हाम्रो अध्ययन कक्ष वास्तुशास्त्र अनुसार मिलेको छ भने विद्यार्थी र शिक्षार्थीलाई पढ्न मन लाग्ने, स्मरणशक्ती बढ्ने र क्रिएटिविटीको पनि विकास हुने हुन्छ । के हाम्रो अध्ययन (Study) कक्षको वास्तु मिलेको छ त ? नमिलेको भए मिलाउनेपो होकी । जानौँ यी वास्तु शास्त्रको उपयोगी टिप्सहरू ।
१. घरको पूर्व, ईशान, उत्तर, वायव्य, पश्चिम र नैऋत्य कोणमा अध्ययन कक्ष बनाउन सकिन्छ । यसमा पनि विशेष गरि पूर्व, उत्तर र वायव्यकोण उत्तम मानिन्छ ।
२. अध्ययन गर्ने समयमा दक्षिण तथा पश्चिमको भित्तातर्फ पीठ फर्काई पूर्व या उत्तराभिमुख भएर बस्नु पर्दछ, यस्तो गर्दा स्मरण शक्ति बढ्नेछ ।
३. पढ्न बस्दा आफ्नो पीठ पछाडि ढोका वा झ्याल हुनुहुन्न र अध्ययन कक्षको ईशान कोण खाली र खुल्ला नै राख्नु पर्दछ ।
४. अध्ययन कक्षमा फोटो लगाउनु परे उत्तर तर्फ मात्र फोटो लगाउनु पर्दछ, अन्य दिसमा फोटो लगाउनु त्यति उपयुक्त हुँदैन ।
५. अध्ययन कक्षमा माता सरस्वतीको फोटो, हाँस, हरियो सुगा या महापुरुषहरूको तस्वीर लगाउन सकिन्छ, जसले पढ्नमा रुचि बढाउँछ ।
६. अध्ययन कक्षमा कुनैपनि प्रकारका गनाउने या वातावरण नै बिगार्ने खालका इत्र या सेन्टको प्रयोग गर्नाले पढाईमा मन कम लाग्दछ ।
७. घरको उत्तर तर्फको भित्तामा हरियाली, सुगा या उडेको पक्षीहरूको शुभ चित्र लगाउँदा राम्रो हुन्छ, यस्तो गर्नाले शिक्षार्थी सहित घरको सबै सदस्यहरूको एकाग्रतामा बढोत्तरी हुन्छ ।
८. यसको अतिरिक्त मयूर, वीणा, कलम, किताब, या माछाको तस्वीर लगाउन सकिन्छ, यसो गर्नाले विचार र भावलाई राम्रो बनाउँछ ।
९. वास्तुकारहरूले जम्पिंङ फिश, डल्फिन या माछाको जोडी फोटो लगाउने सल्लाह दिन्छन्, तर स्मरण रहोस् उपरोक्त कुनै एउटा मात्र चित्र लगाउनु पर्छ ।
१०. अध्ययन कक्षको भित्ताको रङ्ग सेतो, पिंक, आकाशे या क्रिम कलरको होस्, यसले विचार र भाव राम्रो बनाउँछ ।
११. गाढा रङ्ग अध्ययन कक्षको भित्तामा प्रायोग नगरेकै राम्रो हुन्छ, गाढा रङ्गको प्रयोगले स्मरण शक्तीमा ह्रास आउँछ ।
- वास्तुविद् नारायणप्रसाद दुलाल
Liked by: