समस्याका पहिचान र सहयोग
हाम्रो समाज यस्तो छ कि हामीले आफ्नो मानसिक समस्या छ भन्न सक्दैनाै । कामको दबाब, परिवारको अपेक्षा, अपुग पैसा, कुनै कुरामा असफल हुनु जस्ता कारणहरूले अहिलेको यो आधुनिक संसारमा मानसिक स्वास्थ्य संघर्ष पनि बढ्दै गइरहेको छ । यो संघर्ष बढ्दा पनि र मानसिक स्वास्थ्य सम्बन्धि बढ्दो सचेतनाको बाबजुद पनि, हामी नजिकको व्यक्तिले यी चुनौतीहरूको सामना गरिरहेको छ भनेर पहिचान गर्न सकिरहेका हुँदैनाै ।
मान्छेहरूमा मानसिक स्वास्थ्य समस्याहरू छ भनेर धेरै तरिकामा देखिरहेको हुन सक्छ । यी देखिने संकेतहरू सामान्य प्राकृतिक व्यवहारहरू सँग मिल्दो जल्दो हुनाले तिनीहरू मानसिक स्वास्थ्य समस्या नै हुन भनेर पहिचान गर्न गाह्रो हुन्छ । व्यवहारमा आउने सानो परिवर्तन देखि ठूलै संकटमा स्पष्ट देखिने संकेतहरू सम्म, हाम्रा साथीहरू र परिवारका सदस्यहरूको हितको लागि यी विषयहरूमा सतर्क रहनु र ध्यान दिनु आवश्यक छ ।
के कारणले हुन सक्छ मानसिक स्वास्थ्यलाई असर ?
- कामको दबाब, आर्थिक चिन्ता र सामाजिक अपेक्षाहरू या आधुनिक जीवनको मागहरूले हामीलाई दीर्घकालीन तनाव र बर्नआउट निम्त्याउन सक्छ ।
- अहिलेको समयमा सामाजिक संजाल र टेक्नोलोजीसँग हामी अकल्पनीय तरिकाले जोडिएका छाै, जसले हामीलाई एक्लोपन, अरूसँग तुलना र अनावश्यक चिन्ताको भावना बढाउने सम्भावना हुन्छ ।
- बाल्यकालको समयमा होस् वा पछि जीवनमा होस्, यिनीहरूबाट भएको आघातले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ ।
- कोहि मान्छे भेदभावमा परेको छ भने पनि मानसिक स्वास्थ्यमा असर पर्न सक्छ ।
माथि उल्लेखित कारणहरू बाहेक अरू पनि कारणहरूले पनि मानसिक स्वास्थ्यलाई असर पर्न सक्छ । यो हरेक व्यक्ति अनुसार फरक पर्न सक्छ ।
यस्तो चुनौतीहरू सामना गरिरहेको मान्छेहरूमा हुने जटिलतालाई ध्यानमा राख्ने हो भने तिनीहरूको सङ्केत पहिचान गर्न चुनौतीपूर्ण हुन सक्छ ।
के हुन सक्छ त मानसिक स्वास्थ्य समस्याहरूको सामना गरिरहेको मान्छेहरूमा हुने संकेत?
- कुनै समय अगाडि रमाइलो गर्ने साथी वा नातेदार सामाजिक गतिविधिहरूबाट पछि हटिरहेको छ, तिनीहरू एक्लै धेरै समय बिताइरहेका छन् र अरूसँग सम्पर्कबाट टाढा छन् ।
- साथी वा नातेदारको व्यवहारमा महत्त्वपूर्ण परिवर्तन जस्तै चिडचिडापन, मुड स्विङहरू, वा ध्यान केन्द्रित गर्न कठिनाईहरू हुनु ।
- खानपानमा परिवर्तन, निद्रामा गडबड, वा लगातार टाउको दुख्ने जस्ता अस्पष्ट शारीरिक लक्षणहरू देखिनु ।
- भाषा वा बोलाइमा प्राय निराशा, बेकारको भावना वा हानिको विचार व्यक्त गर्नु ।
हामीले कसरी सहयोग गर्न सक्छाै ?
- साथी वा आफन्तलाई कुनै पनि पूर्वाग्रह बिना उनीहरूको कुरा सुन्नुहोस् । उनीहरूलाई सहजतासाथ कुरा भन्ने वातावरण बनाउनुहोस् र यो थाहा दिनुहोस् कि तपाईं त्यहाँ हुनुहुन्छ भनेर ।
- चिकित्सक वा सल्लाहकारबाट मद्दत लिनलाई प्रोत्साहन गर्नुहोस् जसले उनीहरूलाई आफ्ना चुनौतीहरूसँग सामना गर्न आवश्यक र वैज्ञानिक तरिकाले सहयोगहरू प्रदान गर्न सक्छ ।
- साथी वा आफन्तलाई उनीहरूको व्यावहारिक कार्यहरूमा मद्दत गर्नुहोस् र उनीहरूलाई सहयोगको बेलामा उपस्थित हुनुहोस् ।
- मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका व्यक्तिहरूको भावना र अनुभवहरूलाई प्रमाणित गर्नुहोस् । उनीहरूले गरेको वा भोगेको भावना ठीक नभए पनि केहि फरक पर्दैन भनेर थाहा दिनुहोस् । सहानुभूति दिएर उनीहरूलाई कठिन समयमा मद्दत गर्नुहोस् ।
मानसिक स्वास्थ्य चुनौतीहरूको सामना गरिरहेकाहरूलाई समर्थन गर्न धैर्य र समझ चाहिन्छ । संकटका लक्षणहरूप्रति सचेत भएर, उनीहरूको कुरा सुन्ने बुझ्ने र आवश्यक पर्दा व्यावसायिक मद्दत लिनलाई प्रोत्साहन दिएर हामी तिनीहरूको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन सक्छौं ।
कतिजनालाई परम्परागत शैलीमा डाक्टरको मै गएर उपचार खोज्नु सहज महसुस नगर्न सक्छन् । त्यसको लागि Hamro Patro Health टेलिहेल्थ सेवाबाट केही क्लिकहरूमा विज्ञ चिकित्सकहरू र सल्लाहकारहरूसँग उनीहरूको आफ्नै घरको आरामबाट परामर्श लिन सकिन्छ ।
मानसिक स्वास्थ्य अहिलेको जल्दो बल्दो समस्या हो र यसलाई हेरचाह गर्न हामी पछि नपरैा, यसमा आइपर्ने बाधा अवरोधहरू भत्काऔं र एउटा यस्तो संसार सिर्जना गरौं जहाँ सबैले एक अर्कालाई मद्दत गर्ने वातावरण निर्माण गराै ।
Liked by: