मानवजीवनमा सफलता र भाग्यको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । भाग्यवान् योग भएको व्यक्ति सामान्य परिवारमा जन्मेको मानिस पनि आफ्नो कार्यकूशलता र कर्मको प्रभावले सबै प्रकारको सुख सुबिधाले युक्त भएर ज्ञानी, सुखीका रूपमा प्रख्यात हुन्छ ।
शास्त्रमा बताइएको छ –
भाग्यं फलति सर्वत्र न विद्या न च पौरुशम्
अर्थात् भाग्य राम्रो छैन भने धेरै पढेर या धेरै परिश्रम गर्दैमा सफल हुन सकिदैन, यद्यपि भाग्यमा भन्दैमा प्रयास विना कुनै पनि कार्य सफल कदापि सम्पन हुदैन ।
उद्यमेन हि सिद्धयन्ति कार्याणिनस् मनोरथै ।
नहि सुप्तस्य सिंहस्य प्रविसन्ति मुखे मृगास् ।।
उद्योग गरेर नै सबैकार्य पूरा गर्न सकिन्छ जस्तै सिंहले पनि खानको लागि आफूले प्रयास नगरिकन सुतिरहन्छ भने सुतेको सिंहको मुखमा मृर्गादि जनावरहरू आएर मुखमा पस्दैनन्, त्यस्तै गरेर भाग्य छ भन्दैमा चाल्नामा दूध अडिदैन, यदिकसैको जन्मकुन्डलीमा ज्योतिषशास्त्रले निर्दिकष्ट गरेका भाग्यवान् योग, कुलदीपक योग, महालक्ष्मी योग, आदियोग छन् भने व्यक्तिको आफ्नो अल्प प्रयसबाट पनि कार्यक्षेत्रमा सफल हुन सक्दछ ।
ज्योतिषशास्त्रमा भाग्यको बारेमा विभिन्न विद्वान् तथा शास्त्रकारहरूले भाग्यको विश्लेषण गर्ने क्रममा जन्मकुन्डलीको लग्न, चतुर्थ, नवम, पन्चम, आदि भावबाट विश्लेषण गरेको पाइन्छ ियदि कसैको चतुर्थ, पञ्चम ,र नवम स्थानको स्वामि केन्द्रमा १-४-७ र १० औं भावमा बसेको छ भने भाग्यवान योग हुन्छ भन्ने जस्ता मान्यताहरू उपलब्ध भएतापनि बिशेष गरेर भाग्य हेर्नकालागि नवम भावबाट बिचार गर्नु पर्दछ ।
जातकालङ्कारका अनुसार
भाग्याधिपश्चेद्यदि केन्द्रवर्ती आदौ वयस्यैव सुखी मनुष्यस् ।
त्रिकोणगस् स्वच्चगतोऽथवास्यान्मध्ये वयस्यल्पफलप्रदस् स्यात् ।।
भाग्यस्यनाथेस्वगृहेऽथ मित्रगृहेऽथवा स्यात्स्वनवत्रिभागे ।
भाग्योदयम् तस्य वदन्ति तज्ज्ञास् शुभग्रहेन्दैश्च युतेक्षिते च ।।
भाग्यस्थान या ९नवम भावको स्वामी ० यदि केन्द्रमा वसेको छ भने त्यो व्यक्ति बाल्यकालबाट नै सुखी, सफल या भाग्यवान् हुन्छ । त्यस्तै गरेर नवम भावको मालिक त्रिकोण ९१(५(९० भावमा या उच्चस्थानमा बसेको छ भने जीवनको तरुण अवस्थमा भाग्योदय हुन्छ । भाग्यस्थानको मालिक स्वगृहि मित्रगृहि छ र भाग्यस्थानमा शुभग्रह रहेको छ भने जीवनको उत्तरार्ध समयमा भाग्योदय हुन्छ । त्यस्तै गरेर गणेशकविले जातकालङ्कारमा भाग्यभावको निम्नानुसार वर्णन गरेका छन् ।
भाग्येशोमूर्तीवर्ती सुरपति गुरुणाऽऽलोकितोभूपवन्द्यो ।
लग्नस्थो वाहनेशो नवमपतिरूभौपश्यतश्चेत्श्वगेहम् ।।
सर्वासामास्पदम् स्यान्मनुज इह तदा सम्पदाम् बाहनेन्द्रो ।
रन्ध्रस्थानस्थितश्चेद्व्रजति हि मनुजो भाग्यराहित्यमेवम् ।।
अर्थात् जन्म समयमा नवम स्थानको मालिक लग्नमा बसेको होस् त्यसलाई बृहस्पतिको दृस्टि छ भने त्यो व्यक्ति राजपूजित हुन्छ । यदि नवमेश लग्नमा होस् चतुर्थ र नवम स्थानको मालिकले आफ्नो आफ्नो राशिलाई देखेको छ भने त्यो व्यक्ति सबै सम्पत्तिले यु्क्त भयर प्रख्यात हुन्छ । यदि चतुर्थ भावको स्वामी अष्टम भावमा बसेको छ भने भाग्यहीन हुन्छ माथि बताइएका विभिन्न योगहरूको बारेमा विश्लेषण गर्दा ग्रहहरूको बाल, बृद्ध , युवा , बक्र अस्त, उच्च, नीच, स्वगृहि, मित्रगृहि र शत्रुगृहि आदिको बारेमा विचार गरेर गहन अद्ययन तथा विश्लेषण गर्न आवश्यक हुन्छ ।
यसका साथै भाग्यबृद्धिकोलागि आफ्नो इष्टदेवताको आराधना गर्नु, आफ्नो सत्कर्ममा मन लगाउनु, मातापिताको सेवा गर्नु, सत्यतामा अडिग रहनु साथै ज्योतिषशास्त्रका विशेषज्ञहरूसङ्ग परामर्श लिई आफ्नो जीवनलाई सफल र सरल तरिकाले व्यतित गर्न सकिन्छ । अस्तु ।।
–ज्यो. प. मुकुन्द शर्मा
Liked by: