यस पटकको टिका जमरा ग्रहणको शुभ साइत बिहान ११ः५५ बजे परेको तर माता माता दूर्गाको प्रसाद ग्रहणकालागि कुनै विशेष समय कुर्नु नपर्ने यस शुभदिनको धेरै धेरै शुभकामना छ !
असत्यमाथी सत्य तथा अन्यायमाथी न्यायको बिजयको प्रतिक यस पावन पर्व विजयादशमीको हार्दिक बधाई तथा अनेकानेक शुभकामना । सबैको शुभ होस्, मङ्गल होस् । क्रोध, लोभ, अन्याय-अत्याचार, अहंकार, दण्डहिनता, क्रुरता, भ्रष्टाचार तथा भोक र सोकले ब्याप्त अनेक रावण रूपको अन्त्य गर्न सकियोस् !
दशैंको प्रथमदिन अर्थात् घटस्थापनाका दिन घरको मूल कोठामा दियो, कलस, गणेशको स्थापना गरेर घटस्थापना गरिन्छ । गाइको गोबरले लेपिएको माटोको घडामा सोही दिन जमरा छर्ने कार्य पनि हुन्छ । जमरा अर्थात् जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्रीभरिनै हरेक दिन पूजाअर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भएतापनि दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अकुुंरित वालाहरू समावेश हुन्छ ।
यसरी अाज दशमीको दिन दुर्गा पूजा विसर्जन गरीसकेपछि नवरात्रभर विधिविधानपूर्क पूजापाठ गरी अङ्कुरीत भएको जमरा अाफ्ना सम्पूर्ण अाह्वान गरीएका देवीदेवताहरूलार्इ, इष्टदेवहरूः कूलदेव, पितृदेवहरूलार्इ चढाइसकेपछि घरको मूल ब्यक्ति, जेठोबाठोको हातबाट शुभ साइतपारी टिकासंगै जमरा ग्रहण गरी बिजयादशमी उत्सव मनाइने गरीन्छ । यस पटकको टिका जमरा ग्रहणको शुभ साइत बिहान ११ः५५ बजे परेको तर माता माता दूर्गाको प्रसाद ग्रहणकालागि कुनै विशेष समय कुर्नु नपर्ने यस शुभदिनको धेरै धेरै शुभकामना छ !
यो दशैं शुभ बनोस्, सारा नेपालीको जीवनमा हाँसो, खुशी अनि मिहिनेतकालागि थप शक्ति प्राप्त होस्, देशले विकाश, शान्ति तथा राजनीतिक स्थायित्वमा एउटा नमूना युगको प्रारम्भ गर्नसकोस्, शुभकामना !
----
हाम्रो पात्रोकालागि पण्डित नारायण प्र. दूलाल
Liked by: