१. बाटाघाटा सप्पै हेर पानीले नै टम्म
नाला फुटी खाल्डाखुल्डी सबैतिर डम्म
खेत किन ? रोपे हुन्छ गल्ली गल्ली धान
पेटी आली, सडक हिलो पर परसम्म ।
२.मध्यबर्खा लागेपछि बाटो खनाऊ सरकार !
मोटर-गाडी होइन अब डुंगा बनाऊ सरकार !
कान चिरेका जोगीहरु कुर्सीमाथि पालैपालो
भ्रष्टाचारको लेदो दली डुंग गन्हाऊ सरकार !
Liked by: