चन्द्रग्रहणका समयमा पृथ्वी अनि जिवहरुमा चन्द्रको प्रभाव तीब्र रुपमा चलिरहेको हुन्छ । २८ दिन लगाउने चन्द्रको परिक्रमा चक्रका समग्र असरहरु पृथ्वीमा यहि ग्रहणको २ या ३ घण्टा भित्र भइसक्नेहुन्छ ।
चन्द्रग्रहणका समयमा पृथ्वी अनि जिवहरुमा चन्द्रको प्रभाव तीब्र रुपमा चलिरहेको हुन्छ । २८ दिन लगाउने चन्द्रको परिक्रमा चक्रका समग्र असरहरु पृथ्वीमा यहि ग्रहणको २ या ३ घण्टा भित्र भइसक्नेहुन्छ । यि कुराहरु यति सुस्त प्रभावमा हुन्छ कि हामीलाई थाहा हुँदैन् । उर्जाको कुरा गर्ने हो भने पृथ्वीको शक्ति यस समयमा चन्द्रमाको पूर्णवृत भइरहेको छ भनेर प्रभावित भइरहेको हुन्छ जबकी यो समय पूर्णवृतको २८ दिन नभईकन केवल केही घण्टाको मात्र हुन्छ ।
पृथ्वीमा यस ग्रहणको समयमा धेरै कुराहरु हुन्छन्, धेरै कुरा नदेखिने जस्ता भएकाले प्रभाव शुन्य मानिन्छ जून गलत हो । आफ्नो प्राकृतिक अवस्था गुमाएका बस्तु या जिवहरु द्रुत गतीमा स्वरुप त्याग गर्दछन् । त्यसैकारणले काँचो तरकारीहरुमा खासै परिवर्तन नभएपनि पकाएका तिनै तरकारीहरुको स्वरुपमा अनि अवस्थितीमा परिवर्तन हुन्छ । खानेकुराका प्राकृतिक पोषण अवयवहरु ग्रहण पश्चात बिषमा परिवर्तन पनि हुन सक्दछन । हानीकारक बिषका रुपमा तत्कालै असर नदेखाएपनि ग्रहणपश्चातका समयमा पकाएका भोजनको प्राकृतिक गुणहरुमा ह्रास आँउछ । तसर्थ सनातन सस्कारमा ग्रहण अघि पकाएका खाना प्रयोग नगर्न सल्लाह दिइन्छ । तपाँईको शरीरमा खाना छ भने ग्रहणका समयमा तपाईको शक्ति २८ दिनको जति हुनसक्दछ । यो केवल खाना मात्र हैन पृथ्वीका हरेक कुराहरुको अवस्थितीमा पनि लागू हुन्छ ।
चन्द्रमाको वृतको असर मानविय प्रणालीहरुमा धेरै छ, शारीरीक, मानसिक अनि उर्जागत हिसाबमा । हाम्री आमाहरुको मासिक चक्र जस्तै चन्द्रमाको पनि मासिक चक्रको हाम्रो अवस्थितीमा ठूलो असर रहन्छ । हाम्रा आमाहरुको चक्र पनि चन्द्रमासंग मिलाप भएको हुन्छ । ग्रहणका समयमा चन्द्रमा २ या ३ घण्टाको समयमा सम्पूर्ण २८ दिनको झैं असर देखाउने हुन्छ र यसैकारणले महिलाहरुको शरीरमा यस चन्द्रग्रहणको प्रभाव देखिन्छ । समान रुपमा पुरुष शरीरमा पनि यस ग्रहणको आफ्नै प्रकारको असर देखिन्छ । चन्द्रको चक्रकै आधारमा शुक्लपक्ष, चन्द्रपक्ष, मास अनि तिथीहरु निर्धारण भएकाु हुन्, यस अर्थमा सनातन सस्कारमा हाम्रो समयको गणना नै चन्द्रको चालमा आधारित छ । चन्द्रग्रहणको असर अनुभव गर्नुपर्ने असरहरु मध्य हो, तर हावा हुरी बतास अनि पानी जस्ता पृथ्वी भित्र हुने क्रियाहरु जस्तो ग्रहणको असर सहजै अनुभव गर्न योग्य भने हुँदैन् । यसका लागि चेतना अनि जागरण आवश्यक हुन्छ । ग्रहणका केही घण्टामा २८ दिनको झै चन्द्रमा र पृथ्वीका उर्जाहरु क्रियाशील हुन्छन् र यसकारण शरीर आफै कन्फ्यूज्ड अवस्थामा हुन्छ र यस्तो बेलामा चेतना जागृत गर्नका लागि नखाने र चेतना जागृत गराउने गरिन्छ । पेट खाली भएको अवस्थामा चेतना अझ बढि सजग रहने गर्दछ । ग्रहणका समयमा चेतना जागृत गरेमा या ध्यान गरेमा शरीर मार्फत भएको उर्जाको प्रवाहलाई सहजै अनुभव गर्न पनि सकिन्छ ।
प्रस्तुत लेख अन्तराष्ट्रिय जगतमा ख्याती प्राप्त योगगुरु, सदगुरु को ईशा फउण्डेशनको व्लगवाट अनुवाद गरिएको हो । हाम्रो पात्रो
Liked by: