हेमानन्द गिरी महामण्डलेश्वर अर्थात धेरैवटा अखाडाकी प्रमुख रहेकी छन् । उनी पूर्वी नेपालको वैदिक सूर्य शिवालयमठ गौरीगञ्ज, झापाकी प्रमुख हुन् । हिमालयका गुफाहरुमा लामो समय सम्म बसेर तपस्या गरेकी हेमानन्द वेद र वेदान्तमा खारिएकी प्राज्ञको रुपमा प्रख्यात छिन् ।
वैदिक सनातन हिन्दु धर्मको सर्वोच्च गुरुको इतिहास शंकराचार्यसंग जोडिएको छ। यस वर्ष भने शंकराचार्यको पदमा नेपाली चेली हेमानन्द गिरीलाई पनि भारत धर्म महामण्डल एवं काशी विद्वत परिषद्ले भारत उत्तराखण्डको बद्रीकाश्रम ज्योतिर्पीठको शंकराचार्य छनौट प्रक्रियाको अन्तिम चरणसम्म लिएर गएको छ । यदि उनी शंकराचार्य छनौट भएमा १२०० वर्षको इतिहासमा पहिलो पटक एक महिला साध्वी शंकराचार्य बन्न सफल हुनेछिन , नेपाली चेली हेमानन्द गिरीलाई अनि सम्पूर्ण सनातन धर्मावलम्बीहरु लाई हार्दीक बधाई ।
सनातन धर्मको इतिहासमा यो महत्वपूर्ण निर्णायक मोड हो। शंकराचार्य हेमानन्दको नेतृत्वमा सनातन हिन्दू संस्कृतिले उच्चतम शिखर चुम्ने छ भन्ने आशा एवं विश्वास गरौं । उज्जेनको महाकुम्भ मेलाबाट विश्वका २०० बढि ओजस्वी अनि ज्ञानीहरु मध्येबाट आदी गुरु शंकराचार्यको चौथो सूचीमा साध्वी श्री हेमानन्द गिरी परेकी हुन् । यसअघि शंकराचार्यकालागि महिला साध्वीहरुबाट आवेदन नै नपरेको इतिहास छ ।
साध्वी हेमानन्द गिरीले मठको निर्णय गर्ने साधूहरुको सर्वोच्च संस्था अखित भारतीय महामण्डलमा प्रस्तुत गरेको पत्रमा उनी छ वर्षको उमेरदेखि धार्मिक निष्ठामा बसेर कार्यगर्दै आइरहेकी हुन् र उनले नेपालबाट स्नातक तहको अध्ययन पूरा पनि गरेकी छन्, भारतको लोकप्रिय पत्रिका द टेलिग्राफले पुस छ विशेष महत्व दिएर समाचार प्रकाशित गरेको थियो । उज्जेनको महाकुम्भबाट छानिएका दुई सय प्रतिस्पर्धीलाई उछिन्दै नेपाली साधू माता ‘महामण्डलेश्वर हेमानन्द गिरी’ महाराज शंकराचार्यको पदकालागि अन्तिम चारजनाको छनौटमा परेको खबरले हिन्दूधर्माबलम्बीहरुको क्षेत्रमा सनसनी नै मच्चिएको छ।
महामण्डलका प्रमुख सचिव प्यारे सिंहलाई उदृत गर्दै टेलिग्राफले लेखेको छः "गएको बुधवार बनारसमा संवाददातासंग भने–शंकराचार्य महिला पनि हुन सक्छन् र हेमानन्द नयाँ शंकराचार्यको प्रतिस्पर्धामा सबैभन्दा सशक्त रहेकी छन् । अहिले स्वामी स्वरुपमानन्द ज्योतिर्मठको शंकराचार्य रहेका छन् र उनी गुजरातको द्वारिकाधामस्थित शारदामठका पनि शंकराचार्य हुन् ।"
द टेलिग्राफका संवाददातालाई सिंहले भने, "हेमानन्द गिरी महामण्डलेश्वर अर्थात धेरैवटा अखाडाकी प्रमुख रहेकी छन् । उनी पूर्वी नेपालको वैदिक सूर्य शिवालयमठ गौरीगञ्ज, झापाकी प्रमुख हुन् । हिमालयका गुफाहरुमा लामो समय सम्म बसेर तपस्या गरेकी हेमानन्द वेद र वेदान्तमा खारिएकी प्राज्ञको रुपमा प्रख्यात छिन् ।"
आठौं शताब्दिमा आदी शंकराले अध्यात्म अनि दर्शनका माध्यमले हजारौं कोशसम्म आदी वेदान्तको धार चलाएका हुन् । उनलाई भगवान शिवको पूर्नजन्म अनि वैदिक सनातन संस्कारका एक अध्यात्मिक योद्धाका रुपमा चिनिन्छ । उनैले हिन्दु दर्शनकालागि चारवटा सर्वोच्च पदहरु सृजना गरेका हुन् जसमा १२०० वर्षदेखि पुरुष साधक अनि विद्वानहरुकै उपस्थिती रहेको थियो । शंकराचार्यको नियूक्ती वैदिक सनातन हिन्दुत्वको केन्द्र संस्थाहरु भारत धर्म महामण्डल एवं काशी विद्वत परिषद्ले गर्नेगर्दछ । भारत धर्म महामण्डलले आफ्नो संविधानका रुपमा आदीगुरु शंकराचार्यले लेखेको 'महानुशासन' नामक ग्रन्थलाई लिएको छ । महिलाहरु डण्डी स्वामी हुन नपाउने तर शंक्राचार्य हुनकालागि डण्डी स्वामी हुन जरुरी भएकाले यस अघि महिला शंकराचार्यको बिषयमा केही विवाद पनि भएको हो । तर जे होस् वैदिक सनातन संस्कारको १२०० वर्षको इतिहासमा अब लोकले प्रथम महिला शंराचार्य पाउनेछ भन्ने सबैले आशा गरौं ।
विश्व शान्तिको कामना ! धर्मको रक्षा होस् ।
---
हाम्रो पात्रो
Liked by: