आवाज गुन्जने घर खन्डर बनेको छ अन्न उब्जने भुमिमा झार भरिएको छ बिहानी पखको घाँस काटन जाने लहर हराएको छ । अल्लो पाखा, पल्लो पाखामा गुन्जने गित आज छैन ।पर्म गर्दै दुख साटने व्यक्तीको अभाव छ साच्चै नै मेरो गाउँ अब शून्य बन्दै छ दिन दुख गरि रातमा अभाब को बात हराएको छ। साथी सहेली भेला भइ भुतको कथा भन्ने सुन्ने कोहि बाकी रहेन अब ।थकान मेटाउन गाइने रातको रोधी गित खै कहाँ ? भन्नेलाइ फुलको माला सुन्नेलाइ सुनको माला भन्दै अब कस्ले एकादेशको कथा सुनाउने र .... साच्चै नै मेरो गाउँ अब शून्य बन्दै छ ।अब त चरी ले पनि आगन मा बिस्कुन पाउन छाड्यो । बारिमा तोरि फुलेको नपाएर मौरी पनि आउन छाडे ।अब त काले दाइको बारिमा काइला दाइको बाख्रा पनि पस्दैन । साझको बेला ककड़ तान्ने जमात नि छैन गाउमा आजकाल हल्लाखल्ला नि हुदैन साच्चै नै अब मेरो गाउँ शून्य हुदैछ । सबै बेसि झरे रे काले काइला दाइ नि तेसैले अब बाली खाइदिने बाख्रा छैन रे कर्मठ पाखुरी चलेन रे तेसैले त तोरि मौरिले पाएन सबै सहर बसाइ सरे रे तेसैले त एकादेशको कथा सुने सुनाउने छैन रे घाँस दाउरा काट्ने व्यक्ती छैन रे तेसैले त बनमा सन्नाटा छायो रे गुन्जयमान हरायो रे गितार को जमाना आयो रे तेसैले त मादल अनि झ्याउरे भाका हरायो रे जरुर साथी बिस्तार, बिस्तारै जरुर साच्चै नै अब मेरो गाउँ शून्य बन्दैछ ।
Liked by: