दलाई लामाले ठहर्याएका बुद्धको जन्मभूमि | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

दलाई लामाले ठहर्याएका बुद्धको जन्मभूमि




   Suyog Dhakal - Nov 25 2017

दलाई लामाले बुद्ध भारतीय हुन भनेर भन्नु चाँही विवेकी बिष्लेषण नहुन सक्छ भन्ने धेरै नेपालीहरुको तर्क रहेको छ । २५०० बर्ष अघि जन्मिएका बुद्ध नेपाली हैनन भने भारती पनि त हैनन्, आखिर देशका सिमानासंग बुद्धलाई गाँसेर हेर्न जरुरी पनि त छैन ।



चुनावको सरगर्मी नेपालमा रहँदै गर्दा एउटा बिवादास्पद कुरा जोडिन पुग्यो, बुद्ध को जन्म बारे बिश्वप्रसिद्ध दलाई लामा को भनाई ।
दलाई लामा बिश्वभरि मै धेरै आदर अनि सत्कारका साथ हेरिने धर्मगुरु अनि बौद्ध दर्शनका प्रवक्ता पनि हुन् । बुद्ध नेपाली हैनन भन्नु जायज कुरा हुनसक्छ किनभने बुद्ध जन्मेको समय देश अनि सिमानाहरु अहिले जस्तो पक्कै थिएनन् । न त भारत थियो न त नेपाल ? न त जगें पिल्लरहरु थिए अनि न त अन्य कुनै सिमानाहरु ? यसअर्थमा बुद्धलाई नेपाली नभनिनु कुनै आपत्ती को कुरा भएन, बिसं १७७९ मा जन्मिएका पृथ्वी नारायण शाह ले एकीकरण गरेका नेपालमा ईशापूर्व पाईला चालेका बुद्धको अस्तित्व गाँसिन जरुरी छैन् । तर दलाई लामाले बुद्ध भारतीय हुन भनेर भन्नु चाँही विवेकी बिष्लेषण नहुन सक्छ भन्ने धेरै नेपालीहरुको तर्क रहेको छ ।
२५०० बर्ष अघि जन्मिएका बुद्ध नेपाली हैनन भने भारती पनि त हैनन्, आखिर देशका सिमानासंग बुद्धलाई गाँसेर हेर्न जरुरी पनि त छैन । भारत भित्र कै एउटा कार्यक्रममा बोल्दै बिश्वभरि सुबिख्यात यि अध्यात्म गुरु ले बुद्ध नेपाली, चिनीयाँ या तिब्बती नभइकन भारतीय रहेको भनेर दाबा गरेको कुरा चाँही खिन्नता को बिषय पक्कै हो ।
हुन त भारतीय मात्र नभनेर सम्पूर्ण भारतबर्षको उदहारण र इतिहास दिदै यि महान नेताले उतिबेला भारत, नेपाल, भियतनाम लगायत रुसका केही राज्यहरु पनि भारतबर्षमा परेका हुनाले बुद्धलाई भारतसंग जोडेको झिनो स्पष्टिकरण पनि दिए ।
भारतबर्ष लाई भारतीय परिचय संग मात्र जोड्ने दुख्खदायी कार्य यि महान अनि ज्ञानी गुरुले किन गरे ?
धेरैले अड्कल काटेका कुरा अनुसार तिव्बत वाट शरण मागेर भारतमा शरण पाएका गुरुले यि शब्द उपहारहरु शरणको लागि उपहार स्वरुप दिएका भन्ने पनि तर्क छ ।
सत्य त के हो भने दलाई लामा सर्वश्रेष्ठ गुरु हुन् जसले आधुनिक्ता संग अध्यात्मलाई जोडेर वडो चित्तोकर्षक ज्ञान दिने गरेका छन् । अहिलेको बिश्वमा स्वर्गीय नेलशन मण्डेला जत्तिकै सम्मान र सदभावका साथ दलाई लामाको नाम लिने गरिन्छ, यि गुरुले क्षणिक प्रचार अनि गुण तिर्नका लागि मात्र यस्तो मन्तव्य दिएका त पक्कै हैनन् ।
स्मरण रहोस् संयूक्त राष्ट्रसंघले पनि बुद्धको जन्म बिषयलाई नेपालमै भनि तोकेको छ । बौद्ध धर्मावलम्बी हरुले तिर्थाटन गर्ने पर्ने ४ वटा महत्वपूर्ण ठाँउहरुमा नेपालको लुम्बिनी पनि पर्दछ । बिश्वभरिका धेरै देशहरु मिलेर लुम्बिनीमा मनमोहक बौद्धबिहारहरु बनाएका छन् । थाईल्याण्डका राजा भूमिबोलको मृत्यूको बार्षिकी मा पनि लुम्बिनी मा उनकी छोरी लगायत बिभिन्न राजपरिवारका सदस्यहरु केही महिना अघि नेपाल आएका थिए । लुम्बिनीको अन्तराष्ट्रिय महत्व बढिरहेका बेला बुद्धको जन्मबारे हरेक कुरा अनि तथ्यहरु संबेदनशील हुन गएको छ ।
दलाई लामाले चीन केन्द्रित स्वतन्त्र तीव्बत आन्दोलन को अगुवाई गरिरहेका छन् । बिश्वस्तरमै हरेक कोणले अगाडि बढिरहेको देश चीनको कमजोर पक्ष तिव्बत रहिआएको छ । चीन को यस कमजोर पक्षको जोखिम बढाउन पश्चिमा देशहरु ले दलाई लामा र यिनका आन्दोलनलाई बढावा दिएका आरोप पनि छ ।
तीव्बती शरणर्थिहरुको लर्कोमा अन्य छिमेकी देशहरुको तुलनामा नेपालले खुल्ला दिलले शरण दिएको कुरा पनि दलाई लामाले बिर्सेका छैनन भन्ने आशा छ ।

दलाई लामा बिश्वभरिका बौद्धधर्मावलम्बीका केन्द्रबिन्दु हुन् । उनका शव्दमा शक्ति छन्, बुद्ध जहाँ जन्मिएका भएपनि बुद्धको दर्शन बिश्व लाई जरुरी छ ।
बुद्धको देश तोक्ने काम नगरौं ।

सुयोग ढकाल



यसमा तपाईँको के प्रतिक्रिया छ?


  Like

  Dislike

0 loading..
प्रतिक्रिया1 Liked by
Liked by
0 /600 characters
samadhan समाधान ५ बर्ष अघि
jasle dalai lamalai samman dinchha tyo pakhe ho na tyo nepali ho na nai nepalko laagi kehi gareko chha dhotiko dhoti muni lukera basne tyo pakhandilai k thaha yethartha...
 REPLY  LIKE   DISLIKE
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.