अब त गर्मी लाग्ला है, भन्दै सोच्दै हामी नेपालका नेपालीहरु क्रमशः बाक्ला कपडाहरु अर्को सालको हिँउदकालागी राख्ने अनि पातला कपडाहरुको जोहो तर्फ लाग्न आँटेका मात्र के थियौ ? चिसोले टाउको उठाईदियो, मौसमको भर हुँदैन भन्थे हो रहेछ ।
काठमाडौ यो फाल्गुनको महिनामा पनि थरथर काँपीरहेको छ, जाडोको असरले । एउटा फेसबुक स्टाटर साभार गर्न चाहे सुजित दाहाल ज्यूको
पानी नपर्दा धुलो
पानी परेपछी हिलो
काठमाडौको बसाई कहँ छ र सजिलो ??
त्यस्तै छ यहाँ काठमाडौमा पनि, मौसम अनि विकासको क्रमले वेलैपिच्छे हानिदिन्छ ।
मास्क नलगाई हिडेँमा केही परपुगेपछी अनुहार धुस्रे, कपाल फुस्रे अनि मान्छे नै अर्कै देखिन्छ । मेलम्ची खानेपानीको पाईपलाईन विस्तारको क्रममा सबैको फोक्सोहरुमा खचाखच धुलो भरिएको छ ।
अब कुरा गरौ यो फाल्गुन अन्तिम साताको, महाशिवरात्री सकाएर पशुपती विकास कोषले साधुहरुलाई दक्षिणा सहि विदा पनि गरिसक्यो तर हिँउद भने अझै उस्तै छ ।
मित्र प्रदीप राज पान्डेयले नेपालगञ्ज वाट फोन गर्नुभयो, म आज जुम्ला जाँदै छु भनेर । वहाँ खलगांम स्वास्थ्य कर्मचारी हुनुहुन्छ, मैले नि ल शुभयात्रा भनेँ । वहाँ पुग्नुभएको खबर फेबिुकवाट पाईयो अनि साथै हीमपातका तस्वीरहरु पनि देख्नमा आए । वहाँ आफु पनि नेपालीहरुको सर्वप्रिय अनि नेपालीपनाको पर्याय एप्स, हाम्रो पात्रोका नियमित प्रयोगकर्ता हुनुहुन्छ, वहाँलाई घर वाहिर निस्कन लगाए मैले । बाक्लो हिँउका तहले अफ्ठेरो ढोका खोल्दै केही तस्वीरहरु वहाँले पठाँउनुभएको छ । काठमाडौमा वसेर मैले शब्द कथे, जुम्लाको हीमपात एउटा चित्रकथा ।
जुम्लामा यस हप्ताको बुधवार देअिनै निरन्तर हिमपात भईरहेको छ ।
हामीसबैको हृदय हीँउ जस्तै कन्चन होस्, देश, सिमा अनि देशवासीको रक्षागर्न सक्ने स्वाभिमानी अवस्थाको परिकल्पना गर्दै नेपाली धर्तीको हीँउ हेरेर रमाउनुहोस् ।
जुम्लावाट प्रदीप राज पान्डेयको समन्वयमा
हाम्रो पात्रोकालागी सुयोग ढकाल
Liked by: