यो प्रश्नवाचक चिन्ह ले मलाई मेरो जिवनमा धेरै प्रभावित पार्यो। मैले मेरो जीवनको हरेक अनुभव र अनुभुतिलाई नियालेर हेर्दा हरेक अवश्थामा यसको बेग्लाबेग्लै अर्थ पाए,
जिवन जब सुखमय हुन्छ, उसले जब कदम कदममा सफलताको शिखर चुमीरहेको हुन्छ, त्यों अवश्थामा यसले एउटा नयां उमंग छाएर आउछ, उत्साह र कौतुलहताको ज्वार-भाटा उर्लिएर आउछ। तर समय र परिस्थितिको पाटो विमुख भयको बेला यो शब्दले हृदयाघात हुने गरी चोट दिन्छ, असहनीय र बिक्षुब्ध पार्छ, यसले कुनै परिस्थितमा विकल्प खोजेर दिन्छ भने जञ्जालको अवश्था पनि सृजना गर्छ।
समय र परिस्थिति अहिले मेरो विमुख चलिरहेकालेहोला हरेक अनुहारमा मैले प्रश्न चिन्हहरुका अनगिनती छापहरु छापिएका देख्छु, चाहे व्यक्ति आफन्त होस या पराई!
यो समयको प्रभाव त होला? मैले छुट्याउन सकिराखेको छैन यो परिस्थितिले मेरो बुझाई, सोचाई र दृष्टिकोण बदलिएको हो या मान्छेको म प्रतिको व्यवहार बदलिएको हो,
त्यसैले..मैले यसमा अधिकतम विचार विमर्श गर्न उचित नठानेर आफुलाई नै मौन अवश्थामा राखेकोछु किनकी यसमा बढी गहिरो सोचाईमा पर्दा तनावमा आएर मानसिक सन्तुलन पनि बिग्रन सक्छहोला,
तर जिवनले दिएको एउटा महत्वपूर्ण संदेश चाहि मैले नजिकै बाट अनुभव गरे त्यो हो
Liked by: