तराईको साप्ताहीक हाटबजारः एउटा चित्रकथा | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

तराईको साप्ताहीक हाटबजारः एउटा चित्रकथा




   Suyog Dhakal - Mar 31 2017

प्रिय हाम्रो पात्रो प्रयोगकर्ता साथीहरु, आउनुहोस् आज हामी यहाँहरुलाई चित्रमार्फत नेपालको तराई भुभागको एउटा हाटवजारमा लिएर जाने जमर्को गर्दै छौ । जाने हैन ? नेपालको पूर्वि तराईको नाम कहलिएको औधोगीक शहर विराटनगर लाई ईटहरी हुँदै प्रवेश गर्नु अगावै एउटा ठूलो स्वागत द्धार आँउछ, यस ठाँउलाई ढाट भनिन्छ ।

विराटनगर नगरपालीकाको वडा २,३ र ५ लगायत राजवंशी चोक र टंकीसिनुवारी सम्मका वासिन्दाहरु यस ढाटको साप्ताहीक बजारमा आँउदछन् । फरक फरक शब्द छ, पैसालाई जनाउने, कहीँ ढौवा त कहीँ टक्का भनेर पैसालाई जनाईन्छ । तरकारी देखि भकारी सम्म पाईने यस्ता वजारमा क्रेता अनि विक्रेता दुबैको संलग्नता उत्साहजनक हुन्छ । आफूसँग भएका कुराहरु विक्रि गर्न अनि चाहिएका साम्रगीहरुको खरिद गर्न यस्ता हाटहरु साझा थला हुन् ।

पहाडमा पाँच पाउको एक किलो हुन्छ भने तराईमा चार पाउका एक किलो, तराईमा एक पाउमा २५० ग्राम हुन्छ भने पहाडतिरका वजारमा २०० ग्रामको एक पाउ हुन्छ । विभिन्न जात, धर्म, सम्प्रदाय अनि उमेर समुहका मानिसकालागी विशेषतः तराईमा यसता साप्ताहीक वजारमा भेला हुन्छन् ।

तराईको अर्को विशेष कुरा भनेको घोँगी हो, जमेको पानीमा पाईने यो शखेंकिराजस्तो जिवलाई तराईवासीले पोषण र खुराकको राजा मानेर सेवन गर्दछन् । तराईका हाटवजारमा थुपारिएका यस्ता घोँगीहरु पनि अत्यन्त विशेष कुराहरु हुन् । यसका अलावा राखिएका तरकारीहरुको पसल, फलफूलको पसल अनि साईकलहरुको भब्य लस्कर वहुत राम्रो र मौलीक देखिन्छ ।

अनि के त विचार, आउनुहोस हेरौ यी तस्वीरहरु ।








तस्वीरः अनुपमा वास्तोला, विराटनगर
शब्दः सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.