विवाह पश्चात् व्यक्ति, व्यक्ति नभएर परिवार हुन्छ, सामाजिक रूपमा जिम्मेवारी बढ्छ र समाजमा उसको प्रतिष्ठ पनि अगाडी बढ्दछ सामाजिक पृष्ठभूमिको आधारमा विवाहको अनेक विश्लेषण गर्न सकिन्छ, केवल पूर्वानुमान गरेर मात्रै व्यक्तिको वैवाहिक जीवन सफल अथवा असफल हुन्छ भनेर छुट्याउन सकिँदैन। ज्योतिष विज्ञसङ्ग उचित परामर्श लिएर विवाहलाई जन्म- कुण्डलीको आधारमा सही दिशानिर्देश गर्न सकिन्छ ।
कुण्डलीमा विवाह योगको कारक ग्रहको रुपमा बृहस्पति, शुक्र ग्रहसहित अन्य ग्रहहरूलाईपनि मानिएको छ । बृहस्पति लग्नमा वा पंचम भावमा भए, बृहस्पति ग्रहको महादशा, अन्तरदशा, प्रत्यान्तरदशा वा सुक्ष्मदशा चलेमा बिवाह हुने समय मान्न सकिन्छ । यदि बृहस्पति पंचमेश भएर बसेको छ भने विवाह अत्यन्तै शीघ्र हुने र वृहस्पति शुक्रग्रहसङ्ग अथवा चन्द्रमा बुधसँग मिलेर बसेको छ भनेपनि विवाह योग बन्दछ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
बृहस्पतिको दृष्टि पंचम भावमा छ भनेपनि विवाहको परिस्थिति बन्नसक्छ र पंचमेश अथवा सप्तमेश यदि कुण्डलीमा एकादश स्थानमा राहुग्रहसङ्ग युति नकारात्मक योग बनेर बसेको छ भने सम्बन्धहरु बिग्रिन सक्दछन् । दाम्पत्य जीवन राम्रो भएको अवस्था हुदा हुँदै पनि अचानक सम्बन्ध नराम्रो हुन गयो भने राहु ग्रहको कारणलेपनि हुनसक्दछ। पंचम स्थानमा यदि अशुभ ग्रह यानी शनि राहु केतु ग्रहको दृष्टि परेको छ भनेपनि विवाहमा बाधक हुन सक्दछ ।
विवाहको लागि कारक ग्रह अथवा बाधक ग्रहबारे जान्न वृहस्पति आफ्नो कुण्डलीमा कमजोर भएर बसेको छ भने आफ्नो समस्या हुनसक्छ, त्यसैले वृहस्पति ग्रहलाई प्रसन्न राख्नुपर्दछ। बिहीबारको दिनमा पहेँलो रङ्ग पहेँलो फलफूल पहेँलो कपडा भगवानलाई चढाउने वा दान गर्दापनि विवाह सफल हुन सक्दछ। बिहीबारको दिनमा पहेँलो वस्त्रधारण गर्नालेपनि विवाहकोलागि उचित योग बन्न सक्दछ । यदि कमजोर ग्रहको रत्न धारण गरेमा पनि विवाहको बाटो खुल्दछ िबृहस्पतिलाई बलियो बनाउन पुष्पराज, जर्किन वा हीरा धारण गर्न सकिन्छ । भगवान् शिवजी र पार्वतीको पूजा गर्दा पनि फल राम्रो मिल्दछ, यदि अनेकौं उपाय गर्दापनि वैवाहिक जीवनमा समस्या छ भने बिज्ञ ज्योतिषीलाई आफ्नो कुण्डली देखाएर उचित समिक्षा गरी सरल, सटिक, वैज्ञानीक ढंगबाट ग्रहबाधा अथवा कुण्डलीमा रहेका दोषहरू पत्ता लगाई सुखी र खुसी वैवाहिक जीवन बनाउन सकिन्छ ।
ज्यो पं घनश्याम पोख्रेल
[email protected]
Liked by: