अमेरीका (चित्रकथा) | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

अमेरीका (चित्रकथा)





अमेरिका एउटा सपनाको देश, धेरैजना अमेरिकामा बसोवास गर्छौं या अमेरिका पुगेर फर्किएका छौं वा अमेरिका जाने तरखरमा छौं पनि होला, प्रस्तुत छ हाम्रो साप्ताहिक परिसिष्टांक ''चित्रकथा'' जसलार्इ पठाउनु भएकाे छ हाम्रो पात्रोकी नियमित प्रयोगकर्ता श्रीमति सचिला आर्चायले । आउनुहोस हाम्रो पात्रोले आज तपाइलाई अमेरिका घुमाउँछ र प्रयास गर्नेछ केही वहुचर्चित् स्थानहरूसंग । प्रत्येक तस्विरको विवरणहरु तस्विरसंगै प्रस्तुत गरिएको छ ।

चित्र १


यो वासिङ्गगटन डिसीमा रहेको संयूक्त राज्य अमेरिकाको राष्ट्रिय एयरस्पेस म्यूजियम अर्थात सँग्राहलय हो । यो चित्रचाँही सौर्यमन्डलका ग्रहहरुको हो । यो सँग्राहलयमा संसारकै सबैभन्दा धेरै पुराना अनि एतिहासिक हवाइजहाजहरु र स्पेशसिपहरु राखिएका छन् । विश्वयुद्घमा प्रयोग गरिएका हवाइजहाजदेखि बोइगँ र एयरबसका केही पुराना संस्करणहरु पनि यहाँ संरक्षित छन् ।

चित्र २


यो चित्रभने जर्ज वासिङ्गटन विश्वविधालयको टेक्सटाईल म्यूजियमको एउटा पोशाकको हो, पोशाक भन्दा पनि यसमा लेखिएका कुराहरुले ध्यान तान्दछ । यस संग्राहलयमा हातबाट बनेका कपडा र पोशाकहरुलाई बिशेषतः राखिने गरिन्छ । यस संग्राहलयले कला, संगीत र सहित्यको जर्गेनागर्ने उदेश्यले स्थापना गरएको यो सँगा्रहलय हाउनटाउन डिसीको मुटुमा रहेको छ ।

चित्र ३


मेरिल्यान्डको स्टोनी विचबाट को दृश्य ।

चित्र ४


यो चित्रमा देखिएको भवन न्यूयोर्कको ट्वीन टावर हो । ब्यापारिक प्रयोजनका लागी बनाँईएका यि ट्वीनटावरहरुको मुलभूत उदेश्य ब्यापारमार्फत बिश्व शान्ति स्थापित गर्नु रहेको छ ।

चित्र ५


स्ट्याट्यू अफ लिवर्टी, हामीमध्य धेरैले यो दृश्य धेरै चलचित्रहरुमा पनि देखेका छौँ । सन् १८७५ मै फ्रेन्च आर्किटेक्टले बनाँउन शुरु गरेका यास मुर्तिले अमेरिकी स्वाधिनता, समुन्नती र इतिहाँसको प्रतिनिधित्व गर्दछ । यस मुर्तिको पाउमा तोडिएको चेन या भनौँ जंजिररहेको छ, यस्ले स्वतन्त्रताको सन्देश दिन्छ ।

चित्र ६


न्यूयोर्ककको एउटा कुना , पानीजहाजबाट खिचिएको तस्विर । 
धन्यवाद ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.