बिग्रदो देउसिभैलो | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / लघू कथा

बिग्रदो देउसिभैलो




   प्रकाश खनाल - Nov 04 2016

हाम्रो परम्परा , हाम्रो सँस्कृती, हाम्रो संस्कार लोप हुने खतरा भैसकेछ


बिग्रदो देउसिभैलो लघू कथा

रातीको ८ बाजेको थियो बिर्खे खानपिन सकेर बिस्तारामा आराम गर्दै सामाजिक संजालमा व्यस्त थियो , त्यतिकैमा ढक ढक गेट बजेको आवाज उसको कानमा पर्यो। बिर्खे बिस्तारै झ्यालबाट बाहिर हेर्दै सोध्यो "को हो ?" गेट बाहिरबाट युवकले जवाफ फर्कायो "  हामी देउसी खेल्न आएका"। गेट बाहिरको होहल्लाले ९-१० जना युवा युवती रहेको बिर्खेले सजिलै अनुमान गर्यो।

बिर्खे तल ओर्ल्यो र गेट खोल्दै स्वागत गर्‍यो । ती युवायुवतीहरु १५ देखि २० बर्ष उमेर समुहका देखिन्थे । एउटा युवकले सोध्यो "दाइ यहाँ प्लक कहाँ छ?" बिर्खेले प्लक भएको ठाउँतिर संकेत गर्‍यो , युवकले प्लकमा तार जोड्यो र चर्को ध्वनिमा डेग बजायो। डेगमा हिन्दी गित बज्दै थियो "साेनी दे नखरे " यस्तै यस्तै ,अनि ती युवायुवतीहरु भड्किलो पारामा नाच्न थाले ।

गाउँमा हुर्के बढेकाे बिर्खे पहिलो पटक सहरमा रोजगारिको सिलसिलामा बसेको थियोे । उसले पञ्चेबाजा र मादलको तालमा मात्र नाच्न जानेको थियो । बिर्खेले ती युवायुवतीलाई लक्षित गर्दै भन्यो "देउसी खेल्न आउनु भा होइन खै त फलाकेर नाचेको ?"  यतिकैमा एक युवकले जवाफ दियो "ह्या आजकलको जमानामा पनि को फलाकेर बस्छ, हामीलाई आउदैन ।" बिर्खेले फेरि भन्यो "उसो भए नेपाली गितमा त नाच्नुस।" फेरि अर्को युवकले उत्तर दियो "ह्या नेपाली छैन , नाच्ने जस्तो नेपाली गित पनि त हुनुपर्यो नि, खुरुक्क पैसा दिनुस न हामी गैहाल्छम, हामिलाई धेरै ठाउँ पुग्नु छ।"

बिर्खेले सम्झ्यो पोहोर साल गाउँमा गाउँका सबै दाजुभाइ दिदीबहिनी मिलेर देउसिरे गित गाउँदै मादलको तालमा नाच्दै हिडेको, घरबेटीलाई आशिर्वाद दिदै बिदा भएको । उसले ती युवायुवतीसँग धेरै बहस गर्नुभन्दा बिदा गरेर पठाउन नै निको ठान्यो ।बिर्खेले परम्परा अनुसार सुपोमा चामल , पैसा ,फलफूल र बलेको दियो राखेर ती युवायुवतीको अगाडि राखिदियो।ती युवायुवती खुशिहुदै चामल ,पैसा र फलफूल झोलामा राख्दै बिदा भए ।

बिर्खे गेट लगाएर कोठामा आएर सोच्यो हाम्रो परम्परा , हाम्रो सँस्कृती, हाम्रो संस्कार लोप हुने खतरा भैसकेछ , न यो चाडपर्वमा यो यो कुरा गर्नुपर्छ भन्ने नीति नै छ न त परम्परा विरुद्ध जानेलाई कारबाही गर्ने सँयन्त्र नै ।कस्ले जगेर्ना गर्ने हाम्रो मौलिक संस्कृति ? बिर्खे आफैमा अनुत्तरित भयो र निराश हुँदै सुत्यो।

------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.66
  • 114.26
  • European euro
  • 128.14
  • 128.82
  • UK pound sterling
  • 145.8
  • 146.57
  • Swiss franc
  • 112.9
  • 113.5
  • Australian dollar
  • 80.82
  • 81.24
  • Canadian dollar
  • 85.58
  • 86.04
  • Singapore dollar
  • 83.72
  • 84.16
  • Japanese yen (10)
  • 10.29
  • 10.34
  • Chinese renminbi (Yuan)
  • 16.79
  • 16.87
  • Saudi Arabian riyal
  • 30.31
  • 30.47
  • Qatari riyal
  • 31.22
  • 31.38
  • Thai baht
  • 3.64
  • 3.66
  • UAE Dirham
  • 30.94
  • 31.11
  • Malaysian ringgit
  • 27.82
  • 27.97
  • Korean Won (100)
  • 10.09
  • 10.14
  • Swedish Krone
  • 12.23
  • 12.29
  • Danish Krone
  • 17.18
  • 17.27

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम