अमेरिकाबाट क्यानडा (नायगरा फल्स, रेन्वो ब्रिज र टोरन्टो) | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

अमेरिकाबाट क्यानडा (नायगरा फल्स, रेन्वो ब्रिज र टोरन्टो)




   Sachila Acharya - Jul 21 2016

भूमीको क्षेत्रफका आधारमा अमेरिका बिश्वको चौथौ ठूलो राष्ट्र हो भने क्यानडा दोश्रो ठूलो राष्ट्र हो । अमेरिका र क्यानडा दुबै सीमा जोडिएका राष्ट्रहरु हुन्, केही दिनअगाडि अमेरिकाबाट क्यानडातर्फ जादा हाम्रो पात्रोकी दैनिक प्रयोगकर्ता सचिला आचार्यले हामीलाई निबन्ध चित्र शिर्षकमा राख्नका लागी केहि मनमोहक चित्रहरु र तिनका जानकारी पठाउनुभएको छ, आउनुहोस हामी चित्रमार्फत अमेरिकाबाट क्यानडा तर्फ लागौं जहाँ हामी नायगरा फल्स हुँदै ओन्टरियो अनि टोरेन्टोसम्मको यात्रा गर्नेछौ ।



भूमीको क्षेत्रफका आधारमा अमेरिका बिश्वको चौथौ ठूलो राष्ट्र हो भने क्यानडा दोश्रो ठूलो राष्ट्र हो । अमेरिका र क्यानडा दुबै सीमा जोडिएका राष्ट्रहरु हुन्, केही दिनअगाडि अमेरिकाबाट क्यानडातर्फ जादा हाम्रो पात्रोकी दैनिक प्रयोगकर्ता सचिला आचार्यले हामीलाई निबन्ध चित्र शिर्षकमा राख्नका लागी केहि मनमोहक चित्रहरु र तिनका जानकारी पठाउनुभएको छ, आउनुहोस हामी चित्रमार्फत अमेरिकाबाट क्यानडा तर्फ लागौं जहाँ हामी नायगरा फल्स हुँदै ओन्टरियो अनि टोरेन्टोसम्मको यात्रा गर्नेछौ ।

नायगरा फल्स

नायगरा फल्सको रात्रिकालिन दृश्य । तस्बिरः सचिला अाचार्य

क्यानडा र अमेरिकाको समिानामा पर्ने यस झरना अमेरिकाको न्यूयोर्क र क्यानडाको ओन्टरियोको सिमानामा पर्दछ , मुख्यगरि तिनवटा फरक फरक झरनाको त्रिवेणी हो जस्मा होससिसोय फल्स, अमेरिकन फल्स र ब्रिडल भेल फल्स पर्दछन । सन् २००६ मा जनी डेप अभिनित चलचित्र सिरिज पाइरेट्स अफ क्यारिभियनको एट वल्र्ड एन्ड श्रृङखलामा नायगरा फल्सको दृश्य बडो गज्जबले फिल्माइएको छ भने त्यसअघिपनि धेरै हलिहुड चलचित्रहरु जस्तै १९८० को सुपरम्यान २, १९८७ को टिनएज म्यूटेन्ट निन्जा र अमेरिकी टेलिभिजन शो वन्डरफल्स त झन नाईगरा फल्सकै वरिपरिनै प्रस्तुत गरिएको छ ।


झरेपछिको नायगरा फल्स ।  तस्बिरः सचिला अाचार्य

करिब १० हजार बर्ष अगाडी हिमनदिहरुमा आएको उतार चढाव र क्रियाकलापले उत्पन्न भएको मानिएको यो झरनाको बिचमा एउटा गोट आइल्यान्ड नाम गरेको टापु रहेको छ जहाँ जलबिधुतका पिता मानिएक बैज्ञानिक टेस्लाको प्रतिमा राखिएको छ । पा्रकृतिक सुन्दरता र जलबिधुतका लागी बिश्वप्रसिद्घ यस झरनाका केही मनमोहक दृश्यहरु जुन बिभिन्न कोण र स्थानबाट केवल हाम्रो पात्रो प्रयोगकर्तालाई कोसेली ।

अम्ब्यासडर अथवा रेन्वो ब्रिज, अमेरिका र क्यानडा जोड्ने पुल
अमेरिका र क्यानडा जोड्ने पुल । तस्बिरः सजिला अाचार्य

नायगरा खोला उपर बनेको यो पुलले अमेरिका र क्यानडालाई जोड्छ । यस पुलभएको ठाँउमा सन १९३८ सम्म हनिमुन पूल रहेको थियो तर पुलमाथी र खोला वरिपरि धेरै हिउँ थुप्रिएकाले यो पुल सन् १९३८ मा भत्किएको र त्यहि ठाँउमा रेन्वो ब्रिज निर्माण गरिएको हो । सन १९४१ मा सर्वसाधारणकालागी खुल्लागरिएको यो पुल करिब १० किमि लामो छ । यस पुलबाट व्यवसायीक ट्रक र मालगाडीहरु भने लान पाइदैन तर साइकल या हिंडेरै तपाई यो पुल तर्न चाहनुहुन्छ भने प्रतिब्यक्ति ५० अमेरिकी या क्यानेडियन डलर अनि कारका हकमा भने ३ दशमलव ५ अमेरिकी या क्यानेडियन डलर पर्दछ ।

टोरन्टो शहर र समुन्द्र
समून्द्र सहितको सुन्दर शहरको रूपमा चिनिने क्यानडास्थित टोरोन्टो शहर । तस्बिरः सचिला अाचार्य

क्यानडाको ओन्टरियो स्टेटको राजधानी टोरन्टो ओन्टरियो तालको उत्तरपश्चिमी किनारमा पर्ने ठूलो र वहुसाँस्कृतीक शहर हो । क्यानडाको सबैभन्दा बढी जनघनत्व भएको यस शहर उत्तर अमेरिकाकै मेक्सिको सिटी, लस एन्जल्स र न्यूयोर्क पछिको चौथो सबैभन्दा ठूलो शहर हो । दोश्रो विश्वयूद्ध पछि यूरोपबाट आएका शरणर्थी, चाइनिज कामदार र मुख्यतया इटाली र पोर्चुगलबाट आएका निर्माण मजदुरहरुको यो शहर निर्माणमा ठूलो योगदान रहेको मानिन्छ । ग्रिष्म यामका औसत दिन अर्थात समरको दिनमा टोरन्टोमा बिहान ५ः३७ मा उदाउने घाम साझँको ९ पछिमात्रै अस्ताउँदछ भने हिउदमा चाही बिहान ७ः ५० मा यदाएका घाम साँझ ४ः४५ मा अस्ताउँदछ । आउनुहोस टोरन्टो शहरलाई ओन्ट्रियो तालको किनाराबाट अवलोकन गरौं, देखिने अग्लो टावरचाँही सीएन टावर हो ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.