हरिबोधिनी एकादशी वर्षभारिका एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी भएकाले यस एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिन्छ । यसपालीको एकादशीको व्रत मंसिर १० गते लिने की ११ गते लिने भन्ने धेरै जानामा दुविधा उत्पन्न एकोले र धेरैजाना हाम्रो पात्रो प्रयोग कर्ताले जिज्ञासा राख्नुभएकोले सबैको जानकारीका लागि निम्न प्रमाण सहित स्पष्ट पार्दछु ।
दशमी पञ्चपञ्चाशत् घटिका चेत् प्रदृश्यते ।
तर्हि चैकादशी त्यज्या द्वादशीं समुपोषयेत् ॥
दशमी पलमात्रेण त्याज्या चैकादशी तिथि: ।
मदिराविन्दुपातेन त्याज्यो गङ्गाघटो यथा ॥
एकदशी यदा वृद्धिं द्वादशी च यदा गता ।
तदा परा ह्यूपोष्या स्यात् पूर्वा वै द्वादशीव्रते ॥ (गर्ग संहिता मा.ख.८)
यदि एकादशीको अघिल्लो दिन दशमी तिथि ५५ घडी भन्दा अधिक छ भने त्यस्तो दशमी तिथिको भोली पल्ट पर्ने एकादशी व्रत लिन अयोग्य मानिन्छ । उक्त भनाई अनुसार यसपालीको ९ गते गते दशमी तिथी ५५ घडी ०३ पला छ, त्यसैले त्यसको भोलिपल्ट १० गते पर्ने एकादशी व्रत लिन योग्य भएन एकपला मात्र पनि दशमीले छोएको छ भने त्यो दिन एकादशी व्रत लिन उपयुक्त हुँदैन । जसरी गंगाजल भरिएको भाडामा एक थोपामात्रै पनि मदिरा पर्यो भने त्यो भाडाको गंगाजल पूर्ण रुपले त्यागिन्छ ।
उदयात् प्राक् त्रि घटिका व्यापीन्योकादशी यदा ।
सन्धिग्धौकादशी नाम वर्ज्येयं धर्मकाङ्क्षिभि: ॥
उदयात् प्राङ्मुहुर्तेन व्यापीन्योकादशी यदा ।
संयुक्तौकादशी नाम वर्ज्येयं धर्म वृद्धये ॥ (निर्णयसिन्धु)
बहुवाक्यबिरोधेन सन्देहो जायते यदा ।
द्वादशी तु तदा ग्राह्या त्रयोदश्यान्तु पारणम् ।।
एकादशी कलापि स्यादुपोष्या द्वादशी तथा । (गरुड पुराण/ आचार खण्ड १२५)
यस्तो अवस्थामा यदि संदेह हुन्छ भने द्वादशीका दिन एकादशीको व्रत गर्नु र त्यसको भोलिपल्ट यानिकी त्रयोदशीका दिन व्रत पारायण गर्नु ।
बहुवाक्यबिरोधेन ब्रह्मणेषु विवादिषु ।
एकादशीं परित्यक्त्वा द्वादशीं समुपोषयेत् ।। (धर्मसिन्धु)
माथि उल्लेख गरिएका गर्ग संहिता, निर्णयसिन्धु, गरुड पुराण र धर्मसिन्धु लगायतका शास्त्रीय वचन अनुसार यसपालीको एकादशी व्रत ११ गते गते बिहीबारका दिन नै लिन उपयुक्त हुन्छ, अर्थात् कुनै पनि एकादशीका दुईदिन पर्न गएमा निश्चिन्त भएर दोस्रो दिन पर्ने एकादशीको दिन व्रत गर्नु पर्छ भन्ने आशय बुझीयो त्यसैले अहिलेको हकमा यसपालीको एकादशी व्रत ११ गते नै लिनु शास्त्र सम्मत रहन्छ रहेको छ । अस्तु ॥
-ज्यो.प. नारायणप्रसाद दुलाल
Liked by: