कामनपा मेयरमा विद्यासुन्दर, उप-मेयरमा हरिप्रभा बिजयी | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

कामनपा मेयरमा विद्यासुन्दर, उप-मेयरमा हरिप्रभा बिजयी




१४ दिनको सम्पूर्ण देशबासिहरुकै लामो प्रतिक्षाको अन्त्य गर्दै निर्वाचन आयोगले आज एकाबिहानै मतगणना सकाएर बिजयी मेयरलाई जानकारी गराइसकेका थिए तर बिजयीहरुको उपस्थिति ढिला भएको हुँदा आधिकारिक घोषणा गर्न भने समय लागेको आयोगले जानकारी दियो ।



२० बर्ष पछी देशमा भएको स्थानीय तह निर्वाचनको मुख्य आकर्षण बनेको राजधानीको काठमाण्डौ महानगरपालिकाको मेयरमा नेकपा एमालेका बिद्या सुन्दर शाक्य अाफ्ना निकट्तम प्रतिद्वन्दि नेपाली काँग्रेसका राजु राज जोशीलार्इ १९६४४ को मतान्तरले हराउँदै विजयी हुनुभएको छ । 

काठमाण्डौ महानगरपालिकामा १ लाख ९७ हजार २२७ मत खसेको आयोगको जानकारी दिएको छ । जसमध्ये नेकपा एमाले का बिद्या सुन्दर शाक्यलार्इ ६४९१३ मत , नेपाली कांग्रेसका राजुराज जोशी दोस्रो स्थानमा रहेर ४५२६९ मत प्राप्त गरेका छन् भने तेस्रो रन्जु दर्शनाले २३४३९ मत प्राप्त गरिन । स्वतन्त्र उम्मेदवार किशोर थापा र नेकपा माअोवादी केन्द्रका सर्वोत्तम डंगोल क्रमश १८४९६ र ७९०६ मत प्राप्त गरि चौथौ र पाँचौ स्थानमा रहे ।

त्यसैगरि उपमेयरको दौडमा बिजयी भएकी नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले २४३६८ मतले निकट्तम प्रतिद्वन्दि राप्रपा नेपालका राजाराम श्रेष्ठलार्इ पराजित गर्नुभएको छ । उप-मेयरमा विजयी खड्गीले ५८९५२ जम्मा मत प्राप्त गर्नुभयत्र भने, राजाराम श्रेष्ठले कूल ३४५८४ मत प्राप्त गर्नुभयो । त्यसैगरी तेस्रो स्थानमा नेकपा माअोवादी केन्द्रकी सुशिला पौडेलले १०४४८ मत र चौथौ स्थानमा रहनुभएकी निरुपमा यादवले काठ्माण्डाैवासीबाट  ११५३२ मत प्राप्त गर्नुभएको जानकारी निर्वाचन आयोगले दिएको छ ।

१४ दिनको सम्पूर्ण देशबासिहरुकै लामो प्रतिक्षाको अन्त्य गर्दै निर्वाचन आयोगले आज एकाबिहानै मतगणना सकाएर बिजयी मेयरलाई जानकारी गराइसकेका थिए तर बिजयीहरुको उपस्थिति ढिला भएको हुँदा आधिकारिक घोषणा गर्न भने समय लागेको आयोगले जानकारी दियो ।

काठमाण्डौ महानगरपालिकाको मतपत्र करिब डेढ मिटर लामो रहेकाले प्रारम्भिक मतगणना निकै सुस्त गतिमा भएको थियो । गणना सकाउन र अन्तिम नतिजा आउन लगभग ६ महिना जति लाग्ने सबै जनताको पूर्वानुमान रहेको थियो ।

नयाँ, पुराना अनुहारहरूकासाथ २० वर्षपछि स्थानीय निर्वाचनमा अोर्लिएको राजधानी शहरको यो प्रतिस्पर्धामा थुप्रै अप्रत्यासित कुराहरु देख्न पाइयो । बिबेकशील नेपाली कि स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना तेस्रो स्थानमा रहँदा पनि उनले जनसमूदायबाट पाएको माया र काठमाण्डाैवासीले नयाँ पुस्ताका राजनीतिक अनुहारमा देखाएको अाशा प्रष्ट देख्न सकिन्छ । २१ बर्षीय रञ्जु जन-रोजाईमा केहि प्रमुख पार्टी र प्रभावशाली व्यक्तिहरु भन्दा अब्बल ठहरिनु जन-समूदायमा रहेको एउटा भिन्न चाहनाको उदाहरण हो । 

काठमाण्डौ महानगरपालिका जस्तै सम्पूर्ण देशवासीहरु नतिजा हेर्न निक्कै उत्सुक रहिरहेको भरतपुर महानगरको मतपरिणाम पनि अब शीघ्र आउने तयारीमा  छ । पहिलो चरणको स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम आइसक्दा जनताले रोजेका सबै प्रतिनिधिहरुलाई हाम्रो पात्रो आफ्नो सफल कार्यकालको शुभकामना प्रदान गर्दछ, साथै स्थानीय विकास तथा जिम्मेवारीको विषयमा २० वर्ष जनताले भोगेको समस्यामा सहयोगी हात बन्न सकोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.