Bada Dashain Ko Shubha Saitharu | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

बडादशैँको शुभ साइतहरू





यसपालिको नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत विजया दशमी आगामी असोज १९ गते बुधबारका दिन बिहान १० बजेर ३४ मिनेटमा नवदुर्गा पूजा विसर्जन गरिसकेपछि साइत खोजेरै टीका लगाउनेहरूका लागि माता दुर्गाभवानीको प्रसाद टिका, र जमरा ग्रहणगर्ने उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा (टीका थाप्नेव्यक्ति पूर्व मोहडा भएर) रहेको छ ।

यस दिन पूर्व फर्किएर दुर्गाभवानीको प्रसाद आफ्नो मान्यजनका हातबाट टिका र जमरा ग्रहण गर्ने र पश्चिम फर्किएर टीका लगाइदिने व्यक्तिले आशीर्वाद दिए सुख, शान्ति, ऐश्वर्य, यश, कृति, लाभ, विजय, आयु, सुस्वास्थ्य तथा मनोकामना पूर्ण हुने शास्त्रोक्त कथन रहेको छ । शास्त्रीय मान्यता अनुसार यो पनि भनिएको छ कि, सर्व साधारण मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन गतः विजयादशमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहण गर्न सकिनेछ यो प्रसाद विजया दशमी देखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

त्यसअघि असोज १० गते सोमबारका दिन घटस्थापनाको शुभ साइत बिहान १० बजेर २३ मिनेटमा रहेको छ । यो शुभ मुहूर्तमा स्थापना गरिएको कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरी नवरात्र भरी माता दुर्गाजीको भिन्नभिन्न स्वरूपको पूजा अर्चना गर्ने गरिन्छ, घटस्थापनाको दिन शुभ साइत बिहानै भएपनि श्रद्धा एवं भक्तिले दिनभरिनै आफ्नो कुलाचार र परम्परा अनुसार घटस्थापना गरी जमरा राख्न सकिनेछ ।

घटस्थापनाको दोस्रो दिन ११ गते मङ्गलबार बिहान सरकारी कार्यालय, सुरक्षा निकाय, कूटनीति नियोगहरूमा बिहान ११ बजेर ११ मिनेटमा पूर्व फर्केर राष्ट्रिय झण्डा आदि फेर्नु शुभ रहेको छ । असोज १६ गते आइतबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको लागि साइत आवश्यक पर्दैन अतः जतिबेला पनि फूलपाती भित्र्याउन सकिनेछ । त्यस्तै १७ गते सोमबार महाअष्टमी र कालरात्री हो भने, असोज १८ गते मङ्गलबार महानवमी पर्व मनाइन्छ यस दिन सिद्धिदात्री स्वरूप नवदुर्गाको पूजा गरि गरिन्छ र १९ गते विजया दशमी रहेको छ । त्यस्तै असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा दिन दिनभरिनै जुनसुकै बेला पनि जमरा सेलाउन सकिनेछ । अस्तु ॥

-ज्यो.प. नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.