तिहार २०७६ को शुभ साइतहरु | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

तिहार २०७६ को शुभ साइतहरु





दशैंको लगत्तै आउँने नेपालीहरुको अर्को महत्वपूर्ण चाड तिहार अब सबैको दैलोमा आइसकेको छ। यसपालिको लक्ष्मीपूजा (कार्तिक १० गते)सन्ध्या लग्न अर्थात् ४ बजेर ५० मिनेट देखि ६ बजेर २६ मिनेट सम्म उत्तम रहेको छ । तर श्रद्धा एवं भक्तिले जुनसुकै समयमा पनि गर्न सकिन्छ । यस उत्तम समयमा वास्तु शास्त्र अनुसार आफ्नो घर आँगन, व्यापारीक केन्द्र आदीमा लक्षमीजीलाई प्रसन्न पार्ने वस्तुहरू स्थापना गर्दा लक्षमीजीको स्थिर वास हुनुको साथै घर परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुनेछ । यस यमपञ्चक दिपोत्सवमा लक्ष्मीजीलाई प्रसन्न पार्न घर अथवा व्यापारीक केन्द्रको मुख्य द्वारमा जलपुष्पदानी (फ्लावर वाटर पट), पदचिन्ह, तोरण, स्वस्तिक चिन्ह, श्री-यन्त्र, रङ्गोली आदी राख्नाले लक्ष्मीजीको कृपा सदा सर्वदा बनि रहनेछ ।


त्यसैगरी यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक १२ गते मङ्गलबार बिहान ११ : ५५ बजे उत्तम रहेको छ। लक्ष्मीपूजा जसरी नै भाइ टीकामा पनि शुद्ध चित्तले त्यस दिनभर जुनसुकै बेला टीका लगाउन सकिन्छ। नेवार समुदायको भाइ टीका अर्थात् किजा पूजा भने कार्तिक १३ गते मनाउने जानकारीहरु अगाडी आएका छन्। यस वर्ष गोवर्धन पूजा, भाईटीका र नेपालसंवत् नयाँ वर्ष एकै दिन परेको हो। 

फेस्टीवल अफ लाईटस् अर्थात उज्यालोको चाड तिहार बिश्वभरिनै हरेक समुदाय र सम्प्रदायका मान्छेले मनाउने चलन छ । बिश्वमा झिलीमीली को कमी त कहाँ होला र ? तथापी दिपावली को झिलीमीली अनि रौनकमा भएको त्यो उज्यालो मा बर्षभरिका अध्याँराहरु बगेर जाने गर्दछन् ।

दशैं सकिएको अनि अब केही चिसा हावाहरु चल्न थालेको मौसम छ । बैशाख देखि खप्दै आएका गर्मीहरु अनि पसिनाका धाराहरुले अब बिश्राम पाउनेछन्, सेलरोटी अनि मरमसलाका पाकेटसंग देँउसीभैलोको संगीत पक्कै पनि गज्जब रहनेछ ।

सनातन हिन्दु दर्शनका यी चाडपर्व हरुको एतिहासिक अनि बिश्वव्यापी महत्वहरु पनि कम छैन् । आउनुहोस् आज कुरा गरौं १० वटा यस्ता सास्कृतीक अनि पौराणीक कारणहरु जसले गर्दा दीपावली मनाइन्छ । स्म्रण रहोस् दीपावली हिन्दुको मात्र नभई अन्य धेरै बिश्वव्यापी तवरमा रहेका समुदायले पनि उत्तिकै चाखका साथ मनाँउदछन् ।

सुख, समृद्धि, स्थिरता र खुशीयालीले यहाँहरुको साथ कहिले नछाडोस्। सबैलाई हाम्रो पात्रोको तर्फबाट दिपावलीको मङ्गलमय शुभकामना !


Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.