बालबालिकालाई डायपर लगाउँदा पाछ्ने गरेको छ ? के हो समाधान ? | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

बालबालिकालाई डायपर लगाउँदा पाछ्ने गरेको छ ? के हो समाधान ?





डायपर डर्मेटाइटिस भनेको डायपर लगाइने क्षेत्रमा हुने दागहरू (rashes) हो । यी मध्ये सबैभन्दा सामान्य जलन डायपर डर्मेटाइटिस ( Irritant diaper dermatitis) हो। यसमा बालबालिकाको डायपर लगाउने स्थानमा रातोपन देखिने र बच्चाहरूलाई पोल्ने गर्दछ ।

यसका कारणहरू :
• डायपर क्षेत्रमा पिसाब र दिशाको इन्जाइमहरूको गतिविधिले सुन्निने हुन्छ, छालाको सामान्य अवरोधलाई बाधा पुर्‍याउँछ , जलन र जीवहरूको (microorganisms) संवेदनशीलता बढाउँछ।

अतिरिक्त कारकहरू :
• बारम्बार डायपर परिवर्तनको अभाव।
• ढिलो वा बारम्बार दिसा (loose and frequent motion of stool)
• डायपर प्रयोग गर्ने स्थानमा अनावश्यक घर्षण वा फोहोर वाइप्सको प्रयोग ।

Candidal संक्रमण हो भनेर कसरी पत्ता लगाउने ? 
• डायपर लगाएको स्थानमा रातो अथवा गुलाबी हुन्छ।
• छोरा बच्चामा लिंग,अंडकोष संलग्न हुनसक्छ भने छोरीको योनिमा रातोपना देखिन सक्छ ।

समाधान
• बारम्बार डायपर परिवर्तन गर्नुहोस् ।
• डायपर प्रयोग नगरि "आराम"को अवधि।
• छालाको सफाई नरम मलमल कपडा र मनतातो पानीले गर्नुहोस्।
• दिशा पिसाब गरिसकेपछि आवश्यकता भन्दा  धेरै धुने अथवा पुछ्ने नगर्नुहोस् ।
• डिस्पोजेबल डायपर प्रयोग गर्नुहोस् ।

यदि तपाइँसँग कुनै अरु थप समस्या या जिज्ञासा छ भने तपाईंहरूले हाम्रो पात्रो हेल्थ मार्फत डाक्टर मुक्ति घिमिरेसँग अनलाइन परामर्श लिन सक्नुहुनेछ ।

डा मुक्ति घिमिरे
बाल रोग विशेषज्ञ



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.