४९ हजार ३ सय ३७ उम्मेद्वार मध्ये तपाई हाम्रो स्थानिय तहमा को-को चुनिन्छन् त ?? प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो चरणको स्थानिय तह निर्वाचन भएको ऐतिहासिक दिन, आज २०७४ बैशाख ३१ गते ।
३४ वटा जिल्लाका सचेत नेपाली नागरीकहरुले अमुल्य भोट हाल्दैहुनुहुन्छ, आगामी ५ वर्षकालागी स्थानीय प्रतिनीधीहरुको निष्पक्ष चयन गर्नमा हाम्रो पात्रो तपाँईको मतका लागी साधुवाद ब्यक्त गर्न चाहन्छ ।
हामीमध्य कतिपय विदेशमा छौ या स्वदेशमै भएर पनि मतदाता नामावलीमा नाम नभएकाले मतदानको महाकुम्भमा सहभागी हुन पाएनौ होला ।
तर देश प्रतिको हाम्रो माया र विकास प्रतिको आस्था सदासर्वदा कायम रहनेछ, हैन त ?
रंगीएका नगंहरु आजका स्वाभीमानी गहनाहरु हुन् । याद राखौँ भोट हाल्दा औँलामा मात्र दाग लागोस्, स्वाभीमानमा हैन ।
नेपालको सबैभन्दा ठूलो नगरपालिका काठमाडौ महानगरपालिकामात्रै ८७८ उम्मेदवारकालागी लगभग एक मिटर भन्दा लामो मतपत्र रहेको छ ।
लगभग ५० हजार उम्मेदवारकालागी ३४ वटा जिल्लामा भईरहेको यो निर्वाचन विकासकालागी एउटा कोशेढुगां साबित हुनेछ । तर निष्पक्ष भएर सहि उम्मेदवार छान्न सक्नुनै यस पाला नगं रगंयाउनुको सहि अर्थ हुनेछ । भोली र पर्सिका दिनहरु साच्चीकै उत्साहपूर्ण रहनेछ, मतपरिणमको ताजा अपडेटकालागी हाम्रो पात्रो हेर्दै गर्नुहोला ।
नगं रगिंयोस् तर स्वाभीमान सफा होस् ।
Liked by: