राष्ट्रकालागि एक घण्टा #IamWithDrKC | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

राष्ट्रकालागि एक घण्टा #IamWithDrKC




   Suyog Dhakal - Jul 21 2016

एघार दिनदेखि अनसनरत डा. गोविन्द केसीको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग राखेर मंगलबार देखि इटहरीका युवाहरुले सरकारलाई दवाब दिएका छन् । केसीले उठाएका मागबारे सरकार मौन बसेको भन्दै यहाँका युवाहरुले दबाब दिएका हुन्। सचेत युवाहरुको अगुवाईमा युवाहरुले इटहरीको चौरास्त चोकमा भेला भएर केसीका जायज माग पुरा गर्न दबाब दिए ।



सुयोग ढकाल/हाम्रो पात्रो । एघार दिनदेखि अनसनरत डा. गोविन्द केसीको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग राखेर मंगलबार देखि इटहरीका युवाहरुले सरकारलाई दवाब दिएका छन् । केसीले उठाएका मागबारे सरकार मौन बसेको भन्दै यहाँका युवाहरुले दबाब दिएका हुन्। सचेत युवाहरुको अगुवाईमा युवाहरुले इटहरीको चौरास्त चोकमा भेला भएर केसीका जायज माग पुरा गर्न दबाब दिए ।

पानीले रुझ्दै ‘राष्ट्र लागि एक घण्टा’ नामक कार्यक्रम मार्फत् चौरास्त चोकमा युवाहरु भेला भएर दिउँसो ४ बजेदेखि ५ बजेसम्म बाच्नँ पाउने अधिकार र जीवन रक्षा गर्न माग गरिएका प्ले कार्ड प्रदर्शन गरे। युवा समूहले मंगलबार र बुधबार एक–एक घण्टा चौरास्त चोकमा भेला भएर दबाब दिने निर्णय गरेको समूहका संजोजक सम्राट थापाले बताए । उनका अनुसार बुधबारपछि डा. केसीका माग पुरा गर्न अझ कडा ढंगले कार्यक्रम अघि सार्ने बताए ।

‘डाक्टर गोविन्द केसीले उठाएका माग आम नेपालीको बिषय हो,’ उनले भने, ‘संविधान प्रदत बाँच्न पाउने अधिकार सरकारले पुरा गर्नुपर्छ ।’ केसीले यसभन्दा अघि आमरण अनसन बस्दा पनि इटहरीमा माग पुरा गर्न दबाबका लागि प्रदर्शन भएका थिए। यसैबीच, केसीका माग पुरा गर्न दबाब दिदैं धरानका बासु चालिसेले पनि बिहानदेखि साँझसम्मै चोकमा प्ले कार्ड सहित उभिएर दबाबमूलक कार्यक्रम थालेका छन् । उनले दुई दिनसम्म धरानको भानु चोकमा बसेर दबाब दिएभने दुई दिनदेखि इटहरीको चौरास्त चोकमा बिहानदेखि साझँसम्म प्ले कार्डसहित उभिएर बस्ने गरेका छन् ।

‘नेपालका लागि महात्मा गान्धी डा. गोविन्द केसी हुनुहुन्छ,’ उनले भने, ‘उहाँका माग पुरा गर्न ढिलाई भए राजनीतिक दलका नेताबिरुद्द पनि जनताले आन्दोलन थाल्नेछन् ।’ उनले प्रधानमन्त्रीसँगै मुख्य दलका नेताहरुलाई तत्काल केसीका माग पुरा गरेर माफियातन्त्रको अन्त्य गर्न माग गरे जसमा पत्रकार ,स न्चारकर्मी र विभिन्न सामाजिक सस्था मा आबद्ध युवा हरु सहभागी छन ।

१) कार्यक्रम को तयारी गर्दै 


२) सचेत युवा हरु प्ले कार्ड बोकेर प्रदशनी गर्दै


३) अभियान्ता सन्जय चौधरी प्ले कार्ड सहित


४) समर्थनमा सहभागी एक यूवा सहभागी


४) समर्थनमा सहभागी यूवाहरू


सम्पूर्ण तस्बिरहरूः सम्राट थापा (इटहरी)



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.