स्थानीय निर्वाचन मा किन तनावग्रस्त छ दोलखा ? दोलखाको फेरिहीस्त | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

स्थानीय निर्वाचन मा किन तनावग्रस्त छ दोलखा ? दोलखाको फेरिहीस्त




   Suyog Dhakal - May 14 2017

दोलखा जिल्ला जहाँ महाभूकम्पले धेरै प्रभाव पारेको थियो, विकास अनि पूर्ननिर्माणालागी दोलखालाई यसपटकको स्थानीय निर्वाचनको महत्व धेरै छ । वाटा, घाटा, पूलपुलेसा लगायत भुईचालोले नष्ट पारेका अन्य विभिन्न संरचनाहरुको पूर्ननिर्माण र विकासकालागी महत्व बोकेको यो दोलखा जिल्ला आज बैशाख ३१ को निर्वाचनमा वढि तनावग्रस्त देखिन्छ ।

२०७२ सालको भुईचालोले दोलखा जिल्लामा लगभग ७००  जना घाईते भएकामा ८४ जना पुरुषको मृत्यू र ८५ जना महिलाको मृत्यू भएको तथ्याकंले देखाँउदछ । भुँईचालोले धेरै प्रभावित जिल्लामध्यको दोलखामा स्थानिय निर्वाचन अनि त्यसपश्चातको विकासका मापदण्डहरुको आवश्यक्ता अत्यन्त छ । काग्रेस र माओवादी केन्द्रको गठबन्धनले बुथ कब्जा गरेको भन्दै एमालेका तामाकोशी गाउपालिकाका अध्यक्षका उम्मेदवार इश्वरचन्द्र पोखरेल लगायतका सबै उम्मेद्वार र बैत्येश्वर गाँउपालिकाका पनि सबै उम्मेद्वारहरु बुथ छोडेर हिडेका छन् । उनीहरुले निर्वाचन स्थगित गर्न माग गर्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा उजुरी दिएका छन् । बैत्येश्वर गाउपालिका वडा नम्बर १ को विष्णु प्रावि गैरीमुदी, वडा नम्बर २ को जनज्योती मावि गैरीमुदी, तामाकोशी गाउपालिकाको वडा नम्बर २ को अम्मर मावी झुले, वडा नम्बर ३ को कालापानी जफे, वडा नम्बर ३ कै जमुने हेल्थपोपट जफेमा काग्रेस र माआवादी केन्द्रको गठबन्धनले हतियार देखाउदै मतदाता लखेटेर बुथ कब्जा गरेको छ । सुरक्षा निकायलाई जानकारी गराउदा सुरक्षा दिन नसक्ने जवाफ आएको भन्दै उम्मेद्वारहरु आफै सुरक्षाका लागि गाँउ छाडेर हिडेका हुन् ।
दोलखाकै मेलुङ गाउँपालिका मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको खबर प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ। घटनामा चार जना घाइते भएका छन्।

मृत्यु हुनेको सनाखत भने भइसकेको छैन। बिहानैदेखि देखिएका झडपका श्रृङ्खला नियन्त्रण गर्न प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

गत मंगलबार दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगु दहबारीमा एमाले–माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो। यसै गरि पवेटीमा भएको यो घटना थाहापाएर सेनाको हेलिकोप्टर पवेटी तर्फ गएकोमा नफर्किएको जानकारी छ ।
गृहमन्त्रालयका प्रवक्त बालकृष्ण पन्थीका अनुसार मतपेटिका खोस्ने हिसाबले आएको भीडलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको जानकारी दिनुभएको छ । दोलखाका सहायक जिल्ला विकास अधिकारी यज्ञराज भट्ट का अनुसार पवटी मतदान केन्द्रमा भएको झडपमा १ जनाको प्रहरीको गोली लागी मृत्यू भएको पुष्ठी भएको छ ।
भुकम्प पिडितहरुको घाउमा मल्हम लगाउने प्रतिनीधी छान्नुहोस्, दोलखा वासीलाई शुभकामना ।

खबरको अन्वेषण क्रम जारी छ, शिघ्र सम्पूर्ण तथ्य लिएर आउने छौ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.