बहुमतको सरकार आउनुका फाइदाहरु | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

बहुमतको सरकार आउनुका फाइदाहरु




   Suyog Dhakal - Dec 10 2017

सत्ता साझेदारीमा जस्तो धेरै दलहरुलाई जोडेर बहुमत ल्याई सरकार गठन गर्दा सबैलाई रिझाउन बढि मन्त्रीमण्डल, बिस्तारित मन्त्रीपरिषध अनि लाजमर्दो बैदेशिक भ्रमण टोली भने बहुमतको सरकारले सहजै नियन्त्रण गर्न सक्दछ ।



नेपाली पृष्ठूभूमिमा निर्वाचनलाई जोडेर अनि बिगतका दिन पल्टाएर बात मार्न चाहन्छौ । इतिहास साक्षी छ कि नेपालको सदनमा बिकास अनि समृद्धि भन्दा धेरै सत्ता समीकरण र गठबन्धनका होहल्ला धेरै भएका हुन्, कारण थियो सरकारमा बहुमतको कमी । मन्त्री,प्रधानमन्त्री लगायत थुप्रै पदहरुमा व्यापक हेरफेर लगातार झै भइरहन्थ्यो अनि ससाना दल लगायत बाहिरी शक्तिको सरकारमा बलियो प्रभाव पनि हुन्थ्यो । बर्षदिनमै दुई या बढि मन्त्रीमण्डल अनि सैयौ मन्त्रीहरु नेपालले पाएको हेक्का हामीसबैलाई छ । अहिले आएर देशले बहुमतको प्रतिनीधी सभा पाउने पक्काजस्तै भएको छ, नेपालीहरुले संसदको बहुमतको कार्यशैलीबाट आशा राख्न पाउने थुप्रै संभावना छ । स्मरण रहोस्, यहाँ हामी कुनै पार्टी बिशेषको बखान गर्न भन्दा पनि बहुमतको सरकारको फाइदाहरु उजागर गर्न जाँदैछौ । 
सदन प्रतिनीधीत्वमा बहुमतको दलको अधिपत्य संगै अब बन्ने सरकारले ५ बर्षसम्म देश चलाउने छ । 
राजनैतिक दलहरु भनेको एउटा सस्थागत संगठन हो जसले राजनैतिक समीकरणमा शक्ति को खोजी गर्दछ । अमेरिकामा दुई पार्टी प्रणाली छ जसको अर्थ केवल दुईवटा पार्टीले सरकार र सत्ता साझेदारी गर्दछन् । नेपालमा भने बहुदलीय व्यबस्था छ तर पनि एउटा शक्ति सरकारवाला र अर्को प्रतिपक्ष हुने गर्दछन् । चुनावी माहोल अनि नतिजा हेर्ने हो भने बाम गठबन्धन सरकारपक्ष र नेपाली काँग्रेस लगायत अन्य पार्टीहरु प्रतिपक्षमा बस्ने देखिन्छ । बहुमतको कुरा गर्दै गर्दा एउटा सानो नोट लाई यहाँ प्रकाश पार्न चाहन्छौ, बहुदलीय व्यबस्थामा सत्तापक्ष जत्तिकै भूमिका र खबरदारी प्रतिपक्षको हुन जरुरी छ । यसअर्थमा जीत या हार भन्दा पनि समग्र समीकरण र समन्वयमै नेपालले अबको ५ बर्ष नेतृत्व पाउनेछ। 

बहुमतको सरकारको फाइदाहरु

अधिकांश समय सत्ता समीकरण र बहुमत जुटाउनमै लगाएको नेपाली राजनैतिक परिवेश अब बहुमतीय सरकारको अधिकारमा सत्ता साझेदारीको मुद्धा छाडेर बिकास निर्माण, परराष्ट्र मामिला लगायत अन्य काममा लाग्न सक्दछ । अर्कोतर्फ सदन पनि त मन्त्रीमण्डलको मात्र कठपुत्ली हुन पर्दैन । किनभने सरकारको कार्य अनि प्रगतीको मुल्याकंनका लागि प्रतिपक्ष सदैव औला उठाएर खडा हुनेगर्दछ । बहुमतको पार्टीका सासंद र अल्पमतको पार्टीका सासंद दुबैको बिचार संसदमा उत्तिकै महत्व अनि जरुरतका साथ हेरिन्छ । यसो हुनासाथ संसदमा सबैजनाको मत अनि बिचारको अर्थपूर्ण सहभागीता हुनजान्छ । बहुमतको सरकार हुनका फाईदाहरुमध्य मुख्य फाईदा चाँही बैदेशिक चलखेल र लालच कम हाबी हुन आउछ । बलियो सत्तासमीकरणमा हरेक मन्त्री अनि प्रदेश प्रमुखहरु आआफ्नो पार्टी प्रति सोझै जवाफदेही हुन्छन् । साझेदारीको सत्ताजस्तो छोटो समयमा आफ्नो काँधमा नपर्ने गरि नचाँहीदा मुद्धा र भ्रष्टाचार गरिहालौ भन्ने भावना तुलनात्मक रुपमा कम हुन सक्दछ । 

सम्पूर्ण सरकार नै एकै दिशामा निर्देशित हुनेहुँदा थोरै समयमै धेरै परिवर्तन देख्न सकिन्छ । कर्मचारीतन्त्र लगायत न्यायलय, सुरक्षासंयन्त्रमा यसअघिका सरकारहरुले गरेका घिनलाग्दा हस्तक्षेपहरु बहुमतको सरकारले आफ्नो साखः जोगाउन पनि गर्न मिल्दैन । यदि गरिहालेमा पनि प्रतिपक्षको कडा आवाज र जनदबाबले हस्तक्षेपहरु हटाउन सहज हुन्छ । यदि सरकार परिवर्तन भइहालेमा पनि शान्तिपूर्ण र सहज ढगंले बिनाकुनै दबाब र अफ्ठेरो सरकार परिवर्तन गर्न सहज हुन्छ । सत्ता साझेदारीमा जस्तो धेरै दलहरुलाई जोडेर बहुमत ल्याई सरकार गठन गर्दा सबैलाई रिझाउन बढि मन्त्रीमण्डल, बिस्तारित मन्त्रीपरिषध अनि लाजमर्दो बैदेशिक भ्रमण टोली भने बहुमतको सरकारले सहजै नियन्त्रण गर्न सक्दछ । 
नेपाल प्रायश राजनैतिक अल्पमतको देश भएको थियो, बहुमतको सरकारलाई पनि मध्यावधी गरेर बिलाउन लगाइएको बिगत छ । यस पटकको चुनावमा बहुमतको सरकार आउने निश्चितप्राय छ, यसो हुँदा काम र बिकास गर्न चाहनेलाई काम गर्न र परिवर्तन ल्याउनपनि धेरै सजिलो हुन्छ । राम्रा मान्छेहरु आएका छन्, चाहे जसनसुकै पार्टीबाट होस् । राम्रो गरुन, देश र जनताको साथ रहनेछ । यसपाला नेपाललाई पार्टी हैन बिकास चाहीएको छ । यस अघिका बिकास भाषण र अन्र्तवातामा मात्र सुनेका नेपालीको कान पाकेको छ, आँखा बिकास हेर्न र समृद्धि हेर्न छटपटाइरहेका छन् । 

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.