आजको मतदानको सारसंक्षेपः निर्वाचन आयोगको शब्द | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

आजको मतदानको सारसंक्षेपः निर्वाचन आयोगको शब्द




   Suyog Dhakal - May 15 2017

आईतवार साँझ निर्वाचन आयोगका प्रमुख आयूक्तले पत्रकार सम्मलेन गर्दै मतदान छिटपुट घटना वाहेक अन्य ठाँउमा सहज भएको जनाएका छन् । दोलखाको पवटीमा एकजनाको मृत्यू भएको वताँउदै निर्वाचन आयोगले अन्य ठाँउको शान्तीपूर्ण चुनाव र उत्साहपूर्वक सहभागीताकालागी सबैलाई धन्यवाद भनेको छ ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत ३४ जिल्लाका २८१ मतदान केन्द्रमा आज भएको मतदानमा रसुवामा सबैभन्दा बढी ८२ प्रतिशत मत खसेको छ । मतदानको निर्वाचन आयोगमा प्राप्त भएको प्ररम्भिक विवरणअनुसार हिमालपारिको जिल्ला डोल्पामा ८१ प्रतिशत मत खसेको छ ।

भक्तपुर र गोरखामा ८० प्रतिशत मत खसेको छ भने सबैभन्दा कम रामेछापमा ५४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगमा प्राप्त मत प्रतिशतको प्रारम्भिक विवरण यस प्रकार रहेको छ दोलखा ६२
रामेछाप ५४
सिन्धुली ७५
काभ्रेपलाञ्चोक ६०
सिन्धुपाल्चोक ७०
रसुवा ८२
नुवाकोट ७०
धादिङ ७५
चितवन ७०
मकवानपुर ७०
भक्तपुर ८०
ललितपुर ७५
काठमाडौँै ७५
गोरखा ८०
जाजरकोट ७३
लमजुङ ७१
तनहुँ ७०
कास्की ७५
मनाङ ५८
मुस्ताङ ७५
पर्वत ६५
स्याङ्जा ७०
म्याग्दी ६०
बागलुङ ६७
नवलपरासी ७३
सल्यान ७१
डोल्पा ८१
जुम्ला ७०
मुगु ७०
हुम्ला ७५
कालीकोट ६०
दैलेख ७०
सुर्खेत ७०
रुकुम ७५
जम्मा हालसम्म प्राप्त मत खसेको प्रतिशत ७१


थप निर्वाचन अपडेटकालागी हाम्रो पात्रो हेर्दै गर्नुहोला ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.