दानको अर्थ आधुनिक यूगमा फरक परिवेशमा लिइएको छ, दिनदुख्खी र निरिह मान्छे या प्राणीलाई मद्धत गर्नु लाखौं यज्ञभन्दा पनि बढि फलदायी हुने गर्दछ ।
पुरुषोत्तम मास अर्थात अधिकमासमा भगवान बिष्णुको कथा श्रवण र भजन भक्तिको बिशेष महत्व रहन्छ । यस मासलाई फलदायी बनाउन मनुष्यलाई आफ्नो आहार, व्यबहार, आचरण, बोली अनि कर्ममा शुद्धता ल्याउन आव्हान गरिएको पाइन्छ । स्म्रण रहोस् यस मासमा दानपुण्यको ठूलो महत्व रहन्छ है । अझ तिथि अनुसार दान गर्नुको फाईदा त झनै धेरै मानिन्छ ।
प्रतिपदाको दिन चाँदीको पात्रमा राखेर दान गर्नु राम्रो मानिन्छ ।
द्धितीयाको दिन काँसको पात्रमा राखेर सुन दान गर्न राम्रो मानिन्छ
तृतीयाको दिन चना या चनाको दाल दान गर्नु उचित मानिन्छ
चतुर्थीको दिनमा छोगडाको दान लाभदायक मानिन्छ
पंचमीको सख्खर र रहडीको दाल दान गरिएमा फलदायी हुन्छ
षष्टीको दिन अष्ट गन्धको दान लाभदायक मानिन्छ
सप्तमी अष्टमीकोे दिन चन्दन या रक्तचन्दनको दान लाभदायक मानिन्छ
नवमीको दिन केसरको दान लाभदायक मानिन्छ
दशमीको दिन कस्तुरीको दान राम्रो मानिन्छ
एकादशीको दिन गौलोचनको दान राम्रो मानिन्छ
द्धादशीको दिन शखंको दान फलदायी मानिन्छ
त्रयोदशीमा घन्ट दान गर्ने चलन छचर्तुदशीको दिन मोती या मोतीको माला दान गर्ने चलन छ
पूर्णिमाको दिन माणिक रत्न दान गर्ने चलन छ ।
मलमास भनिएक कारणले आफ्नो स्वामित्वको खोजी गर्दै अधिकमासले बिलौना गरेपछि अधिकमासको स्वामित्व भगवान बिष्णु स्वयले लिएको रोचक कथा छ । श्रीकृष्ण स्वयमले मलमासलाई आफ्नो हरेक गुणले भरिपूर्ण गरिदिने वचन दिएका कारणले मलमास बिशेष मानिन्छ, अतः यस दुर्लभ पुरुषोत्तम मासमा दानपुण्य, व्रत बस्नाले अधिक फल प्राप्त हुन्छ ।
स्मरण रहोस् दानको अर्थ आधुनिक यूगमा फरक परिवेशमा लिइएको छ, दिनदुख्खी र निरिह मान्छे या प्राणीलाई मद्धत गर्नु लाखौं यज्ञभन्दा पनि बढि फलदायी हुने गर्दछ । पुरुषोत्तम मासको प्रभावले आशा अनि सत्यताको सञ्चार होस् ।
जय होस् ।
Liked by: