आजको दिन विशेष दिन्, शिवरात्रीको दिन । आराध्य देव शिव शम्भो अाशिन पूण्यभूमी पशुपतिनाथमा आज लाखौं स्वदेशी तथा विदेशी श्रद्धालु भक्तजनको विशेष घुँईचो छ । फरक रुप फरक पहिरन अनि फरक बोली भए तापनि सबैको एउटै बोल छ, हरेक पाईलाहरुको एउटै गन्तब्य छ अनि हरेक मनको एउटै तिर्सना, जय शम्भो !
जब वैदिक सनातन हिन्दूहरुको आराध्यदेव पशुपतीनाथ, पवित्र पाशुपत क्षेत्र अनि श्लेषमान्तक वनको कुरा आँउछ तब एतिहासिक दस्तावेजहरुले मात्र यी सम्पूर्ण कुराहरूको व्याख्या गर्न भ्याउदैन् । सम्पूर्ण वैदिक सनातन हिन्दूहरुको अनि अझ सनातन परम्पराका अनूयायीहरुको आस्थाको केन्द्र, शिवशक्तिको केन्द्र अर्थात् यो पावनभूमी पशुपति क्षेत्र यसपटकको शिवरात्रीको राैनकमा देश विदेशका साधू, सन्त, योगी तथा तिर्थालूहरूको उपस्थितिले सजिएको छ ।
साधूहरुको धुनी, घण्ट, भक्तजनहरुको ध्वनी, वाग्मतीको सलबलाहट अनि रात्रीकालिन शिवधुनीको प्रतिक्षा, आजको साँझ नेपालको काठमाडौको पशुपतिमा एउटा रोमाञ्चिक घाम अस्ताउँदैछ, अझ भनौ एउटा धार्मीक साँझ छाउने तयारीमा छ । देश विदेशबाट अाएका विभिन्न भाषा बोल्ने भक्तजनहरुको आ-आफ्नै भाषाका भजन अनि पुकाराहरु, भाषा फरक होलान तर लवज फरक छ र अर्थ एउटै छ: जय शम्भो !
आउनुहोस्, हाम्रो पात्रो मार्फत यो विशेष दिनलार्इ पशुपति क्षेत्रतर्फ लैजाँदै छौं यी तस्विरहरु मार्फत्ः पशुपती क्षेत्रको माहौल अनि तयारी लगायतलाई केन्द्रमा राखेर यी तस्विरहरु खिचिएका छन् । तपाई चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा हुनुहुन्छ, यसपालाको शिवरात्रीले तपाईको जीवनमा कल्याण होस्, फलिफाप होस्, शिवतत्वको असिम कृपा तपाईको जीवनमा कायम होस् ।
---
हाम्रो पात्रोका लागी
तस्वीरहरुः मनिता पोखरेल तथा विकल कार्की
प्रस्तुतिः सुयोग ढकाल
Liked by: