१. सारा सहर घुमेर यार बदलें छउञ्जेल उमेर प्यार बदलें बदल्यौ ऐना र भन्यौ प्रिय हेर त आफ्नै अनुहार बदलें । २. पित्तल गालेर सुन हुनी भा तारा चम्केर जून हुनी भा कसले गर्थ्यो र रुनी अभिनय आँसु बगेर खुन हुनी भा ।
३. टुँडीखेलमा पाल टाँग्छौ कतिञ्जेल हत्केलाले लाज ढाक्छौ कतिञ्जेल अब पनि नगरे त सन्ततीले थुक्लान् यसै गरी नेपाल राख्छौ कतिञ्जेल ।