विजया दशमी आगामी असोज २१ मंगलबारका दिन बिहान ०८ बजेर ४५ मिनेटमा नवदुर्गा पूजा विर्सजन गरी माता दुर्गाभवानीको प्रसाद टिका, र जमरा ग्रहणगर्ने उत्तम साईत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ ।
यसपालीको नेपालीहरूको महानचाड बडादशैँ अन्तर्गत् विजया दशमी आगामी असोज २१ मंगलबारका दिन बिहान ०८ बजेर ४५ मिनेटमा नवदुर्गा पूजा विर्सजन गरी माता दुर्गाभवानीको प्रसाद टिका, र जमरा ग्रहणगर्ने उत्तम साईत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । यसपालिको टिकाको शुभ साहित लाभ योगमा रहेको हुनाले दुर्गाभवानीले आफ्नो भक्तहरूको मनोकामना पूर्ण गरिदिनुहुने र लाभ फल प्रदान गर्नुहुने विश्वास रहेकोछ । यसदिन पूर्व फर्किएर दुर्गाभवानीको प्रसाद आफ्नो मान्यजनका हातबाट टिका र जमरा ग्रहणगर्नाले शुख, शान्ति, ऐश्वर्य, यश, कृति, लाभ, विजय, आयु, सुस्वास्थ्य तथा मनोकामना पूर्णहुने शास्त्रोक्त कथन रहेकोछ । शास्त्रीय मान्यता अनुसार यो पनि भनिएको छ कि, सर्व साधारण मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन अत: विजयादशमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहणगर्न सकिनेछ ।
त्यसअघि असोज १२ गते आइतबार घटस्थापनाको शुभ साईत बिहान १० बजेर ३५ मिनेटमा रहेकोछ । यो शुभ मुहूर्तमा स्थापना गरिएको कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरी नवरात्र भरी माता दुर्गाजीको भिन्न-भिन्न स्वरूपको पूजा अर्चना गर्ने गरिन्छ, घटस्थापनाको दिन शुभ साईत बिहानै भएपनि श्रद्धा एवं भक्तिले दिनभरिनै आफ्नो कुलाचार र परम्परा अनुसार घटस्थापना गरी जमरा राख्न सकिनेछ ।
घटस्थापनाको दोस्रो दिन १३ गते सोमबार बिहान सरकारी कार्यालय, सुरक्षा निकाय, कुटनीतिक नियोगहरुमा बिहान १० बजेर २५ मिनेटमा पश्चिम फर्केर राष्ट्रिय झण्डा आदि फेर्नु शुभ रहेको छ । १८ गते शनिबारका दिन बिहान ८ बजेर ५२ मिनेटमा फूलपाती भित्र्याउने उत्तम साईत रहेको छ भने त्यस्तै १९ गते आइतबार महाअष्टमी र कालरात्री हो भने २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ । त्यस्तै २६ गते आइतबार कोजाग्रत पूर्णिमा दिन दिनभरिनै जुनसुकै बेलापनि जमरा सेलाउन सकिनेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल
[email protected]
Liked by: