वर्तमान समयमा सबैले महालक्ष्मीको कृपा आफूप्रति रहिरहोस् भन्ने चाहन्छन् किनभने जसलाई महालक्ष्मीजीको कृपा प्राप्त हुन्छ उसलाई सुख सुविधा सबै उपलब्ध हुन्छ l प्रत्येक व्यक्तिले लक्ष्मीजीलाई कसरी प्रसन्न पार्ने भने चाहना रहिरहेको हुन्छ l धार्मिक वा नैतिक मान्यता अनुसार हिन्दू धर्मग्रन्थमा लक्ष्मी प्रसन्न भएर धनवर्षा गराउने र लक्ष्मी रिसाएमा आर्थिक कारोवार बिग्रने वा महालक्ष्मी रिसाउने दुबै नियमहरु बताइएको पाइन्छ l जसअन्तर्गत जो कोहीले पनि पाँच ओटा गल्ती गरेका छन् भने लक्ष्मीकृपा हुनसक्दैन l यदि यी गल्तिहरु मानिसले त के भगवान् विष्णुले स्वयं गरेमापनि लक्ष्मीले छोडिदिन्छिन् भन्नेकुरा शस्त्रोक्त रहेको छ, जुन पाँच गल्ती मनुष्यले नगरेर निम्नानुसार नियम पालना गरेमा सजिलै लक्ष्मी कृपा प्राप्त हुन्छ l
कुचैलिनं दन्तमलो पधारिणम् वह्वासिनम् निष्ठुर भाषीणम् च ।
सूर्योदये चास्त मिते सयानं विमुञ्चति श्री यदि चक्रपाणी ।।
-चाणक्यनीति
१.मैला कपडा लगाउने ।
२. दाँत नमाझ्ने ।
३. धेरै खाने ।
४. निष्ठुर (कठोर) बोली या अप्रिय वचन बोल्ने र
५. सूर्योदय र सूर्यास्तको समयमापनि सुत्ने ।
अत: लक्ष्मीजीको कृपा प्राप्त गर्न यी पाँच गल्ती मनुष्यले गर्नुहुन्न l
हाम्रा नीतिकार एवं नीति शास्त्रहरुले निर्दिष्ट गरेका नीतिहरुलाई पालना गरेमा मनुष्य जीवन सुख र समृद्धि बन्दछ l
लक्ष्मी असुन्तुष्ट भएजस्तै ज्योतिषशास्त्रीय मान्यताअनुसार दरिद्र योग यसप्रकार रहेको छ l यदि कसैको जन्मकुण्डलीमा चार ओटा पापग्रहहरु केन्द्रमा र धनास्थानमा बसेका छन् भने दरिद्र योग हुन्छ l
कूर्रश्चतुर्षु केन्द्रेषु तथा क्रूरो धनेऽपि वा ।
दारिद्ययोगं जानीयात्स्ववंशस्य क्षयङ्करः॥
-ज्योति:सार
हाम्रानीतिशास्त्रहरुले निर्दिष्ट गरेका आचारहरुलाई पालना गरेमा मनुष्य जीवन सुखी र समृद्धि बन्दछ l लक्ष्मी प्राप्तीको लागि लक्ष्मीको आराधना एवं श्रीसूक्त को पाठ आदि गरेमा लक्ष्मी प्रसन्न भएर घरमा बासगर्दछिन् l यदि अनेकौं उपाय गर्दा पनि आर्थिक कारोबारमा समस्या छ भने विज्ञज्योतिषलाई आफ्नो जन्मकुण्डली देखाएर उचित समीक्षा गरी सरल सटिक र वैज्ञानिक ढङ्गबाट ग्रहबाधा हटाएर समस्या समाधान गरेर सुखी बन्न सकिन्छ l अस्तु ।।
–ज्यो. पं. मुकुन्द शर्मा
[email protected]
Liked by: