जन्म कुण्डलीबाट व्यक्तिको जीवनमा आउने विविध पक्ष को पहेली पत्ता लगाउन सकिन्छ । जसमध्ये धनलक्ष्मी योग वा धनबर्षा योग हाम्रो जन्म कुण्डलीमा कसरी सृजना भएको हुन्छ भन्ने कुरा निकै रोचक हुन्छ । विशेषगरि हाम्रो जन्म कुण्डलीमा हुने पाँच प्रकारको धनलक्ष्मी योग नै धनबर्सा योग हो । हामीले हाम्रो जीवनमा कहिले र कति धन आर्जन गर्न सकिन्छ र कसरी आर्थिक क्षेत्र सफल हुने हुन्छ ? भन्ने विषय आम जनमानसमा प्रस्न रहन सक्छ, कुनै एउटै राशिका दुई ब्यक्तिले एउटै किसिमको काम गर्दापनि कोहि सफल कोहि असफल हुनुमा कुण्डलीको प्रत्यक्ष प्रभाव पर्नु हो ।
हेरौं जसमध्ये ज्योतिष शास्त्र अनुसार हाम्रो जन्म कुण्डलीमा रहेका केहि धनलक्ष्मी योग कसरी सृजना भएको हुन्छ त.….…
१. लक्ष्मी योग- भाग्येश केन्द्रमा उच्च,मुलत्रिकोण, स्वगृह, मित्रगृह एबम लग्नेश वलवान भएको अबस्थामा लक्ष्मी योगको सृजना हुन गुग्दछ ।
२. महालक्ष्मी योग- हाम्रो जन्म कुण्डलीमा लग्नेश त्रिकोण स्थानमा, द्वितीयेश आयस्थानमा, एवं द्वितीयस्थानमा शुभ ग्रहको दृष्टि रहेमा महालक्ष्मी योगको सृजना हुन्छ ।
३. श्रीमहालक्ष्मी योग- हाम्रो जन्म कुण्डलीमा त्रिकोण स्थानको स्वामी केन्द्रमा एवं पञ्चम र नवम स्थानमा शुभ ग्रहको दृष्टि रहेमा श्रीमहालक्ष्मी योगको योगको सृजना हुन्छ ।
४. अष्टलक्ष्मी योग- षस्ठस्थानमा राहु बलवान एवं गुरु केन्द्रमा बलवान (उच्च,मुलत्रिकोण, स्वराशी, मित्रराशिमा गुरु) भएमा अष्टलक्ष्मी योयोगको सृजना हुन्छ ।
५. नवलक्ष्मी योग- आय स्थानको स्वामि केन्द्रमा रहि आफ्नो गृह वा एकादश स्थानमा दृष्टि एवं लग्नेश एकादश भावमा र भाग्येश भाग्य स्थानमा नै स्वगृह रहेको अबस्था छ भने नवलक्ष्मी योगको सृजना हुन्छ ।
उपरोक्त प्रमुख पाँच प्रकारको लक्ष्मी वा धनबर्षा योग हो, विज्ञहरुले यस भन्दा बाहेक अझै सुक्ष्म अध्यन गरी जन्मकुण्डली विश्लेषण गर्न सक्दछन् । तपाईंको जन्मकुण्डलीमा यस्तो योग परेको छ कि छैन, छ भने कहिले श्रीवृद्धि हुन्छ र छैन भने श्रीवृद्धि गर्ने उपाय के हुन सक्छ ? यस्ता प्रकारको अनेकौं जिज्ञासाहरूको कौतुहलता समाधानको लागि विज्ञ ज्योतिषहरू संगको परामर्श आवश्यक छ ।
-ज्योतिषाचार्य पुरुषोत्तम घिमिरे
[email protected]
Liked by: