काठमाडौँ राष्ट्रिय सभागृह अगाडी मतगणना नभएको भनेर प्रदर्शन | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

काठमाडौँ राष्ट्रिय सभागृह अगाडी मतगणना नभएको भनेर प्रदर्शन




   Suyog Dhakal - May 15 2017

काठमाडौँले आज २० वर्षपछि स्थानीय प्रतिनीधीलाई मतदान गरेको छ । मतपेटिकाहरु अहिले प्रदर्शनीमार्गको राष्ट्रिय सभागृहमा आईपुगेका छन् । प्रमुख निर्वाचन अधिकृतले कर्मचारीहरुलाई केही समयको आराम र विश्रामकालागी भनेँर मतगणना भोलीवाट मात्र शुरु गर्ने वताउनुभएको छ । त्यहाँ सुरक्षा ब्यबस्था अत्यन्त कडा भएतापनि मतगणना तुरुन्त शुरु नहुँदा स्थानीयहरुले नारावाजी गर्न थालेको खबर छ ।

स्मरण रहोस् यस अघीका चुनावहरुमा काठमाडौको मतगणना यसरी रोक्ने क्रम भन्दापनि एकैचरणमा सकाउने चलन थियो । नयाँ शक्ति पार्टीकी नेतृ हीसीला यमी त्यही उपस्थित भएर विरोध कार्यक्रममा सक्रिय देखिईएकी छिन् ।


आखिर मतपेटिका यसरी रातभरि राखिनुमा कुनै षडयन्त्र त छैन ? 
किन नगरिएको मतगणना शुरुवात ? 
यस्ता प्रश्नहरुको उत्तर माग्दै ठूलै जमातले सभागृह अगाडी प्रर्दशन गरिरहेको छ । केही प्रहरी हस्तक्षेपका कारणले सुस्तरि प्रदर्शनकारीहरु पातलिँदै गएको खबर छ ।
सम्पूर्ण देशकै शक्तिकेन्द्र अनि ब्यग्र प्रतिक्षा लगायत कडा प्रतिस्पर्धीहरु भएका यो काठमाडौको चुनावको नतिजा सम्पूर्ण नेपालले पर्खीरहेको छ ।
स्मरण रहोस ८७८ जना उम्मेदवार भएका काठमाडौमा मतपत्र मात्रै पनि करिब १ मिटर लामो रहेको छ ।
थप जानकारीकालागी हाम्रो पात्रो हेर्दै गर्नुहोला ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.