैनिक कसरत गर्ने, बस्ने वा काम गर्ने आसनमा ध्यान दिने आदि गर्नाले समस्या निर्मुल हुन्छ। ति बिरामी हरू मा अन्य जाँच आवश्यक रहेको वा नरहेको, अन्य स्वास्थ्य कर्मी सँग परामर्श लिनु पर्ने वा नपर्ने पनि टेलि कन्सल्टेन्ट गर्ने सकिन्छ। यधपी कतिपय अवस्थामा बिरामी स्वयंले पनि आफ्नो लक्ष्यण हेरिकन मात्र चिकित्सक द्वारा निर्देशित कुरा गर्नु उपयुक्त हुन्छ। जस्तै: रक्तचाप कम भएको अवस्थामा (एक्कासी चक्कर लागेमा), मुटुको धड्कन अत्याधिक मात्रामा बढेमा धेरै कठिन कसरत हरु बन्द गर्नुपर्छ।

२. फिजियोथेरापिष्टले कसरी यसको चुस्त प्रयोग गर्न सक्छन् ?
टेलि -कन्सल्टेशन गर्न सेवाग्राहीलाई मात्र नभएर सेवा प्रदायकको पनि समयको तथा भौतिक कन्सल्टेशनको निम्ति चाहिने अन्य स्रोत को पनि बचत हुन्छ। यसमा एकै ठाउँमा बसेर एक समयमा दुर्गम वा सुगममा रहेका बिरामीको सेवा गर्न सकिन्छ। फिजियोथेरापी को हकमा स्वास्थ्य सल्लाह एक महत्वपूर्ण विधि रहेकोले सेवाग्राही सँग प्रस्तुत हुने शैली, बोलिचालीको भाषा, शारिरिक हाउभाउ आदिमा विशेष ध्यान दिनुपर्छ। बिरामीले गर्नुपर्ने व्यायम को श्रव्यदृश्य वा भिडियो बनाएर पनि उपचार गर्न सकिन्छ। त्यसबाहेक बिरामिले गर्नुपर्ने र गर्न नहुने कुराहरुको टिपोट बनाइ प्रस्तुत गर्न सकिन्छ। पानि पिउने रिमाइन्डरजस्तै आसन परिवर्तन को निम्ति पनि मोवाइल एप्सको प्रयोग पनि गर्न सकिन्छ । टेलि-फिजियोथेरापि गर्दा जानकारी हरु रेकर्ड गर्न सजिलो हुन्छ। बिरामीको आवस्थाको तिब्रता, उपचार को प्रभावकारिता र सेवाग्राहीको सन्तुष्टीको मापन सजिलै गर्न र रेकर्ड पनि गर्न सकिन्छ।सरल तथा उपभोग्य उपकरण बा माध्यमको प्रयोगले यसको थप प्रभावकारिता रहनेमा दुई मत नहोला।

३. स्वास्थ सेवा व्यवस्था मा कस्तो असर पर्ला ?
टेलि-फिजियोथेरापि सरसर्ती हेर्दा सरल र प्रभावकारी देखिएपनि हाम्रो जस्तो अति निम्न आय वा निम्न आय भएको देशमा यसको व्यवहारिक पक्ष त्यतिकै चुनौतीपुर्ण छ।यसले दुरदराजमा रहेका स्वास्थ्य व्यवस्था मा पक्कै पनि उल्लेखनीय भुमिका खेल्दछ। सिमित स्रोतमा धेरै सेवा प्रवाह गर्न सक्ने क्षमता भएपनि अशिक्षा, अज्ञानता, प्रबिधि को उपभोग्यता आदिले पनि टेलि-फिजियोथेरापिलाई थप चुनौतीपुर्ण बनाएको देखिन्छ।टेलि -कन्सल्टेशन गर्दा गोपनियताको आवश्यकता पनि एक महत्वपूर्ण पाटो हो। बिरामी वा स्वास्थ्य स्थिति सँग सम्बन्धित जानकारी स्वास्थ्यकर्मी सँग मात्र रहने प्रावधान को सुनिश्चितता हुनुपर्दछ।

समग्रमा हेर्ने हो भने, सरल प्रबिधि को प्रयोग गरि साक्षर उपभोक्ता समक्ष पुग्न सक्ने हो भने निकट भविष्यमा टेलि-फिजियोथेरापि निकै आवश्यक र प्रभावकारी अभ्यास हुनेछ। हाम्रो जस्तो देशमा यस उपयोग को निम्ति समयमै सरोकारवालाको ध्यानाकर्षण हुनु निकै आवश्यक देखिन्छ


विनय कंडेल
प्रमुख, फिजियोथेरापी यूनिट
वीर अस्पताल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.