ज्वानोको फाइदा | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

ज्वानोको फाइदा





आजभोली पेटको समस्या लगभग हरेक घरका सदस्यहरुमा पेट अनि पाचनको समस्या देखिने गर्दछ । हाम्रो खानामा जंक फुडको बढ्दो प्रयोग, पोषणयुक्त खानाको कमी र तनावपूर्ण जिन्दगीले गर्दा पनि हामी यस्तो समस्याहरुको शिकार बनेका छौँ वा बन्दै गइरहेका छौँ । यस्ता समस्याको दिर्घकालिन समस्याबाट पार पाउनका लागि हाम्रो भान्सामै पाइने जडिबुटि ज्वानोको दैनिक सेवनले फाइदा पुग्छ भनेर आफू पनि जानौँ र आफ्नालाई पनि भनौँ ।

ज्वानो पोलेको धुवाँले मात्र पनि हाम्रो सासप्रश्वासलाई सहज बनाइदिने र ज्वानोको दैनिक सेवनले रोगसँग लड्ने क्षमता पनि बढाउँछ । यति मात्र होइन । तौल घटाउन खोज्नेहरुको लागि पनि यो फाइदाजनक छ । ज्यादा तौल बढ्न नदिनका लागि हामीले खाएका खानेकुराहरु राम्रोसँग पच्न र हाम्रो पाचन प्रक्रिया राम्रो हुन अति जरुरी छ । पाचनमा सहयोग गर्ने हुनाले ज्वानोले तौल बढ्न नदिन सहयोगी भूमिका खेल्दछ । यसको प्रयोगकै लागि भनेर छुट्टै समय छुटाउन पर्दैन । दुई चम्चा भुटेको ज्वानो एक कप पानीमा एक रात ढडाएर राख्ने, बिहान यसलाई उमालेर, ज्वानो छानेर, सेलाएर वा नउमालीकन छानेर मात्र पनि खाली पेटमा पिउन सकिन्छ ।

सानामा चिसोमा आमाले ज्वानो हालेको जाउलो या ज्वानाको झोल बनाएर दिनुहुदा हामीमध्य धेरैले नाक खुम्च्याएर थाल छेउ लगाएको पनि छौं होला । आधूनिक परिवारको भान्सा त झनै ज्वानो बिना नै तयार हुन्छ । सामान्यतया नेपाली भान्सामा तरकारी पकाउनुपूर्व तेलमा झ्वाँई पार्ने कुराहरुमा मेथी, ज्वाना आदि धेरै कुराहरु पर्दछ ।

पेटको समस्याबाट पार पाउनका लागि यो त हाम्रो खानामा दैनिक प्रयोगमा ल्याउनै पर्ने देखिन्छ । ज्वानाको प्रयोगले शरीरभित्रको फोहोर निकाल्न, किटाणुविरुद्ध लड्न, घाउहरुबाट जोगाउन, भाइरसँग लड्न, दुखाई कम गर्न, पेटभित्रको हावाबाट मुक्ति दिनजस्ता अनेक फाइदाहरु प्रदान गर्न सक्छ । सानो देखिएपनि ज्वानाका गेडाहरुको फाइदा भनें धेरै नै छ, तराईमा भनें यसलाई अजमाईन भनिन्छ । बहुउपयोगी ज्वानाको शक्तिलाई कम भने नआकौँ ।

वैद्यहरुका अनुसार पातलो कपडामा ज्वानो धुलो राखेर बेलाबेलामा सुँघ्ने गर्दा बन्द भएको नाक, दमका बिरामी, ब्रोन्काइटिस तथा माइग्रेनका कारण टाउको दुख्नेहरुलाई पनि यसले आराम दिन्छ ।

यसमा रासायनिक थाइमोल ज्यादा हुने भएकाले यसले खाना पचाउन चाहिने जुस प्रशस्त मात्रामा उत्पादन गर्दछ र खानेकुरा सोस्न मद्दत गर्छ । खानेकुरा पेटमा गएपछि हामीले खाएको खानेकुरा पेटमा पिसिन्छ, यसमा भएको रसायनले पिस्नकालागि पेटलाई सजिलो बनाइदिने काम पनि ज्वानोले गर्छ र कबजियत हुन दिनबाट रोक्छ । साना बच्चाहरुलाई कबजियत हुँदा, खाना नपच्दा, चिसो वा खोकी लाग्दा पनि ज्वानो खुवाउने गरिन्छ ।

यसले पेटलाई बलियो राख्न सहयोग गर्छ, पेटमा हुने कुनै पनि असहजता जस्तैः अपच, पेट दुखाई, पेट पोल्ने, हावा भर्ने, वाकवाकी लाग्ने, आदि जस्ता समस्याबाट राहत प्रदान गर्छ । ग्यास्ट्रिकले छातीसम्म पोलेको जस्तो अनुभूति हुँदा एक चम्चा जिरा, एक चम्चा ज्वानो, आधा चम्चा अदुवाको धुलोलाई पानीमा मिलाएर दुखाई कम नभएसम्म खाँदा निको हुन्छ ।
बच्चालाई मात्र होइन चिसो लाग्दा ज्वानोले ठूलाहरुका लागि पनि औषधिको काम गर्छ । १५ देखि २० दिनसम्म हरेक दिन भुटेको ज्वानो दुई ग्राम खाए चिसोबाट बच्न सकिन्छ । अथवा, ज्वानोको चिया बनाएर पनि खान सकिन्छ । पानीमा चियापत्ति वा ग्रीन टी, ज्वानो, अदुवा र अलैँची राखेर उमाल्ने । यसमा दूध हालेर कम्तिमा तीन मिनेटसम्म उमालेर यसरी चिया पिउँदा पनि चिसो लागेको हराउँछ ।

यस्तो बहुउपयोगी ज्वानालाई आजैवाट भान्सामा आत्मसाथ गरौं । ज्वानाको नियमित प्रयोग गरेमा पेटका धेरै समस्याहरु निको हुने र दिर्घरोगबाट बचौ ।

सुयोग ढकाल 



यसमा तपाईँको के प्रतिक्रिया छ?


22 Likes

  Dislikes

  Save
प्रतिक्रियाहरु3 Liked by
Liked by
0 /600 characters
Renubhuwan Timsina ३ बर्ष अघि
मैले दिनहुँ मसलाको रुपमा ज्वानोको प्रयोग गर्नेगरेको छु।यो निकै उपयोगी छ।
 REPLY  LIKE   DISLIKE
जीतलाल थिङ ( तामाङ ) ३ बर्ष अघि
जानकारी को लागी धन्यवाद !❤️🙏
 REPLY  LIKE1  DISLIKE
Ojukokoro kelly ३ बर्ष अघि
Sky experience provide cash loans from € 5000 to € 50000, and we also finance projects from € 50000 to € 300,000 at an annual rate of any person or company needing a loan. money to meet some of their needs. If you need help, please tell us how much you need and the desired repayment period. Fast credit and endless stress of payment. visit our website ( https://skyexperienceloan.com) ili e-poštom. contact@skyexperienceloan.com Quick Reply
 REPLY  LIKES2  DISLIKES
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.