हार्ट अटेकको जोखिम यसरी पत्ता लगाउनुहोस् | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

हार्ट अटेकको जोखिम यसरी पत्ता लगाउनुहोस्





ह्दयाघातका धेरै कारणहरु हुन्छन । ती मध्ये प्रमुख १० कारणहरु तल तस्विरमा देखाइएका हुन् । त्यसमध्ये धुम्रपानको सेवन र उच्च कोलेस्ट्रोल सबभन्दा प्रमुख २ कारणहरु हुन् । नेपाल लगायत संसारका ५० भन्दा बढी देशहरुमा गरिएको एउटा रोचक अध्ययन (INTERHEART) को अनुसार यी दुई कारणहरु सबभन्दा बढी खतरनाक भएको पाइएको छ ।

५५ वर्ष भन्दा बढीका पुरुष र ६५ वर्ष भन्दा बढीका महिलालाई ह्दयाघातको खतरा बढी हुन्छ ।

त्यसैगरी पुरुषलाई ह्दयाघातको खतरा महिलामा भन्दा बढी भएको पाइन्छ । त्यसमा पनि ५० वर्ष भन्दा मुनिका महिलामा ह्दयाघात कम हुने गरेको पाइन्छ । वंशानुगत (Genetic) वा मानसिक तनावलाई पनि हिजोआज ह्दयाघातको महत्वपूर्ण कारणको रुपमा मानिन थालिएको छ ।

धेरैजसो अवस्थामा ह्दयाघातको निश्चित कारण भेटाउन सकिन्छ । तर कहिलेका“ही ह्दयाघातको कारण पत्ता नलाग्न पनि सक्छ । लगभग ९० प्रतिशत भन्दा बढी बिरामीमा ह्दयाघातको कारण पत्तालगाउन सकिन्छ । धेरैजसो अवस्थामा १ भन्दा बढी कारणहरु संगै भएका पाइन्छन् ।

ह्दयाघातका अनेक कारणहरु मध्ये चुरोटको सेवन, उच्च कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप नै प्रमुख हुन् ।

निम्नलिखित प्रश्नहरुको उत्तरमा “गर्छु वा छ” भने, ह्दयाघातको सम्भावना बढी भएको बुझिन्छ । कसैलाई एक भन्दा बढी कारणहरु (रिस्क फैक्टर्स) छन् भने, ह्दयाघातको खतरा झन बढी हुन्छ ।

के तपाई धुम्रपान गर्नुहुन्छ ?
के तपाईलाई मधुमेह छ ?
के तपाईलाई उच्च रक्तचाप छ ?
के तपाईको रगतमा कोलेस्ट्रोलको स्तर बढी छ ?
के तपाईलाई मोटोपना छ वा कम्मर वरिपरि धेरै बोसो छ ?
के तपाईको आमाबुबा, दिदीबहिनी वा दाजुभाईलाई ह्दयाघात भएको छ ?
के तपाई अत्यधिक मदिराको सेवन गर्नुहुन्छ ?
के तपाईलाई डिप्रेसन वा मानसिक तनाव छ ?
धुम्रपानः धुम्रपानले ह्दयघातको खतरा २ देखि ४ गुणा बढाउछ । जति धेरै धुम्रपान गर्नुहुन्छ, ह्दयाघातको खतरा त्यति नै धेरै हुन्छ ।

सानै उमेरदेखि धुम्रपान गरेमा खतरा झन् बढी हुन्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल भएका व्यक्तिले चुरोट , बिडीको सेवन गरेमा ह्दयाघातको खतरा अत्यन्तै धेरै हुन्छ ।

उच्च कोलेस्ट्रोलः उच्च कोलेस्ट्रोलले ह्दयाघातको खतरा लगभग ३ गुणा बढाउछ । कोलेस्ट्रोलको मात्रा रगतमा जति धेरैहुन्छ, ह्दयाघातको खतरा पनि त्यति नै बढी हुन्छ ।

युवा अवस्थामा देखिने ह्दयाघातका दुई प्रमुख कारणहरु मध्ये एउटा उच्च कोलेस्ट्रोल र अर्को धुम्रपान नै हो ।

मधुमेहः मधुमेहले ह्दयाघातको खतरा २ देखि ३ गुणा बढाउछ । लामो समयदेखि मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ । मधुमेह रोगीमा रक्तचाप र कोलेस्ट्रोलको राम्रो नियन्त्रण नभएमा ह्दयाघातको खतरा झन बढी हुन्छ ।

उच्च रक्तचापः रक्तचापको नियन्त्रण नगरेमा ह्दयाघातको खतरा २ गुणा बढी हुन्छ । मोटोपनाः मोटोपना वा कम्मर वरिपरि धेरै बोसो भएमा ह्दयाघातको खतरा बढी हुन्छ । परिवारमा कसैलाई ह्दयाघात भएकोः आमाबुबा, दिदीबहिनी वा दाजुभाई कसैलाई कम उमेरमा (पुरुषलाई ४५ वर्ष वा महिलालाई ५५ वर्षभित्र) ह्दयाघात भएको छ भने, अन्य सदस्यालाई पनि ह्दयाघात हुने खतरा बढी हुन्छ ।

अत्यधिक मदिराको सेवनः नियमित रुपमा अत्यधिक मदिराको सेवन गर्नु वा एक दिनमै धेरै मदिराको सेवन गर्नु (Binge Drinking) ले पनि ह्दयाघात निम्त्याउन सक्छ । डिप्रेसन वा मानसिक तनावः परिवार, कार्यालय वा अर्थ ब्यवस्थासग सम्बन्धित तनावले पनि ह्दयाघात निम्त्याउन सक्छ । डिप्रेसनले पनि ह्दयाघात खतरा बढाउछ । तपाईलार्ईं पनि डिप्रेसन वा अत्यधिक मानसिक तनाव छ कि छैन बिचार गर्नुहोस् ।

यदि तपाईलाई माथि उल्लेखित १ भन्दा बढी (Risk Factors) कारणहरु छन् भने, ह्दयाघातको खतरा धेरै गुणा बढी हुन्छ । यदी तपाईं सँग यस्ता केही जोखिम हरु छन्न र तपाईंले त्यस्लाई राम्रो नियन्त्रणमा राख्नु भएको छ भन्ने हार्ट अटेक को जोखिम अत्यन्त न्यून हुन्छ। खान्पिन , जीवन शैली र वा औषधी जुन माध्यम ले भएपनी यि जोखिम हरुलाई राम्रो नियन्त्रण मा सधैं राख्नु हार्ट अटेक रोक्ने सर्वोत्तम उपाएे मानिन्छ I



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.