राजपुरको डाँडा र सेती किनारको ईन्द्रेणी- डोटी चित्रकथा | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

राजपुरको डाँडा र सेती किनारको ईन्द्रेणी- डोटी चित्रकथा




   Suyog Dhakal - Jul 20 2017

डोटी जिल्ला बास्तवमै स्वर्गको एउटा टुक्रा हो । स-साना राज्यहरु भएको समयमा डोटी राज्य एउटा ठुलो, सभ्य र बिकसित राज्य रहेको थियो जसमा अछाम, बझागं, बैतडी, डढेलधुरा, कैलाली, कञ्चनपुर लगायत अहिलेको भारतमा पर्ने देहरादुन र कुमाउ गड्वालसम्म पर्दथ्यो ।

यो पनि हेर्नुहोस् : कटहर एउटा गुणकारी फलः चित्रकथा

यी सम्पूर्ण ठाँउहरुको राजधानी भनें डोटी थियो । १७औं शताब्दी ताका राजा नागी मल्लको पालामा डोटी राज्यमाथि धेरै प्राकृतीक विपत्ती आइपरेर राज्य संरचना नै धरमर भएको थियो, पुजारीहरुले राजाको छोरीलाई मन्दिरमा चढाएपछि मात्र विपत्ती समाप्त हुने बताएपछि भागेश्वर महादेवमा राजकुमारीलाई भगवानकी सेविका बनाइएको इतिहास छ ।यसैपछि सुदुर पश्चिममा देउकी प्रथा शुरुभएको सम्म मान्यता छ ।

सेती किनारको इन्द्रेणी

सुस्त सुस्त गर्दै अब सुन्दर सुदुरपश्चिम पनि बिकासको मुलधारमा समाहीत हुँदै आएको छ । सामाजिक बिकास लगायतका दरमा बृद्धि भएको छ । अहिले भनें डोटी जिल्लाको सदरमुकाम सिलगढीमा छ ।
सेती नदिको कञ्जन पानीले यस क्षेत्रका धर्तीहरुलाई सिञ्चित गरेको छ ।



सिलिगुढी जाने बाटो

आज हामी राजपुरको डाँडावाट खिचिएका केही तस्विरहरु मार्फत डोटी सौन्दर्यको झल्को दिनेछौं, राजपुर र सिलगढिको बिच्चमा दिपायल रहेको छ ।

दिपायलको हरियाली

राजपुरवाट ३ किमी दक्षिणमा दिपायल छ भनें १२ किमी उत्तरमा सिलगढि छ ।
राजपुरको पूर्वपटिको डाँडावाट देखिएको दिपायल लगायत श्रावण मासको सुदुरपश्चिमी हरियाली, रुखमा जोगाएर राखिएका परालका टालहरु, भारी बोकेर थाकेको खच्चर, बाटाहरु अनि केही विशुद्ध नेपाली झझल्काहरु आजको चित्रकथामा ।

रुखमा जोगाएर राखिएका परालका टालहरु
भारी बोकेर थाकेको खच्चर


*सिलगढिवाट शौरभ ढकालका तस्विरहरु



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.