ईश्वर महत · Jan २८, २०२२
सम्झाउदा सम्झाउदा पनि,
नमान्दा म
आमाकाे त्याे हातकाे कुचाें कहाँ
कहाँ भुल्न सक्छु र।
पढ भन्दा ,लुकि लुकि गुचाँ खेल्न जादा
बुवाकाे मेराे त्याे भाग-दाैड
सङ्ग्घर्ष भनाइहरु कहाँ
कहाँ भुल्न सक्छु र।
जे नगर,त्यहि पहिले
अनगिन्ती झगडा ,एक अर्कामा पर्दिस्पर्दा
सुखमा हासि दिने,दुखमा राेहि दिने साथिहरु कहाँ
कहाँ भुल्न सक्छु र।
जिवनमा साेचेकाे नभई रहदा
परिवारबाट साथ नपाई रहदा
ती अध्यँरि रातमा,निदाउन नसक्दा
टिल टिल गरि खसेका आंशु कहाँ
कहाँ भुल्न सक्छु र।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।