हरेक वर्षको श्रावण महिनाको शुक्ल पञ्चमीका दिन नागको पूजा गरिने भएकाले यस दिनलाई नाग पञ्चमी भनिन्छ । नाग पूजा निश्चित तिथिमा गरिने भएकाले यो नित्य पूजा अन्तर्गत पर्दछ । यस दिन कुनै जुठो, सुत्केरी वा अन्य कारणले पूजा रोकिन गएमा तिजको पञ्चमी (ऋषिपञ्चमी) वा श्रीपञ्चमीमा पूजा गरिने परम्परा छ । गृह शिलन्यास वा गृहशुद्धिका लागि गरिने वास्तुपूजामा पनि नागको प्रसंग आउँछ ।
पूजा गर्ने क्रममा यी शिलालगायत वरिपरी गाइको गोवरले लिपपोत गरिन्छ । यसरी शुद्ध पारीएपछि केराको पात बिच्छाइ पिठो वा गाइको गोबरका तीनवटा मुर्ति बनाइन्छ । नाग, नागिनी र तिनका बच्चाका यी मुर्तिमा मासका आँखा, जौ तिलका कत्ला, दुवाको जीब्रो र कुशको पुच्छर जोडिन्छ । कतैकतै कुशको जिब्रो र दुबोको पुछर बनाउने चलन पनि पाइन्छ । नागका यि मुर्तिलाई निश्चित दिशातर्फ फर्काएर राखिन्छ । नागले गुलियो र बेसार मन नपराउने हुनाले सावधानी हुनु जरुरी छ ।
पुजाको सुरुवात कतै विना संकल्पले, कतैहेरी जय परमेश्वर भन्दै कतै सर्व भयनिवारण प्रर्वकम् श्रीनाग देवता पृतार्थम भनि शुरु हुन्छ ।
नाग पूजा गर्ने विधि
एउटा टपरीमा धान र त्यसमाथि अर्को टपरीमा चामल राखी त्यसमाथि दियो र त्यसैगरी कलश अनि गणेशको स्थापना गरी पाध्य, अर्ध, आचमन, स्नान, वस्त्र(कपास), गन्ध(श्रीखण्ड), पुष्प, धुप, दिप र नैवेधले पूजा गर्ने । नागलाई पुजा गर्न १०८ काने दुना तयार पार्ने र जस मध्ये :
– हातखुट्टा धुनका लागि नागनागिनिलाई ८ वटा दुनामा र नागका बच्चाहरुलाई एउटा दुनामा जल टक्र्याउने ।
– पहिल्यै तयार गरी राखेको अर्घ ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने
– धानको लाभा तयार गरी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
– रोटीलाई पनि ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
– गाईको दुधलाई ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
– गाईको दुधबाट बनेको खिर ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
– नागलाई खानेपानी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
– नागलाई चुठ्नेपानी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने
– अलैचि वा सुपाडी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
र यसरी पुजा गरि बाँकी रहेका दुनामा पानीले भर्नु पर्दछ । यसरी पुजा गरिसकेपछि गाईको दुधको खिरले १०८ पटक हवन गर्नुपर्दछ । साथै, कर्मपात्रोको जल चोबेर अर्को दुनामा राख्ने गरिन्छ । हवनको मन्त्र भने आफ्नो आफ्नो इच्छा र सहजताको आधारमा प्रयोग हुन्छ (गायत्रीमन्त्र, पुरुषशुक्त, सर्पसर्वाङ्गी आदी ।)
अष्ठनाम बनाइ माछा, गंगटो, खजुरो, सर्प आदि वरिपरी पारी तयार गरिएका सचित्रहरुलाई पनि सिन्दुर, अक्षता, जौ, तिल, दुवोले पुजा गरिन्छ । सो तस्विरलाई घरमा लगी मुलढोका माथि भित्तामा गाइको गोवरको लेप लगाइ टाँसिन्छ । पुजाको अन्त्यमा हे नाग देवता मैले केही जाने बुझेको छैन, पूजा गर्दा गल्ती कमिकमजोरी भएको भए माफ पाँउ, मेरो पूजाबाट खुसी हुनु होस् भनि विनम्रभाव प्रकट गर्नुपर्दछ । यसरी शरणागत भइ पूजा सम्पन्न हुन्छ ।