शुक्रका कारण जनता सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । राज्यका सबै ठाउँमा यज्ञयज्ञादि आयोजना हुनेछन् । बुधको ग्रहगोचरका कारण सौन्दर्य प्रसाधनका सामग्रीहरु, फेसन डिजाइनका वस्तुहरु, रत्न सुन, शङ्ख , पानि लगायतका वस्तुहरुको मुल्यवृद्दि हुन्छ ।
वि. सं. २०७६ सालमा विरोधकृत् नामको संवत्सरको समाप्तिसँगै परिधावी नामक संवत्सरको प्रवेश हुने भएको छ । हाम्रो नेपाललाई पर्ने प्रभाव र यस बर्षको ग्रहगोचर लाई विचार गर्दा परिधावी नामको संवत्सरमा परस्पर विरोधी भावले युक्त, शाशकवर्गमा कलह, शासकहरु सानातिना कुरामासमेत झै झगडाकोलागि तत्पर हुनेछन् र राजनेताहरूको आन्तरिक द्वन्दको कारणले जनताले दु:ख पाउनेछन् । मध्ये पश्चिम नेपालमा प्राकृतिक विपत आउन सक्छ । सबै प्रदेशमा खाद्यान्न वस्तुहरुको मुल्यवृद्धि हुनेछ । वर्षा याममा तराईमा बाढी र पहाडमा पहिरोको डर र त्रासको वातावरण बन्नेछ । सबै प्रदेशमा खण्डवृष्टि हुनेछ । वर्षा याममा वृष्टि कम हुनाले बालिनालीमा कमि आउनेछ र आन्न तथा धान्यादि वस्तुहरुको उत्पादनमा कमी हुनेछ ।
ग्रहमण्डलामा शनि ग्रह राजा पदमा आसीन भएकाले अधिकांश मुलुकमा जलवर्षणमा कमी आउनेछ । शासकहरुमा एक आपसमा द्वन्द बढ्नाले तनावको स्थिति बन्नेछ ।
यो वर्ष राजा ग्रह सुर्य मन्त्रीको पदमा रहेकाले राजभय, आर्थिक भर बढ्ने, रोगभय एवं चोरी डकैतिको डरका बाबजुद धनधानन्यको प्राप्तिले थोरै राहत मिल्नेछ । धुम्रपान, मध्यपन सहित तरल पदार्थको मुल्यवृद्धि हुनेछ । फल, फूल सहित सम्पूर्ण बनस्पतिको मुल्यमा तेजी आउनेछ । गहुँ, मकै, जौ, चना तथा दुध उत्पादन बढ्नेछ । जनतामा देशविकाससम्बन्धी भावना बढ्नेछ ।
शुक्रका कारण जनता सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । राज्यका सबै ठाउँमा यज्ञयज्ञादि आयोजना हुनेछन् । बुधको ग्रहगोचरका कारण सौन्दर्य प्रसाधनका सामग्रीहरु, फेसन डिजाइनका वस्तुहरु, रत्न सुन, शङ्ख , पानि लगायतका वस्तुहरुको मुल्यवृद्दि हुन्छ । दैविय विपत्ति, भुकम्प, भूस्खलन, हवाई दुर्घटना, हिमपात एवं तुसार पातको सम्भावना र तस्करभयपनि बढ्नेछ । प्राकृतिक प्रकोपको सम्भावना तथा सुरूका र तिन महिना र अन्तिमका तिन महिनामा उपद्रव, दुर्घटना, आपदाहरु, विस्फोट, अशान्तिको संभावना देखिन्छ। राज्यमा सिमा विवादको सम्भावना ,देश एवं विशेष नगरहरुमा नाकाबन्दी जस्ता अशुभ फलहरु बढ्नेछन् । यसैगरी सामुहिक दुर्घटनाहरू बढेर जानेछन् । शेयरबजारमापनि मन्दि नै उनेछ । विदेशबाट भने सहयोग पईनेछ। राज्यको शैक्षिक स्तरमा भने उन्नति एवं प्रगति हुनेछ र आधुनिक विज्ञानको विकाश हुनेछ ।
त्यसै गरि सरकारी कर्मचारीहरूको जागिर बढ्नेछ । जगल्लग्न कुण्डलि विचार गर्दा लग्नेश बुध निच राशिमा ,मन्त्रि सुर्य अष्टम स्थानमा र राजा शनि बृहस्पति र केतुको साथमा रहेकाले राज्यले उचित विज्ञ नपाउँदा र सहि सल्लाहकारको पहिचानको अभावमा सरकार अनिर्णयको स्थितिमा रहनेछ र गलत व्यक्ति एवं संस्थाको सल्लाहअनुसार कार्यान्वयनमा तत्पर हुनाले विवादको स्थिति देखा पर्नुका साथै जनताले ब्यर्थको दु:ख पाउनेछन् अत: सबैले सत्कर्ममा मन लगाएर इमानदार पूर्वक असल कार्य मात्र गरेदेखि अवस्यपनि सफलता एवं सुखको अनुभूति मिल्नेछ । अस्तु । जय श्रीपशुपतिनाथ ।।
Liked by: