दाँत चम्काउने घरेलु उपायहरु | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

दाँत चम्काउने घरेलु उपायहरु




डेन्टीस्टहरुका अनुसार दैनिक दुईपटक दाँत मोल्ने, पखाल्ने गरौं । धेरै बेर कडा गरेर दाँत नमोलौं, एकपटकमा दुई मिनेटको दाँत मोलाई यथेष्ट हुन्छ। साइडबाट हल्का संग गोलो गोलो घेरा जस्तो ब्रश चलाएर दाँत मोल्ने गरौं ।



टिभी हेर्न बस्नुहोस् या पत्रपत्रिका पढ्नुहोस् ? स्वास्थ अनि सुन्दरता समबन्धी बिज्ञापनहरु खचाखच सुनिन्छ अनि देखिन्छ । भनिन्छ नि अहिलेको समय नै स्वस्थ अनि सुन्दरताको समय हो भनेर । फिटनेश अनि व्यूटीनेस को मेला लागेको बेला दाँत एउटा अत्यन्त महत्वपूर्ण हो । मुसुक्क हास्ँदाको दन्तेलहर देखि अरुसंग बोल्दाको आत्मबिश्वास सम्म दाँतको स्वस्थ अनि रगंमा भर पर्दछ । दाँतलाई त व्यक्तित्वको झ्याल नै भनेर पनि व्याख्या गरिन्छ । फरक फरक तुथपेस्ट देखि टुथब्रश अनि चोकै पिच्छे खुलेका डेन्टल अस्पताल सम्म दाँत प्रेमीहरु अनि सुन्दरता प्रेमीहरुको रोजाईमा पर्दछ ।
आज हामी केही अत्यन्त सरल घरेलु उपायहरु बताउन जाँदैछौ जसले सहजै हाम्रा दाँतका दागहरुलाई हटाइदिन्छ । धुम्रपान, खैनी, अत्याधिक चिनी भएका खानेकुरा र पेय पदार्थ धेरै सेवन लगायत अन्य बिभिन्न दाँतको स्वस्थ सम्बन्धीत कुरामा हेलचेक्राई गर्दा हाम्रो ओरल स्वास्थ अनि दाँत स्वंमा धेरै नराम्रो असर परिरहेको हुन्छ । मुख्य नकारात्मक असर हो, दाँतमा दाग बस्नु या चम्कीलो नभई धमिलो अनि दाग लागेको फोहोरी देखिनु । आउनुहोस जानीराखौं, घरमा आँफैले दाँत चम्काउन सकिने उपायहरु।
१ बेकिंग सोडा
थोरै बेकिंग सोडालाई दाँत मोल्ने समयमा टुथपेस्टमा केही पानी हालेर मिसाउने अनि दाँत मोल्ने गरेमा दाँत अझ चम्कीलो हुन्छ । अथवा औंलामा हालेर दाँतमा औंलाले नै मोल्ने अनि १ मिनेटसम्म लगाउने अनि पखाल्ने गर्न सकिन्छ ।

२ फलफुलका बोक्राहरु

केरा या सुन्तलाका बोक्राहरु लाई हामीले आइसकेपछि सोझै फोहोरमा फाल्ने गर्दछौं तर यिनको सदुपयोग गरे दाँतको चमक ल्याउन लगायत अन्य धेरै कुराहरुमा यिनको अभूतपूर्व योगदान रहन्छ ।
हिँउदमा सबैका घरघरमा सुन्तलाका बोक्रा भएका हुनसक्दछ तर बिचार गरौं है यिनै सुन्तलाका बोक्रालाई दाँतमा हालेर दलेमा मात्रै पनि दाँत चम्कीलो बनाउन अत्यन्त उपयोगी हुन्छ । पोटासियम अनि म्यागनीजको प्रचुर मात्रा यी केरा अनि सुन्तलाको बोक्रामा हुन्छ जसले दाँतको इनामेल लाई रिचार्ज गर्न सहयोग गर्दछन् ।

३ रसिलो फलफुलहरुको नियमित सेवन
दैनिक सलादका रुपमा कांक्रा, स्याउ, गाँजर लगायतका फलफुल सेवन गर्नाले फलफुलका सतहहरु नै दाँतको तहसम्म गएर सफा गर्ने अनि दाँतलाई थप चम्कीलो बनाउन सहयोग गर्ने गर्दछन् ।
दैनिक दुध अनि दुग्धजन्य पदार्थहरु सेवन गर्नाले पीएच लेभल बढाउने गर्दछ । यसो हुँदा दातलाई रिमीनरलाइज गर्दछ अनि दाँत चम्कीलो र झन सेतो भएर जान्छ ।

४ एप्पल साइडर भिनेगर
सामान्य स्टोररुमा ससाना बोतलहरुमा एप्पल साइडर भिनेगरहरु पाइन्छ, यसरी भिनेगरलाई पनि दाँतमा रगडेर अनि केही समयमा पखाल्ने नियमित रुपमा गरेमा दाँतको चमक बढ्ने गर्दछ ।

डेन्टीस्टहरुका अनुसार दैनिक दुईपटक दाँत मोल्ने, पखाल्ने गरौं । धेरै बेर कडा गरेर दाँत नमोलौं, एकपटकमा दुई मिनेटको दाँत मोलाई यथेष्ट हुन्छ। साइडबाट हल्का संग गोलो गोलो घेरा जस्तो ब्रश चलाएर दाँत मोल्ने गरौं ।
मुस्कुराउनुहोस् अनि अरुलाई पनि मुस्काउन सहयोग गर्नुहोस् ।

यस आलेख हामीले टाइम्स अफ इण्डियाको अत्याधिक रुचाइएको आलेख लाई अनुवाद र साभार गरेका छौं । 



हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.