राम्रै कमाई गरेर फर्किएकाे हर्के काे घरमा
विहेको कुरा चल्न थाल्याे। एकदिन घरमा केटी पक्षका नै ‘छोरी दिन्छौँ’ भन्दै घर हेर्न आए, रातभरि छलफल भयाे केटाकेटी पनि भेट गराइयो,मन पारापार भयो अब दुई परिवारकाे समझदारीमा टिकोटालो गर्ने निर्णय भयाे।
पछि केटी पट्टीकै कतै सुत्केरी परेपछि टिकाटालाे हुन सकेन सायद एक हप्ता जति पछी अर्कै परिवारबाट ति नानीलाई माग्न आएछन्। अहिले माग्न आएको केटा युरोप बस्दोरैछ त्यहिमाथि पिआर वाला, खाडीबाट छुट्टि आएकाे केटालाई वचन दिइसकेको अबस्थामा पनि केटीले नै खाडी भन्दा पिआर वाला संग गर्छु विहे भनिछन् ।
बिचरा खाडी वाला हर्के भिरबाट खसे जस्ताे भयाे जमिन भासियाे कम्पारा तात्याे, लगभग सबै तयारी भइसकेकाे थियाे यस्ताे अबस्थामा विहे भाँचिदा बेइज्जत नहुने कुरै भएन। इष्ट मित्र सबैमा निम्ता पुर्याइ सकेका थिएँ, बेइज्जत ले सिमा नाघिसकेको थियाे।
बिस्तारै हर्के र उसकाे परिवार सम्हालिए, हर्के छुट्टि सकेर खाडी फर्कियाे, केटी ले पिआर वाला संग विहे गरेर खुसीका साथ युरोप गइन्। अर्को वर्ष हर्के खाडीबाट फर्कियाे र एउटी प्राइभेट स्कुलकी मास्टर्नी सँग विहे भयो। त्यसकाे एक वर्षमा श्रीमतीले छाेरा र छाेरि जुम्ल्याहा सन्तान जन्माइन साथै अर्काे वर्षमा सरकारी स्कुलमा नाम पनि निकालीन्।
हर्के खाडीमा भएपनि राम्रै पाेस्टमा छ
दिनभरि घुम्ने कुर्सीमा बसेर मासिक लाख कमाउछ यता श्रीमतीले सरकारी स्कुलमा पढाउछिन् मासिक १८/२० हजार कमाउछिन् जुम्ल्याहा छाेरा छाेरीलाई बाेडिङ्ग स्कुल पठाउछिन् आफ्नाेघर र माइतीघर निकै राम्राे सम्हालेकी छिन् खालि समयमा समाज मा सामाजिक कामहरू गर्छिन्।
हर्के हर साल दशैमा घर आउछ ससुराली र परिवार सँगै दशै तिहार मनाउछ ससुराल र समाजमा निकै सम्मान कमाएकाे छ श्रीमती र छाेरा छाेरिकाे लागि ज्यान दिन्छ, परिवार सम्बन्ध र जिन्दगी निकै सम्पन्न हुँदै गएकाे छ हर्के बेहद खुसि छ।
खाडी त्यागेर पिआर राेजेर
युरोप पुगेकी नानी त्यहाँ पुगेपछि थाह भएछ बुडाे हाेटलमा भाँडा माझ्दाेरैछ, पार्ट टाइमा पार्किङ्गमा गाडि सफा गर्दाे रहेछ। आफु खेतमा टमाटर टिप्छिन् अरे, भन्नलाई युरोप मात्रै बुडाबुडी अलग अलग बस्नपर्ने रैछ अरे।
कता'ना महिनामा एकपटक बडाे मुस्किलले भेट्दा पनि जाड धाेकेर रातभरि ठुला कुरा गरेर सुत्नै दिदैन् अरे जहिल्यै माइती र ससुराली लाई हेला गरेर बाेल्ने अरे उतैपनि धेरै जनासँग क्लाेज सम्बन्धमा रहेछ अरे याे कुरा नानीले थाहा पाएपछि, आजकल छुट्टिएर बसेकी छिन् अरे
बिचरा नानी दैनिक माइतीमा फाेन गरेर पिआर ले फसायाे मलाई भन्दै धित मरून्जेल रून्छिन् अरे।
Liked by: